Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

समानुपातिकबाट हट्यो २५६ जनाको नाम

\"\"निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा आइतबार सार्वजनिक गरेको छ। विभिन्न कारणले उम्मेदवार बन्न योग्य नभएका २५६ जनाको नाम बन्दसूचीबाट हटेपछि अब कुल पाँच हजार ८३८ जना उम्मेदवार कायम भएका छन् । आजको गोरखापत्रमा खबर छ-समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेका उम्मेदवारको बन्दसूची अन्तिम रूपमा सार्वजनिक गरेका हुन्। अन्तिम रूपमा सार्वजनिक गरिएको बन्दसूचीमा प्रतिनिधिसभा सदस्यतर्फ दुई हजार २७३ उम्मेदवार कायम छन्। सातवटा प्रदेशसभा सदस्यका लागि तीन हजार ५६५ जना उम्मेदवार कायम छन्। जसअनुसार प्रदेश नं. १ मा ५७७, प्रदेश नं. २ मा ८०४, प्रदेश नं. ३ मा ७७४, प्रदेश नं. ४ मा ३१९, प्रदेश नं. ५ मा ६०४, प्रदेश नं. ६ मा २०६ र प्रदेश नं. ७ मा २८१ उम्मेदवार कायम छन्। आयोगले उजुरउपर छानबिन भई २५६ जना उम्मेदवार अयोग्य ठहरिएको जानकारी दिएको छ। तीमध्ये तीन जना उम्मेदवारले आफैँ उम्मेदवारी फिर्ता लिएका थिए भने योग्यता नपुगेका २५३ को उम्मेदवारी रद्द भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार ८३८ जना उम्मेदवारमध्ये समावेशी समूहअनुसार आदिवासी जनजाति समूहमा ७६७ पुरुष, ८८१ महिला र एक अन्य गरी एक हजार ६४९ जना (२८.२५५ प्रतिशत), खस आर्य समूहमा ८४५ पुरुष र ९४७ महिला गरी १७९२ जना (३०.७०५ प्रतिशत) कायम छन्। यसैगरी थारू समूहमा १५५ पुरुष र २४९ महिला गरी ४०४ जना (६.९२५ प्रतिशत), दलित समूहमा ३३६ पुरुष र ४५९ महिला गरी ७९५ जना (१३.६२५), मधेसी समूहमा ४३७ पुरुष र ५३५ महिला गरी जम्मा ९७२ जना (१६.६५५ प्रतिशत), मुस्लिम समूहमा ८० पुरुष र १४६ महिला गरी २२६ जना (३.८७५ प्रतिशत) उम्मेदवारी कायम भएको छ। प्रतिनिधिसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार २७३ जनाको उम्मेदवारी कायम भएको छ जसमध्ये एक हजार ४८ पुरुष उम्मेदवार, एक हजार २२४ जना महिला उम्मेदवार र एक जना अन्य लिङ्गको उम्मेदवारी कायम छ। जस अनुसार पुरुष ४६.११, महिला ५३.८८ प्रतिशत र अन्य ०.०४ प्रतिशत कायम रहेको छ। प्रतिनिधिसभाका दुई हजार २७३ उम्मेदवारमध्ये समावेशी समूहको आदिवासी जनजातिमा ६५५ जना (२८.८२५ प्रतिशत), खस आर्य समूहमा ७०३ जना (३०.९३५ प्रतिशत), थारू समूहमा १५१ जना (६.६४५ प्रतिशत), दलित समूहमा ३१५ जना (१३.८६५ प्रतिशत), मधेसी समूहमा ३५५ जना (१५.६२५ प्रतिशत) र मुस्लिम समूहमा जम्मा ९४ जना (४.१४५ प्रतिशत) उम्मेदवारी कायम भएको छ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेशसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ देखि ७ सम्ममा एक हजार ५७२ जना पुरुष र एक हजार ९९३ जना महिला गरी जम्मा तीन हजार ५६५ जनाको उम्मेदवारी कायम भएको भएको छ, जसअनुसार ४४.१० प्रतिशत पुरुष र ५५.९० प्रतिशत महिलाको उम्मेदवारी छ। प्रदेशसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहअनुसार प्रदेशसभातर्फ आदिवासी जनजाति समूहमा ४४९ पुरुष र ५४५ महिला गरी ९९४ जना (२७.८८५ प्रशित), खस आर्य समूहमा ५०२ पुरुष र ५८७ महिलासहित एक हजार ८९ जना (३०.५५५ प्रतिशत), थारू समूहमा १०३ पुरुष र १५० महिला गरी २५३ जना (७.१०५ प्रतिशत), दलित समूहमा १९३ पुरुष र २८७ महिला गरी जम्मा ४८० जना (१३.४६५ प्रतिशत), मधेसी समूहमा २७७ पुरुष र ३४० महिला गरी ६१७ जना (१७.३१५ प्रतिशत), मुस्लिम समूहमा ४८ पुरुष र ८४ महिला गरी १३२ जना (३.७०५ प्रतिशत) उम्मेदवारी कायम भएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE