Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

दलितको कोटामा गैरदलितको मस्ती !

काठमाडाैं । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गैरदलित नेताहरू दलितको समानुपातिक कोटाबाट चुनावी मैदानमा उत्रिएको दाबी गरिएको छ । नेपाली काँग्रेसदेखि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्मले समानुपातिकतर्फको दलित कोटामा गैरदलितलाई उम्मेदवार बनाएका छन्।  समानुपातिकको दलित कोटामा गैरदलित राखिएपछि दलित सङ्घसंस्थाहरूले विरोध गरेका छन् । आजको गोरखापत्रमा खबर छ-निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकको बन्द सूची अनुसार नेपाली काँग्रेसले शान्तिदेवी चमाईलाई दलित कोटामा राखेको छ ।  त्यस्तै, सङ्घीय समाजवादी फोरमले प्रेमलाल पोखे्रललाई दलित कोटामा राखेको छ भने नेकपा (माले) ले कैलाशचन्द्र गोपाललाई समानुपातिकको दलित कोटामा राखेको छ।  नेपाल मदजुर किसान पार्टीले राधिका शाहीलाई दलित कोटामा उम्मेदवार बनाएको छ । रुक्मिणी चौधरी नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चार जना गैरदलितलाई दलितको कोटामा राखेर बन्द सूची निर्वाचन आयोगलाई बुझाएको छ।  मञ्चले पुनम लेवी साह, महेन्द्रप्रसाद साह तेली, सोमादेवी उराव र रूपादेवी उरावलाई दलित कोटामा राखेको हो ।  यी जातहरू राष्ट्रिय दलित आयोगले सार्वजनिक गरेको दलित सूचीमा नपर्ने दलित अधिकारकर्मी सहेक विश्वकर्माले बताए । निर्वाचन आयोगले १७ कात्तिक २०७४ मा प्रकाशित गरेको सूचीमा दलहरूले दलित कोटामा गैरदलितलाई उठाएका मात्र छैनन्, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ मा उल्लेखित दलित कोटाभन्दा कम सूची पनि बुझाएका छन् ।  राजपा नेपालले दलितको समानुपातिकतर्फ कानुनले तोकेभन्दा कम उम्मेदवारी दिएको छ ।  राजपा नेपालले ११० जनामा १० जना दलितको मात्रै सूची बुझाएको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को परिच्छेद २८ (५) बमोजिम राजपाले दलित कोटा १३.८ प्रतिशत अर्थात् प्रतिनिधिसभामा १५ जना दलितको नामावली बुझाउनुपर्ने हुन्छ । मधेस अधिकारकर्मी भोला पासवानले भने, ‘राजपा नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को बर्खिलापमा सूची बुझाउनु निर्वाचन कानुन विपरीत हो, दलितको कोटामा गैरदलित राख्नु कानुनको मात्र उल्लङ्घन भएको छैन राजनीतिक बेइमानी समेत भएको छ।  उहाँले त्यसैका आधारमा आफूहरूले निर्वाचन आयोगको ध्यानकर्षण गराएको जानकारी दिए । काँग्रेस र माओवादी केन्द्रले १५ जना दलित सूची बुझाउँदा एक/एक जना मधेसी दलितलाई मात्रै सूचीमा राखेका छन् ।  संविधानको धारा ४० को उपधारा (७)मा दलित समुदायलाई यस धाराद्वारा प्रदत्त सुविधा दलित महिला, पुरुष र सबै समुदायमा रहेका दलितको समानुपातिक रूपमा प्राप्त गर्ने गरी न्यायोचित वितरण गर्नुपर्नेछ भन्ने व्यवस्थाविरुद्ध भएको दाबी गरिएको छ ।  मधेसी दलितको जनसंख्याको अधारमा बन्द सूचीमा नाम समावेश गर्नुपर्ने पासवानको भनाई छ । निर्वाचन आयोगका सचिव तथा समानुपातिक निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिएका बेगेन्द्रराज शर्मा पौडेलले नियम विपरीत दलहरूले दर्ता गराएको सूचीमाथि छानबिन गरिने प्रतिवद्धता व्यक्त गरे । आरक्षण लागू गरिएपछि अवसरका लागि दलितको कोटामा गैरदलितको हस्तक्षेप बढिरहेको दलित युथ एलाइन्सले आरोप लगाएको छ ।  एलाइन्सका अध्यक्ष चेतनारायण रसाइलीले भने, ‘राजनीतिक अवसरमा मात्र होइन, शैक्षिक छात्रवृत्तिमा समेत गैरदलितको नाम आउने गरेको छ दलित कोटामा, यो जानाजान गरिएको बेइमानी हो, दलितमाथिको हेपाहा प्रवृत्ति हो, यसलाई दलहरूले र निर्वाचन आयोगले तुरुन्त सच्याउनुपर्छ । ’ दास्रो संविधानसभाको निर्वाचनमा नेकपा (एमाले)ले दुलारी देवीलाई दलितको कोटाबाट समानुपातिक सांसद बनाएका थियो ।  देवीले दलित नभए पनि दलित कोटाको समानुपातिक सांसद भएर कार्यकाल पूरा गरेका थिए । यस्ता घटना रोक्न समयमै ध्यानाकर्षण गरिएको विश्वकर्माको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE