Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

पण्डितपुरमा पानीको मूलसहित स्क्वायर दरबार भेटियो

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननले महत्त्वपूर्ण संरचना प्राप्त गरेको छ । पुरातत्व विभागको टोलीले गरेको पछिल्लो अनुसन्धानबाट त्यहाँ एक भव्य ‘स्क्वायर’ (वर्गाकार) दरबार को भग्नावशेषसँगै दरबारभित्रै पानीको प्राकृतिक मूल र आधुनिक शैलीको स्नानगृह जस्तो संरचना फेला परेको हो ।

उत्खननका मुख्य प्राप्तिहरू
पुरातत्वविद् भास्कर ज्ञवालीको नेतृत्वमा भएको उत्खननले प्राचीन इन्जिनियरिङ र जीवनशैलीका विभिन्न प्रमाणहरू बाहिर ल्याएको छ । दरबारको संरचना: करिब ५ कट्ठा क्षेत्रफलमा फैलिएको अनुमान गरिएको यो दरबारको पर्खाल, व्यवस्थित कोठाहरू र गल्लीहरू फेला परेका छन् । उन्नत जल प्रणाली: दरबारभित्रै पानीको आफ्नै स्रोत (मूल), इनार र स्नानका लागि छुट्टै कोठा भेटिनुले तत्कालीन विलासी र व्यवस्थित जीवनशैली झल्काउँछ । ऐतिहासिक अवशेष: कुषाणकालीन इँटा, माटोका विशिष्ट भाँडाकुँडा र दैनिक उपभोगका वस्तुहरूले यसको ऐतिहासिकतालाई थप पुष्टि गरेका छन् ।

पण्डितपुर (कोलनगर)मा गरिएको दोस्रो चरणको उत्खननले बुद्धकालीन इतिहासको नयाँ रहस्य उजागर गरेको छ । पुरातत्व विभागको टोलीले गरेको  उत्खननका क्रममा प्राचीन ‘स्क्वायर’ (वर्गाकार) दरबारसँगै दरबारभित्रै पानीको प्राकृतिक मूल र आधुनिक स्नानगृह जस्तो देखिने संरचना फेला पारेको हे ।

वैज्ञानिक आधार र सहरको विस्तार
पुरातत्व विभागका अनुसार यहाँ भेटिएका सामग्रीहरूको कार्बन डेटिङ गर्दा यो स्थल इसा पूर्व ६०० वर्ष पुरानो अर्थात् बुद्ध कालभन्दा पनि अघिको रहेको अनुमान छ । भू–भौतिक सर्वेक्षणले यो प्राचीन सहर ‘चक्र प्रणाली’ मा आधारित भएर बसालिएको देखाएको छ । अन्त:नगर र बाह्य नगर गरी यो ऐतिहासिक सहर करिब १०० विघा क्षेत्रफलमा फैलिएको विशेषज्ञहरूको अनुमान छ ।

संरक्षणको चुनौती र भावी योजना
उत्खनन टोलीका सदस्य एवं स्थानीय जानकार नारद यादवका अनुसार, बजेट र समय अभावका कारण अहिले दोस्रो चरणको कार्य सकिए पनि दरबारको पूर्ण स्वरूप हेर्न बाँकी नै छ । पुरातत्वविद्हरूले यो पुरातात्विक क्षेत्रलाई पर्यटक र बौद्ध तीर्थयात्रीका लागि खुला राख्न सुझाव दिएका छन् । रामग्राम नगरपालिकाले जग्गा अधिग्रहण वा भाडाको प्रक्रिया अगाडि बढाएर यसलाई एक प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखेको छ । यदि यो उत्खननले पूर्णता पाएमा कोलिय वंशको लुकेको वैभव विश्वसामु उजागर हुने विश्वास गरिएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका टुरिजम फोकल पर्सन एवम् समन्वय शाखा प्रमुख तुलसीराम लामिछानेले पण्डितपुरको खोजलाई लुम्बिनी र रामग्रामसँग जोडेर हेर्नुपर्नेमा जोड दिए। उनले भने, “पण्डितपुरमा भेटिएको यो व्यवस्थित दरबार र स्नानगृहले बुद्धकालीन सभ्यता कति उन्नत थियो भन्ने प्रमाण दिन्छ । लुम्बिनी, कपिलवस्तु र रामग्राम स्तूपसँगै पण्डितपुरलाई एउटै ‘बुद्धिस्ट सर्किट’ ९बौद्ध परिपथ० मा जोडेर प्याकेज बनाउन आवश्यक छ । आयोजना कार्यान्वयन इकाईमार्फत हामीले यस्ता पुरातात्विक क्षेत्रहरूको एकीकृत विकास र प्रचारप्रसारमा समन्वय गरिरहेका छौँ, ताकि पर्यटकहरू लुम्बिनी आएपछि पण्डितपुरसम्म पनि सहजै पुग्न सकुन् ।’’

सरोकारवालाको प्रतिबद्धता र दृष्टिकोण
यस ऐतिहासिक खोजको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय तह र विज्ञहरूले विशेष चासो देखाएका छन् । रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले पण्डितपुरको ऐतिहासिक महत्त्वलाई मध्यनजर गर्दै यस क्षेत्रको विकासका लागि नगरपालिका गम्भीर रहेको बताए। उनले भने, “पण्डितपुर कोलिय गणराज्यको मुटु हो । यहाँ भेटिएका दरबार र प्राचीन संरचनाहरूले हाम्रो गौरव बढाएका छन् । उत्खनन भएको क्षेत्रका निजी जग्गाहरूलाई मुआब्जा दिएर अधिग्रहण गर्ने वा भाडामा लिएर भए पनि यसलाई सुरक्षित घेराभित्र राखिनेछ । हाम्रो लक्ष्य यसलाई विश्वभरका बौद्ध धर्मालु र पर्यटकका लागि एक आकर्षक गन्तव्यका रूपमा विकास गर्ने हो ।’’

पुरातत्वविदहरूले यो स्थललाई पर्यटक र बौद्ध तीर्थयात्रीहरूका लागि खुला राख्न सुझाव दिएका छन् । रामग्राम नगरपालिकाले यस क्षेत्रको जग्गा अधिग्रहण वा भाडामा लिएर पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । स्थानीय जानकार नारद यादवका अनुसार, उत्खननलाई पूर्णता दिन सकेमा कोलिय वंशको वास्तविक वैभव संसारसामु छर्लङ्ग हुनेछ । स्थानीय निकायको सक्रियता र पुरातत्व विभागको प्राविधिक सहयोग निरन्तर रहेमा पण्डितपुरले नेपालको पर्यटन क्षेत्रमा लुम्बिनी पछिको दोस्रो ठुलो गन्तव्यको रूप लिने निश्चित देखिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समर्थन मूल्यभन्दा कममा धान खरिद गरे कारबाही

राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...

सामान्य अंकले बढ्यो सेयर बजार, निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...

नयाँदिल्लीको एक होटलमा भीषण आगलागी: २१ जनाको मृत्यु

नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...

पार्टी नेतृत्व नछोड्ने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेकपा एमालेको नेतृत्वमा निरन्तर रहने स्पष्ट गरेका छन्। राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रम...

सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न राष्ट्रियसभा सदस्यहरूको सुझाव

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...

नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार: मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...

रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँदिल्लीमा भेटवा...

प्रधानमन्त्रीको अभिव्यक्ति असत्य, झुटो र राष्ट्रहितविपरीत: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। एमालेको ‘सदस्यता न...

राष्ट्रपति सरकारको ‘रबरस्ट्याम्प’ बनेर जे मा पनि हस्ताक्षर गरे: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै उहाँलाई सरकारको “रबरस्ट्याम्प” बनेको ...

चुनावी नतिजा पूर्वनिर्धारित थियो, अरु पार्टीहरूले साँच्चै चुनाव हुन्छ ठाने: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न चुनावको नतिजा पहिले नै निर्धारित रहेको आरोप लगाएका छन्। चुनावपछि पहिलोपटक सार्वजनिक सम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending