Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

साना दलका उम्मेदवारलाई सकस

\"\"नेपालगञ्ज । राजनीतिको ‘लत’, अरुको लहैलहै र जितिहाल्छु कि भन्ने झिनो आशा तथा विश्वासका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका साना दलका नेता अहिले ‘इन्तु न चिन्तु’ को अवस्थामा पुगेका छन् । ‘राजनीतिको ‘लत’ लागेकाले निर्वाचनमा त उम्मेदवार भएर उठियो, तर अहिले खर्च जुटाउन नसक्दा खटनपटनमा हम्मेहम्मे परेको छ’–साना दलका एक उम्मेदवारको रोदन थियो । बाँके जिल्लामा दर्जन बढी साना राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धाको पोखरीमा हामफाले पनि उनीहरुलाई अहिले कार्यकर्ताको खडेरी समेत परेको छ । साना दलका उम्मेदवारलाई पहिले त आप्mनो पक्षमा कार्यकर्ता पाउनै गारो, पाइहाले पनि खाना खर्च, पेट्रोल खर्च, मोबाइल रिचार्ज खर्च, गोजी खर्च कार्यकर्तालाई दिन नसक्दा आप्mनो उम्मेदवारीलाई उनीहरु ‘निल्नु न ओकल्नु’ जस्तै भएको बताउछन् । अहिले आप्mनो निर्वाचन प्रचारका लागि कार्यकर्ता पाउन परेको खडेरी एकातर्पm छदैछ भने, अर्कोतर्पm मतगणना केन्द्रमा उम्मेदवारका प्रतिनिधि कसलाई खटाउने व्यथाले पनि उनीहरुलाई पिरोलेको छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार उम्मेदवारले प्रत्येक बुथमा प्रतिनिधि राख्न पाउने व्यवस्था गरिए पनि त्यो बाध्यात्मक भने होइन, प्रतिनिधि राख्न नसक्ने उम्मेदवारको पनि भोट गन्ती हुन्छ । निर्वाचन प्रचारका क्रममा १० जना पनि कार्यकर्तापछि नलागेका अधिकांश साना दलका तथा स्वतन्त्र उम्मेदवारले आप्mनो निर्वाचन क्षेत्रमा कसरी मतदान प्रतिनिधि राख्ने हुन्, नेपालगञ्जमा अहिले चर्चाको विषय समेत बनेको छ । ‘सबै स्थानमा पर्याप्त कार्यकर्ता छैनन, पार्टीले पनि खर्च दिएको छैन, साना दललाई कसैले चन्दा पनि दिदैनन्’–साना दलका एक उम्मेदवारले नाम प्रकाशित नगर्ने शर्तमा आप्mनो गुनासो पोखे । अर्कोतर्पm साना दलका उम्मेदवारलाई आप्mनो सुरक्षाले पनि पोल्ने गरेको छ । प्रहरी प्रशासनको सुरक्षा ठूला दलका नाम चलेका केन्द्रीय तहका उम्मेदवारमा बढी केन्द्रीत भएपछि उनीहरु आफूलाई असुरक्षित भएको पनि ठानिरहेका छन् । बाँके जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि तीन निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि छ निर्वाचन क्षेत्र गरी कूल नौ पदका लागि १०३ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेभएको छ । यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्तराज अधिकारीका अनुसार, बाँके जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २७६ मतदान केन्द्र र १३६ मतदानस्थलको व्यवस्था गरिएको छ । यो निर्वाचनका लागि यस जिल्लामा दुई लाख ७६ हजार ७१५ जनाले मतदान गर्ने भएका छन् । जसमध्ये पुरुष एक लाख ४१ हजार ४४६, महिला एक लाख ३५ हजार २६६ र तेस्रो लिङ्गी तीन जना रहेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी, यस जिल्लाका प्रायः सबैजसो राजनीतिक दलको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा सक्रियता बढेसँगै बाँके जिल्लामा निर्वाचनको रौनक पनि बढेको पाइन्छ । दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ मा हुने सो निर्वाचनमा यहाँका पार्टीका र स्वतन्त्र उम्मेदवार चुनावी बैठक, घरदैलो अभियान, सभा, जुलुसमा व्यस्त भएको पाइन्न बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार निर्वाचनका लागि जिल्लाको सुरक्षा अवस्थालाई निकै सुदृढ र चुस्त बनाइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE