Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

कुटानी पिसानी मिल लाई लाग्यो चुनाव गरे मूल्य वृद्धि

\"\"कञ्चनपुर । कञ्चनपुर राइस एण्ड फ्लोर आटा मिल संघमा आबद्ध कुटानी पिसानी मिल सञ्चालकले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौका छोपेर कुटानी पिसानीको मूल्यमा दोब्बरले वृद्धि गरेका छन् । भीमदत्तनगरपालिका र वेदकोट नगरपालिकाका कुटानी पिसानी मिल सञ्चालकले मंसिर १ गतेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।गत कात्तिक ८ गते संघको दोस्रो बैठकबाट मूल्य बढाउने निर्णय गरिएको थियो । संघले गहुँ र मकै पिसानी, धान कुटानी र तेल पेलानीको मूल्य बढाएको छ । मकै, गहुँ पिसानी तथा धान कुटानीमा डेढ रुपैयाँबाट तीन रुपैयाँ पुर्याइएको छ । यसैगरी, तोरीको तेल पेलानीको रु १० पुर्याइएको छ । यसअघि तोरी पेलानीमा रु पाँचदेखि रु सातसम्म लिने गरिएको थियो । संघले गहुँ दलेको पनि डेढ रुपैयाँबाट तीन रुपैयाँ पुर्याइएको छ । भीमदत्त र वेदकोटमा संघ आबद्ध १६० व्यवसायी छन् । संघका सचिव दीपक गिरीले विद्युत् महसुल र अन्य सामानको मूल्य बढेपछि संघले कुटानी पिसानी र पेलानीको मूल्य बढाएको बताए । “चैतदेखि विद्युत्को महसुल बढ्यो, भारतमा जिएसटी लागेपछि सामानको मूल्य बढ्यो,” उहाँले भन्नुभयो, “मूल्य वृद्धिका कारण संघले मूल्य बढाएको हो ।” गत चैतमा बढाउनुपर्ने मूल्य संघ सक्रिय नभएकाले हाल आएर बढाउनुपरेको उनले बताए । संघले दोब्बर मूल्य बढाएपछि उपभोक्ता आक्रोशित भएका छन् । मूल्य फिर्ताको माग अघि सार्दै स्थानीय उपभोक्ताले स्थानीय तहका पदाधिकारीलाई गुहारेका छन् । वेदकोट नगरपालिका कार्यालयका सूचना अधिकारी गणेश जोशीले मूल्य फिर्ता लिन माग राख्दै उपभोक्ता कार्यालय आइपुगेको बताए । वेदकोट नगरपालिकाले सार्वजनिक सूचना आह्वान गरी संघलाई निर्णय फिर्ता लिन निर्देशन दिएको छ । कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर चन्दले सार्वजनिक गरेको सूचनामा मूल्य वृद्धि फिर्ता नभए स्थानीय सरकार ऐनअनुसार कारबाही गरिने जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE