Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

सुरक्षाप्रति सेनाको चासोः चुनावमा अावश्यक परे हतियारसहित उत्रने

\"\"काठमाडौं । नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका विस्फोटका घटनाप्रति गम्भीर बनेको उसले जनाएको छ । उम्मेदवार र मतदातालक्षित विस्फोटका घटना बढ्न थालेपछि सेनाले पहिलोपटक धारणा सार्वजनिक गरेको हो । सेनाले उम्मेदवार र सर्वसाधारणलाई लक्ष्य गरी विस्फोट गर्नु निन्दनीय भएको बताएको छ । अाजको अन्नपूर्णमा खबर छ-यद्यपि, सेनाले विप्लव नेतृत्वको नेकपाको नाम नलिई विस्फोट गराउनेहरूलाई ‘उच्छृंखल र निर्वाचनविरोधी तत्व’ भनी टिप्पणी गरेको छ । रक्षा मन्त्रालयले आइतबार शान्ति सेनासम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति जंगी अड्डा पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताए । सेनाले मतदाता र उम्मेदवारको सुरक्षा गर्ने जिम्मा नपाएको उल्लेख गर्दै क्षत्रीले भने, ‘दुवै प्रहरीले परिस्थिति नियन्त्रणमा लिन नसके सेना जान्छ । आवश्यक परे अत्याधुनिक (डेड्ली) हतियारसहित परिचालित हुन्छैाँ।’ पहिले नेपाल प्रहरी र त्यसपछि सशस्त्र प्रहरी बल परिचालित हुने जानकारी दिँदै उनले स्थिति काबुमा आएन भने अत्याधुनिक हतियारसहित अन्तिम शक्तिका रूपमा सेना परिचालित हुने बताए । प्रधानसेनापति क्षत्रीले मुलुकभर भएका विस्फोटका घटनाले सेनालाई सचेत र गम्भीर बन्न बाध्य बनाएको बताए । उनले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै स्थलगत र हवाई गस्ती भइरहेको समेत जानकारी दिए । पछिल्लोपटक देशका विभिन्न भागमा उम्मेदवार र सर्वसाधारणलाई लक्ष्य गरी हिंसात्मक ढंगले विस्फोट भइरहेका छन् । शनिबार भएको विस्फोटबाट रौतहटमा ११ जना सर्वसाधारण घाइते भए, जसमा सात वर्षीय जैविक र उनकी आमा गम्भीर छन् । सार्वजनिक रूपमा विस्फोटका घटनाको जिम्मेवारी नलिए पनि सेनासहित चारवटै सुरक्षा निकायका प्रमुखले विस्फोटका घटनामा संलग्नहरू विप्लव नेतृत्वको नेकपाकै कार्यकर्ता भएको प्रधानमन्त्री शेरबहादुर देउवालाई रिपोर्टिङ गराइसकेको स्रोतले बताएको छ । विस्फोट गराउँदै हिँड्ने निर्वाचनविरोधी उच्छृंखल तत्वलाई निस्तेज गर्न सेना तयारी अवस्थामा रहेको जनाएको छ । त्यसअघि रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनविरोधी गतिविधि गर्ने जो-कोहीलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए । मुलुकभर विस्फोटका घटना गराउने समूह विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीका कार्यकर्ता हुन् कि होइनन् भन्ने प्रश्नमा रक्षामन्त्री प्रधानले भने, ‘विगतमा उहाँहरूसँग पटक-पटक वार्ता गरेका थियौं । त्यही समूह अहिले विद्रोही रूपमा देखियो ।’ रक्षामन्त्री प्रधानले भने, यसबारे सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले केही गम्भीर निर्णय लिन्छ ।’ कात्तिक २८ र २९ मा क्यानडाको भ्यानकुभरमा संयुक्त राष्ट्रसंघले आयोजना गरेको कार्यक्रममा नेपालका तर्फबाट उठाएका विषयवस्तुको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री प्रधानले राष्ट्रसंघले नेपाली सुरक्षाकर्मीलाई शान्ति सेनामा सहभागी गराउन उच्च प्राथमिकतामा राखेको बताए । ‘राष्ट्रसंघका अधिकारीसँग शान्ति सेनासम्बन्धी महत्वपूर्ण छलफल भए’, रक्षामन्त्री प्रधानले भने, ‘अहिलेको झन्डै ४ हजार ५ सयको संख्यालाई बढाएर १३ हजार पुर्‍याउनेबारे राष्ट्रसंघ सकारात्मक छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE