Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

चुनावी सभामै मतदाता शिक्षा सिकाउँदै दलहरु

\"\"डडेल्धुरा । प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावको मिति छोटिँदै जाँदा बदर मत घटाउन चुनावी सभामै दलहरुले मतदाता शिक्षा दिन थालेका छन् । चुनावमा भाग लिने मतदाताले सही मत जाहेर गर्न सकून् भनेर दलहरुले आफूले आयोजना गरेको आमसभामै नमूना मतपत्र बोकेर शिक्षा दिन थालेका हुन् । समय छोटिँदै आएको छ जिल्ला निर्वाचन कार्यालयले खटाएका मतदाता शिक्षा स्वयंसेवकले घरदैलो गरिरहेका भए पनि मतदाताले जाहेर गरेको मत बदर नहोस् भनेर हामीले केही नेता तथा कार्यकर्तालाई मतदाता शिक्षाका लागि छुट्याएको नेपाली काँग्रेसका जिल्ला सभापति तथा क्षेत्र नं २ प्रदेशसभाका उम्मेदवार कर्ण मल्लले बताए । त्यस्तै वाम गठबन्धनतर्फ पनि केही कार्यकर्तालाई घरदैलो कार्यक्रमकै सिलसिलामा मतदाता शिक्षा दिन परिचालन गरिएको नेकपा एमालेका अध्यक्ष तथा प्रदेशसभाका उम्मेदवार डा तारा जोशीको भनाइ छ । मतदाता शिक्षाका लागि आफूहरुले पनि प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकजना खटाएको भए पनि त्यो पर्याप्त नभएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत दिलीप तामाङले जानकारी दिए । यो पटक तीनवटा मतपत्र छ, पढेलेखेका मतदाता विदेशिएका छन्, घरमा बूढापाकाहरु र महिला मात्र भएकाले बढी मत बदर हुने सम्भावना निकै रहेको अधिवक्ता युवराज जोशीले बताए । मतपत्रको नमूना सबै मतदाताको घरदैलोमा पु¥याउन निर्वाचन कार्यालयले मात्र नसक्ने भएकाले हामी सबै राजनैतिक दलको दायित्व भएको क्षेत्र नं १ का प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार रघुवर भट्टले बताए । मतदाताले जुनसुकै उम्मेदवारलाई मत दिए पनि मत सही परोस् भन्ने हेतुले हामी सबै प्रतिस्पर्धामा रहेका दलले पनि आफ्ना कार्यकर्तालाई मतदाता शिक्षाका लागि खटाएको जानकारी गराए । जिल्लामा ११७ मतदान केन्द्र छन् । यसैगरी एक मतदान केन्द्रलाई एकजना पर्ने गरी मतदाता शिक्षा स्वयंसेवक जिल्ला निर्वाचन कार्यालयले छनौट गरी खटाइसकेको निर्वाचन कार्यालयका प्रमुख कृष्णसिंह नायकले जानकारी दिए । अहिलेको चुनावमा तीनवटा मतपत्र हुँदा मतदाता अलमलमा पर्ने भएकाले अझ यो शिक्षाको बढी महत्व छ । त्यसैले यसका लागि हामी अझ बढी चिन्तित भएर स्वयंसेवकलाई गाउँगाउँमा खटाइरहेको निर्वाचन प्रमुख नायकले बताए । जिल्लामा राजनैतिक दलका नेता तथा कार्यकर्ता चुनावको प्रचारप्रसारमा आफूलाई भोट माग्दै मतदान गर्ने तरिका आफू जान्न र अरूलाई पनि सिकाउनसमेत आग्रह गरिरहेको जनाएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE