Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

टनकपुरबाट अाउने बिजुली रोकियो, लोडसेडिङ बढ्न सक्ने

\"\"काठमाडौं । भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ । यसको असर ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले आयात गरिरहेको बिजुलीमा पनि पर्ने देखिएको छ । टनकपुरको पश्चिम नेपालको कोहलपुरसम्म आपूर्ति हुँदै आएको थियो । टनकपुरबाट बन्द भएपछि प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमार्फत अन्यत्र खपत हुने बिजुली त्यता पठाउँदा उपत्यकालगायत प्रमुख सहरमा लोडसेडिङ हुने सम्भावना बढेको छ । भारतको पीटीसीसित नेपाल विद्युत् प्राधिकरणले महाकाली सन्धिअन्तर्गत निःशुल्क पाउने १२ देखि १६ मेगावाटबाहेक थप ३० मेगावाट बिजुली व्यापारिक तवरमा खरिद गर्ने सम्झौता गरेको छ । अाजको अन्नपूर्णमा खबर छ-तर, पीटीसीले टनकपुर विन्दुबाट नेपाललाई त्यहाँको श्री सिमेन्ट लिमिटेडबाट उत्पादित बिजुली दिएको थियो । भारतीय सर्वोच्च अदालतको आदेशसँगै शुक्रबार मध्यरातदेखि उक्त उत्पादन बन्द भएको र टनकपुरबाट आइरहेको ३० मेगावाट पनि ठप्प भएको प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारीले बताए । श्री सिमेन्टले पेटकोक प्रयोग गरी बिजुली उत्पादन गर्दै आएको थियो र उक्त सहउत्पादन (बाइ प्रडक्ट) पीटीसीसित विद्युत् खरिद सम्झौता (पीपीए) गरी नेपाललाई टनकपुर विन्दुबाट नेपाललाई दिँदै आएको थियो । त्यसैगरी, पेटकोकमा लागेको प्रतिबन्धबाट ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालले आयात गरिरहेको बिजुलीमा पनि असर पर्ने देखिएको छ । उक्त प्रसारण लाइनबाट यस महिना नेपालले सय मेगावाट बिजुली आयात गरिरहेको छ, जसमध्ये २५ मेगावाट उही पेटकोक प्रयोग गरी बिजुली उत्पादन गर्ने श्री सिमेन्ट लिमिटेडकै उत्पादनबाट खरिद गर्ने सहमति छ । नेपाललाई एनबीबीएन (एनटीपीसी विद्युत् व्यापार निगम) ले ढल्केबरबाट बिजुली निर्यात गर्दै आएको छ । पेटकोकमा लागेको प्रतिबन्धले भारतमा कोइला र प्राकृतिक ग्यासको मूल्य अकासिने प्रस्ट छ । यसले एकातिर तापीय विद्युत् गृहबाट उत्पादन हुने बिजुली नेपालले प्राप्त गर्न कठिनाइ पर्ने देखिन्छ भने भारतीय विद्युत् महँगिने संकेत देखाएको छ । टनकपुरबाट नेपालले प्रतियुनिट ३.५५ (भारु) मा बिजुली खरिद गर्दै आएको थियो । यता, ढल्केबरको बिजुली भने प्रतियुनिट ३.६० (भारु) छ । भारतीय विद्युत् एक्सचेन्ज बजारमा विद्युत्को भाउ केही महिनादेखि बढ्दै आएको थियो । भारतको विद्युत् प्रवाह नामको वेबसाइटअनुसार शुक्रबार बिजुलीको औसत बजार क्लियरिङ मूल्य ३.७४ (भारु) पुगेको थियो भने त्यहाँका विभिन्न राज्यमा एरिया क्लियरिङ मूल्य ४.६९ (भारु) थियो । पेटकोक के हो ? तेल प्रशोधन प्रक्रियामा सहउत्पादनका रूपमा प्राप्त हुने कार्बनको मात्रा उच्च रहेको इन्धनलाई पेटकोक भनिन्छ । पेटकोक विभिन्न विद्युत्गृह, सिमेन्ट उद्योग, ब्लास्ट फर्नेस, कागज उद्योग, स्टिल कारखाना आदिमा प्रयोग गरिन्छ । पेटकोकको क्यालोरिफिक भ्यालु (ऊर्जा उत्पादन गर्ने क्षमता) कोइलाभन्दा अत्यधिक हुन्छ । तर, प्रदूषणका हिसाबले पेटकोक बढी खतरा मानिन्छ । यसबाट कार्बनडाइअक्साइड, सल्फरडाइअक्साइड, मर्करी, आर्सेनिक क्रोमियम र निकेल पैदा हुन्छ । जसमध्ये सल्फरडाइअक्साइडले फोक्सोको रोग र अम्ल वर्षा (एसिड रेन) गराउँछ । केही महिनादेखि दिल्ली र वरपरका क्षेत्रमा बाक्लो तुवाँलो लागी अत्यधिक प्रदूषण बढ्दै गएको अवस्था छ । प्रदूषणका धेरै कारणमध्ये पेटकोकको अत्यधिक उत्पादन पनि एउटा प्रमुख हो । चीनपछि भारत अत्यधिक पेटकोक खपत हुने देश हो । भारतमा बढ्दै गएको प्रदूषणलाई ध्यानमा राख्दै त्यहाँको सर्वाेच्च अदालतले पेटकोक प्रयोग गर्न राष्ट्रिय राजधानी क्षेत्र (दिल्ली) र आसपासका उत्तर प्रदेश, हरियाणा र राजस्थानमा शुक्रबारदेखि नै प्रतिबन्ध लगाउने आदेश दिएको हो । यसले गर्दा टनकपुरबाट पीटीसीले नेपाललाई उपलब्ध गराउँदै आएको बिजुली मध्यरात १२ बजेटदेखि बन्द गरेको प्राधिकरणको विद्युत् व्यापार विभाग प्रमुख अधिकारीले जानकारी दिए । नेपालमा लोडसेडिङ हुन नदिन वा कम गर्न प्राधिकरणले हरसम्भव प्रयास गरिरहेको पनि अधिकारीले बताए । ‘हामीले नयाँ अवस्थाको सामना गर्न हरसम्भव प्रयास गरिरहेका छौं,’ शनिबार अधिकारीले भने, ‘तर स्थिति चुनौतीपूर्ण छ ।’ अधिकारीका अनुसार भारतको पीटीसी र एनबीबीएनसित यस समस्या समाधानका लागि छलफल भइरहेको छ । पीटीसीले अन्य वैकल्पिक स्रोतबाट चाँडोभन्दा चाँडो टनकपुर विन्दुमार्फत बिजुली उपलब्ध गराउने प्रयास भइरहेको जनाएको उनले बताए । श्री सिमेन्ट उद्योगले पेटकोको साटो कोइलाबाट विद्युत् उत्पादन हुने व्यवस्था मिलाउनसमेत प्रयास भइरहेको जनाएको छ । अर्काे सातासम्म समस्या समाधान गर्न सक्ने उनीहरूले आश्वासन दिएका छन् । नेपालले हाल भारतका विभिन्न नाकाबाट तीन सय मेगावाट बिजुली आयात गरिरहेको छ । ढल्केबरबाट आगामी महिना ६० मेगावाट यही पेटकोक प्रयोग गरी उत्पादन भएको बिजुली ल्याउने योजना एनबीबीएनको छ । पेटकोकबाट उत्पादित बिजुली सबैभन्दा सस्तो पर्छ । भारतमा ७५ प्रतिशत बिजुली उत्पादन तापीय ऊर्जाबाट हुँदै आएको छ । ‘प्रदूषणको दृष्टिका कारण तापीय विद्युत् गृहबाट हुने उत्पादनलाई निरुत्साहित गर्नु अपरिहार्य रहेकाले आगामी वर्षहरूमा नेपालको जलविद्युत् प्राथमिकतासाथ भारतीय बजारमा निर्यात हुने अवस्था निश्चित छ,’ अधिकारीले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE