Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

वाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक

\"\"भक्तपुर ।  आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमाले प्रचार विभागको संयोजन तथा वाम गठबन्धन चुनाव परिचालन समितिको आयोजनामा भएको कार्यक्रममा उम्मेदवारहरुले घोषणापत्र सार्वजनिक गरियको हो । घोषणापत्र सार्वजनिक गर्दै पूर्वमन्त्री एवं भक्तपुर क्षेत्र नं २ प्रतिनिधिसभा तर्फ वाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले शुरु गरेको बाहिरी चक्रपथ, मनोहरा र हनुमन्ते करिडोर निर्माण सम्पन्न गर्नेदेखि जिल्लाका प्रत्येक ठूला तथा साना सडकको विकास एवं स्तरोन्नति गर्ने र नयाँ सडकको ट्र्याक खोल्ने बताए । घोषणापत्रमा व्यवस्थित शहर निर्माण गर्ने, भूकम्पमा ज्यान गुमाएको सम्झनामा स्मृति पार्क निर्माण गर्ने, चारवटा स्याटलाइट सिटी निर्माण गर्ने, व्यवस्थित आवास निर्माण गर्ने, सुकुम्बासीको समस्या समाधान गर्ने कुरा उल्लेख छ । त्यस्तै प्रत्येक वडामा बाल विकास केन्द्रको स्थापना, माध्यामिक तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गर्ने, प्रत्येक वडामा एक नमूना सामुदायिक विद्यालय बनाउने, प्रत्येक विद्यालयमा छात्रवृत्तिका साथै प्राविधिक सामुदायिक विद्यालय स्थापना गर्ने, पोलिटेक्निकल कलेज स्थापना गर्ने, उच्च शिक्षा अध्ययन गर्न नसक्ने विद्यार्थीलाई सहुलियत ऋणको व्यवस्था गनर्ले र प्रत्येक नगरपालिकामा इ–लाइब्रेरीको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा प्रत्येक वडामा योग साधना केन्द्र बनाउने, भक्तपुरका अस्पतालको स्तरोन्नति गर्ने, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, दुवाकोटमा वीर अस्पताल निर्माण गर्ने, सूर्यविनायकमा चिडियाखाना निर्माण गर्ने र जिल्लामा आयुर्वेदिक अस्पताल स्थापना गर्ने उल्लेख छ । भक्तपुरमा पहिलो र दोस्रो चरणमा गरेर सबै नगरपालिकामा मेलम्चीको खानेपानी पुर्याउने, मनोहरा खानेपानीलाई व्यवस्थित गरिने, नगरकोट मुहान पोखरी खानेपानी आयोजना सञ्चालन गर्ने, यहाँका कला, संस्कृति र मठमन्दिरको जगेर्ना गर्ने, धार्मिक पर्यटकीय क्षेत्रका रुपमा गाउँलाई विकास गर्ने तथा प्रत्येक गाउँमा होमस्टेको व्यवस्था गर्ने वाम गठबन्धनले घोषणापत्रमा उल्लेख गरेका छन् । उद्योग, सहकारीको विकास गर्ने, कृषि क्षेत्रको विकास गर्ने, सिँचाइलाई खेतखेतमा पु¥याउने, औद्योगिक विकास गरी बेरोजगार बस्नै नपर्ने गरी व्यवस्थित गर्ने, कृषिमा भक्तपुरलाई आत्मनिर्भर बनाउने गरी काम गर्ने, किसानलाई मल, बीउ आधुनिक कृषि औजारको व्यवस्था गर्ने, वनलाई सुरक्षित राख्ने, वातावरण स्वच्छ बनाउने, सञ्चार माध्यम एवं सञ्चारकर्मीलाई बाँच्न पुग्ने एवं सञ्चार गृह सञ्चालन हुने गरी काम गर्ने उम्मेदवार बस्नेतले बताए । खेलकुदको माध्यमबाट खेलप्रेमी युवालाई प्रोत्साहन गर्ने खेलकुद शिक्षालय नै स्थापना गर्ने, विद्यालय तहदेखि नै खेलकुदको विकास गर्ने, खेल मैदानको निर्माण गर्ने, पिछडा वर्गको उन्नयन गर्ने, विभेदको अन्त्य गर्नेलगायत १४ वटा शीर्षकमा १५ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरिएको छ । कार्यक्रममा क्षेत्र नं २ प्रदेशसभा १ का उम्मेदवार शशीजंग थापा, २ का उम्मेदवार राजेन्द्रमान श्रेष्ठले घोषणापत्रमा उल्लेख भएका कुरालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE