Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

बम विस्फोटमा १५ घाइते, तीनको अवस्था गम्भीर

\"\"काठमाडाैं । चुनाव लक्ष्य गरी सुरक्षा व्यवस्था कडा बनाइएको प्रशासनले बताउँदै गर्दा शनिबार तनहुँ, रौतहट र भोजपुरमा बम विस्फोट भएका छन्। तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सवार गाडीमा बम प्रहार भएको हो भने रौतहट र भोजपुरमा वाम गठबन्धनका सभालाई लक्ष्य गरी विस्फोट भएको हो । बम विस्फोटमा परी रौतहटमा ११ जना, भोजपुरमा तीन जना र तनहुँमा एक जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । अाजको अन्नपूर्णमा खबर छ-रौतहटको चन्द्रपुरमा वाम गठबन्धनको वडास्तरीय भेला चलिरहेका बेला शक्तिशाली बम विस्फोट भएको हो। दिउँसो करिब ३ बजे भएको विस्फोटमा ११ जना घाइते भएका छन् । तीमध्ये चन्द्रपुर ५ का ३१ वर्षीया सरीता राई र उनका सात वर्षीय छोरा जैविकको अवस्था गम्भीर छ। उनीहरू बसेकै ठाउँमा गाडेर राखेको बम विस्फोट भएको हो। उनीहरूको पेट, खुट्टा, कम्मरमा गहिरो चोट लागेको छ। अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् । विस्फोटमा चन्द्रपुर-५ की ४५ वर्षीया लक्ष्मी राई, ५५ वर्षीय रामबहादुर विक, ४८ वर्षीया कुन्ता खत्री, ३९ वर्षीय गोपाल विक, ४५ वर्षीया दिलमाया राई, ५० वर्षीया यमुना काफ्ले, चन्द्रनिगाहपुर सरकारी अस्पतालका पियन ४९ वर्षीय गजेन्द्र झा र परिचर लक्ष्मी राई घाइते भएका छन् । भेला सकेर बाहिर निस्कने क्रममा मन्दिरअगाडि बाटोछेउमा जमिनमुनि गाडेर राखेको बम विस्फोट भएको हो । मन्दिरको हलमा कम्युनिस्ट गठबन्धनले वडा भेला राखेको थियो। ‘भेला सकेर कोही बाहिर खाजा खाने र कोही घर जाने क्रममा थिए। अचानक बम विस्फोट भयो\', प्रत्यक्षदर्शी उद्धव रेग्मीले भने । एमाले चन्द्रपुर नगर इन्चार्ज विनोद घिमिरेले कार्यक्रम सकेर निस्कँदै गर्दा ठूलो आवाजसहित विस्फोट भएको बताए । घटना निन्दनीय भएको भन्दै गठबन्धनका नेताहरूले भत्र्सना गरेका छन्। मानवताविरोधी घटना गराउने दोषीलाई कारबाही गर्न माग गर्दै नेताहरूले विज्ञप्ति जारी गरेका छन् । एमाले केन्द्रीय सदस्य कल्याणी खड्का, माओवादी पोलिट्ब्युरो सदस्य युवराज भट्टराई, एकराज थापा, प्रदेश सदस्य उद्धव रेग्मी, निवर्तमान सांसद रामकुमार भट्टराईलगायत नेता भेलामा सहभागी थिए। केन्द्रीय नेतालाई लक्ष्य गरी बम विस्फोट गराएको वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार डा. वंशीधर मि श्रको भनाइ छ । घाइतेलाई चन्द्रनिगाहपुरमा प्राथमिक उपचारपछि चितवन लगिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चढेको जिपमाथि प्रेसर कुकर बम प्रहार हुँदा उनका एक अंगरक्षक घाइते भएका छन्। गोरखाको चुनावी सभा सकेर लमजुङको बेसीसहरको सभालाई सम्बोधन गर्न जाने क्रममा तनहुँ र लमजुङको सिमानामा पौडेल चढेको जिपमाथि भानु नगरपालिकाको नेपालडाँडानजिकै कुकर बम प्रहार भएको हो । बम प्रहारबाट जिपको सिसा फुटेको छ। घटनाबाट उनका अंगरक्षक सामान्य घाइते भए पनि थप क्षति नभएको कांग्रेस सभापति वैकुण्ठ न्यौपानेले बताए। प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले घटनालगत्तै सुरक्षाकर्मी पुगेको बताए । घटनामा संलग्न समूहको पहिचान भइनसकेको उनले दाबी गरे । घटनापछि दमौलीमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले घटनालाई लोकतन्त्रमाथिको गम्भीर आक्रमणका रूपमा लिएको बताउँदै त्यसमा संलग्न जोसुकैमाथि कारबाही हुनुपर्ने उनले माग गरे । ‘चुनावी वातावरण बिथोल्ने त्यस्ता तत्वमाथि आक्रमण हुनुपर्छ,\' उनले भने । पौडेलले घटनामा सुरक्षा कमजोरी देखिएको बताए । कांग्रेस जिल्ला सभापति वैकुण्ठ न्यौपानेले प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बम विस्फोट हुँदा तीन घाइते

षडानन्द नगरपालिका वडा नं १३, तीनतले नजिकैको भीरथाप्लोमा शनिबार बम विस्फोट हुँदा चुनावी सभाबाट फर्कंदै गरेका युवा संघका कार्यकर्ता विक्रम राई गम्भीर घाइते भएका छन्। राईसँगै बमको छर्रा लागेर उनका साथमा रहेका दुई प्रहरी पनि घाइते भएको बताइएको छ । बाटोमा राखिएको टाइम बमबारे बुझ्न प्रहरी टोली गएको र भीड हटाउने क्रममा बम पड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्फोटबाट वाम गठबन्धनको आमसभाबाट सदरमुकाम फर्कंदै गरेका युवा संघ नेपालका सचिवालय सदस्य ट्याम्के मैंयुङ गाउँपालिका ७, दिप्साका विक्रम राईको टाउकोमा गम्भीर चोट लागेको छ । चोट लागेपछि राई केही घन्टा बेहोस भएका थिए । त्यसैगरी, प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरी निरीक्षक देवनारायण यादव पनि घाइते छन् । घाइते राईलाई उपचारका लागि सदरमुकाम ल्याइए पनि उनको अवस्था गम्भीर भएकाले बाहिर लैजाने तयारी भइरहेको छ । बिहान करिब ९ बजेतिर केही स्थानीयले दुई अज्ञात युवाले बम राख्दै गरेको देखेपछि अरूलाई खबर गरेका थिए । लगत्तै नजिकै रहेको सुन्तले प्रहरी चौकीका प्रहरी घटनास्थल पुगेका थिए । प्रहरीले गाडी रोकेर सुरक्षा दिइरहेका बेला अकस्मात बम पड्किएको थियो । विस्फोटलगत्तै बम राख्ने समूहले बाटो माथिबाट गोलीसमेत चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख गीतनारायण चौधरीले बताए । प्रहरीले जवाफी फायरिङमा १९ राउन्ड गोली चलाएको थियो । बम राख्ने र गोली हान्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटना भएका बेला सदरमुकामको टुँडिखेलमा भने लोकतान्त्रिक गठबन्धनको चुनावी सभा चलिरहेको थियो । पूर्वस्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा सभा भइरहेका बेला घाइते राईलाई सदरमुकाम ल्याइएको थियो । उनको अवस्था गम्भीर भएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकसँग समन्वय गरी घाइते राईलाई थापा चढेको हेलिकोप्टरमार्फत काठमाडौं लैजान आग्रह गरिए पनि थापाले ओखलढुंगाको चुनावी सभामा जानुपर्ने भन्दै नमानेपछि गाडीबाटै अन्यत्र लैजाने तयारी गरिएको टेम्के मैयुङ गाउँपालिकाका अध्यक्ष धु्रवराज राईले जानकारी दिए । त्यस्तै, शनिबार नै उत्तरी साल्पासिलिछो गाउँपालिका-२, कुलुङमा वाम गठबन्धनको चुनावी सभा चल्दै गर्दा बम विस्फोट भएको छ। सभामा प्रदेश (क) का उम्मेदवार राजेन्द्र राईले सम्बोधन गर्दै गर्दा कार्यक्रमस्थलको सय मिटरनजिकै विस्फोट भएको हो। विस्फोटपछि सभा आतंकित तितरवितर भएको थियो । विस्फोटबाट कुनै क्षति नभएको युवा संघ भोजपुरका अध्यक्ष सन्दीप राईले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE