Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

गोरखाको चुनावी अभियानले पायो नयाँ मोडः बाबुरामलाई हराऔं नारायणकाजीलाई जिताऔं भन्दै ११ बुद्धिजीवीले निकाले विज्ञप्ति

\"\"काठमाडौं । डा. बाबुराम भट्टराईलाई यो चुनावमा आफ्नै पुरानो दल माओवादी केन्द्रसँग मात्रै लडेर नपुग्ने भयो । चुनावको एक साताअघि उनीसँग वैचारिक युद्ध गर्न योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्मा, चीनका लागि पूर्वराजदूत महेश मास्केलगायत ११ वाम बुद्धिजीवी खडा भएका छन् । शनिबार वक्तव्य जारी गर्दै उनीहरूले गोरखाका ‘पारखी जनतालाई अवसरवादी चिन्न अपिल’ गरे । नयाँ शक्ति पार्टी संयोजक भट्टराई गोरखा-२ मा माओवादी नेता नारायणकाजी श्रेष्ठसँग प्रतिस्पर्धा गर्दै छन् । अाजको अन्नपूर्णमा खबर छ-दुई वर्षसम्म एउटै पार्टीका दुई उपाध्यक्षमध्ये हाल श्रेष्ठका पक्षमा र भट्टराईका विपक्षमा वाम बुद्धिजीवीको वक्तव्यले गठबन्धनमय चुनावी अभियानलाई नयाँ मोड दिएको छ । ‘डा. भट्टराई माक्र्सवादी विचारधाराका पक्षधर मात्रै नरहेका होइनन्, उनका पछिल्ला गैरराजनीतिक र सिद्धान्तहीन मन्तव्यहरूबाट उनी अवसरवादको प्रतिनिधिपात्र बनेका छन् भन्ने हाम्रो ठम्याइ हो,’ वक्तव्यमा भनिएको छ, ‘गोरखाका पारखी जनताले यसप्रकारका अवसरवादीलाई पहिचान गरी सही निर्णय गर्ने हामीले अपेक्षा गरेका छौं ।’ वक्तव्यमा वाम गठबन्धनलगायत समग्र विषय समेटिए पनि भट्टराईका विपक्षमा बुद्धिजीवी खनिएपछि अन्य विषय छायामा परेका छन् । असोज १७ गते एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\'सँगै राष्ट्रिय सभागृहमा वाम एकतासम्म पुग्ने गरी चुनावी गठबन्धन गर्ने संकल्प गरेका भट्टराई केही दिन नबित्दै कांग्रेससँग तालमेल गर्न पुगे । यसअघि वैशाख र जेठको स्थानीय चुनावमा कांग्रेससँग तालमेल गर्ने पालोमा माओवादी पार्टी थियो, जसलाई वाम बुद्धिजीवीहरूले अहिलेको जस्तो ‘सैद्धान्तिक महत्व’ दिएनन् । त्यो वक्तव्य पढ्दा अचम्म लागेन, उहाँहरूले हार स्वीकार गरिसक्नुभयो भन्ने बुझिन्छ । साथीहरूले बुझेर हस्ताक्षर गरेको भए हुन्थ्यो ।’ माओवादीले कांग्रेससँग तालमेल गर्दा मौन यी बुद्धिजीवी भट्टराईबारे किन एकाएक मुखर बन्न पुगे त ? हस्ताक्षरकारीमध्ये एक हरि रोकाको तर्क छ, ‘पहिलेका गठबन्धन चुनावपछि भएका थिए, योचाहिँ चुनावअघि हुन गएकाले वक्तव्य आएको हो । किनभने विगतका तुलनामा अहिले नयाँ किसिमको गठबन्धन बनेका बेला बाबुरामजीले अवसरवाद देखाउनुभयो ।’ भट्टराईले भने चुनावी तालमेल आवश्यकताअनुसार हुने भन्दै वामबुद्धिजीवीले अशोभनीय र प्रत्युत्पादक काम गरेको टिप्पणी गरे । उनले कांग्रेससँग माओवादीले १२ बुँदे सहमतियता सहयात्रा गरेको नबिर्सन आग्रह गरे । ‘त्यो वक्तव्य पढ्दा खासै अचम्म लागेन, उहाँहरूले पहिले नै हार स्वीकार गरिसक्नुभयो भन्ने बुझिन्छ,’ भट्टराईले भने, ‘साथीहरूले बुझेर हस्ताक्षर गरेको भए हुन्थ्यो । चुनावमा तालमेल हुन्छ, भोट हाल्ने म्यान्डेट जनताको हो ।’ रोकाले भट्टराईबाट वामपन्थको अपव्याख्या भएको आरोप लगाए । भट्टराईले भने त्यसको प्रतिवाद गर्दै ‘कोही पनि साम्यवाद ल्याउन राजनीति नगरिरहेको’ टिप्पणी गरे । वक्तव्यमा शर्मा र मास्केसँगै प्रा. कैलाशनाथ प्याकुरेल, कवि विमल निभा, प्रगतिशील लेखक संघ अध्यक्ष मातृका पोखरेल, पूर्वगभर्नर दीपेन्द्र क्षेत्री, हरि रोका, धनकुमारी सुनार, झलक सुवेदी, डा. शरद वन्त र सुदीप श्रेष्ठको हस्ताक्षर छ । बुद्धिजीवीहरूले चुनावपछि राजनीतिक अस्थिरता अन्त्य हुने र अन्तर्राष्ट्रिय ऐक्यबद्धताका ‘नयाँ आयाम उद्घाटित हुने’ विश्वास व्यक्त गरेका छन् । आफूहरू नागरिक अगुवा भने नभएको तिनको प्रस्टोक्ति छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE