Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

बम विस्फोटमा भाडाका मान्छेहरु प्रयोग

[caption id=\"attachment_130324\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । स्रोतका अनुसार प्रहरीले विप्लव माओवादीका सक्रिय कार्यकर्ता समात्ने र निगरानी बढाउने गरेपछि ‘भाडाका मान्छेहरु’ परिचालन गरेर विस्फोटका घटना गराउन थालिएको छ । गृह मन्त्रालयमा शनिबार बसेको बैठकमा पनि यसबारे कुरा उठेको थियो । सुरक्षा निकायले निगरानी बढाएपछि विप्लव माओवादीले केही रकम दिएर भाडाका मान्छेलाई विस्फोट गराउने र त्रास फैलाउने काममा प्रयोग गरिरहेको सूचना प्रहरीले पाएको छ । तर संग्लनलाई पक्राउ गर्न सकेको छैन । आजको कान्तिपुरमा खबर छ-विप्लव माओवादीलाई राजनीतिक शक्तीका रुपमा हेर्ने कि विद्रोही शक्तिका रुपमा हेर्ने भन्ने अन्यौलका बीच नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निर्वाचन सुरक्षालाई निरन्तरता दिइरहेका छन । विप्लव माओवादीका केन्द्रिय स्तरका नेताहरु पक्राउ गर्न सकियो भने विस्फोटका घटनामा कमी हुने प्रहरीले आँकलन गरे पनि गृहबाट स्पष्ट निर्देशन आउन नसक्दा उक्त रणनीति अघि बढन सकेको छैन । ‘गृह मन्त्रीको अभावमा सुरक्षा समितिको बैठकले विद्यमान सुरक्षा रणनीति फेरबदल गर्ने वा कडा सुरक्षा रणनीति अख्तियार गर्ने काम समेत गर्न सकेको छैन्’, स्रोतले भन्यो । गृहले निरन्तर सुरक्षा व्यवस्था कडा पारिएको बताइरहँदा शुक्रबार राजधानी श्रृखलाबद्ध विस्फोट र बम रहेको हल्लाले त्रसित बन्यो । यस्तो क्रम शनिबार पनि राजधानी लगायत देशका कैयन जिल्लामा जारी रह्यो । शनिबार भक्तपुरको मध्यपुरथिमी नगरपालिका ४ मा बम भेटिएको हल्लाले घन्टौंसम्म बातावरण त्रस्त रह्यो । खतरा लेखेर राखिएको शंकास्पद पोकोभीत्र बम रहेको आशंका गरिएको थियो, जसलाई नेपाली सेनाले चार घन्टा लगाएर डिस्पोज गरेको थियो । त्यस्तै ललितपुरको चापागाउँको प्याङगाउँमा पनि बम रहेको हल्ला चल्यो । पूर्व डिआईजी हेमन्त मल्लले परम्परागत हिसाबकै सुरक्षा नीतिलाई अख्तियार गरिरहँदा समस्या देखिएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE