Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

पूरा होला रेल सपना ? के भन्छ रेल विभाग

\"\"काठमाडाैं । आगामी १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले राजधानीमा रेल सपनासहितको घोषणापत्र सार्वजनिक गर्दै गर्दा चिनियाँ उपमन्त्रीसहितको टोली नेपालमा रेलको सम्भाव्यता अध्ययनका लागि आइपुग्यो । केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको टोलीले सो रेलमार्ग निमार्णको प्रारम्भिक सम्भाव्यता अध्ययन गरी निर्माण सम्भव भएको प्रतिवेदन लिएर चीन फर्किसकेको छ । आजको राजधानीमा खबर छ-यता, दलहरू मतदातालाई रेलमार्गको सपना बाँड्दै मत मागिरहेका छन् । रेलमार्गको सपना पुरानो होइन् । रेलमार्ग विस्तारका लागि रेल विभागसमेत गठन भएको छ । विभागले पूर्व–पश्चिम (मेची–महाकाली), काठमाडौं–पोखरा–तराई, काठमाडौं–तराई, लगायतका दक्षिण सीमा (भारतीय बोर्डर) बाट महङवपूर्ण औद्योगिक, व्यापारिक सहरहरू एवं उत्तर सीमा (चीन–तिब्बत) बाट काठमाडौंलाई रेल सेवाबाट जोड्ने परिकल्पनासहित काम अघि बढाइरहेको छ । विभागले प्रादेशिक प्रशासनिक केन्द्रहरूलाई पूर्व–पश्चिम एवं काठमाडौं–तराई रेल सञ्जालसँग आबद्ध गर्ने परिकल्पना गरेको छ । आगामी २० वर्षभित्र ४ हजार किलोमिटर रेल सञ्जाल निर्माण गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्न आगामी १० वर्षभित्र १५ सय किमि र आगामी ५ वर्षभित्र ७ सय ५० किमि रेल सञ्जाल निर्माण गर्ने लक्ष्यसहित २० वर्षे र १० वर्षे प्राथमिक लगानी योजना तयार गरिरहेको विभागले जनाएको छ । विभागको परिकल्पनाले पूर्व–पश्चिम रेलमार्गको खण्ड (४ किमि) निर्माण, भारत सीमाबाट तराईका औद्योगिक तथा व्यापारिक सहरहरू र नाकाहरू रेल प्रणालीमा जोड्दै जाने उद्देश्य लिएको छ । त्यस्तै पूर्व–पश्चिम रेलमार्गबाट तराईको बर्दीवास–वीरगन्ज खण्डलाई जोड्ने (१३४ किमि), काठमाडौं–तराईलाई रेल सेवाबाट जोड्ने (१ सय किमि) निर्माण कार्य अघि बढाउने तथा काठमाडौंमा मेट्रो रेल निर्माण कार्य प्रारम्भ गर्ने दीर्घकालीन परिकल्पना गरिएको विभागका महानिर्देशक विष्णुओम  बादेले बताए । रेल विभाग भन्छ
  • काठमाडौंमा रेलमार्गका दुई रुट नागढुंगा–कोटेश्वर–धुलिखेल
  • बूढानीलकण्ठ–सातदोबाटो हु“दै काठमाडौं–तराई द्रुत मार्ग
दलका घोषणामा रेल निर्वाचन प्रयोजनका लागि दलहरूले सार्वजनिक गरेको घोषणापत्रहरूमा रेलमार्ग विस्तारको योजनालाई प्राथमिकतामा राखेका छन् । उनीहरूले मुलुकको आर्थिक समृद्धिका लागि भन्दै आवधिक रूपमा रेलमार्ग विस्तारका योजनालाई घोषणापत्रमा राखेका छन् । नेपाली कांग्रेसको घोषणापत्रमा आगामी पाँच वर्षभित्रमा पूर्व–पश्चिम रेलमार्गको कम्तीमा दुई सय किलोमिटर खण्ड निर्माण सम्पन्न गरिने उल्लेख छ । त्यस्तै, चिनियाँ सिमानादेखि काठमाडौं उपत्यका हुँदै दक्षिण भारतीय सिमानासम्मको रेलमार्ग आगामी १० वर्षभित्र निर्माण सम्पन्न गर्ने गुरु योजना तयार गरिने कांग्रेसको घोषणापत्रमा उल्लेख छ । उता, वाम गठबन्धनले आगामी ५ वर्षमा पूर्व–पश्चिम राजमार्ग, पूर्वपश्चिम औद्योगिक कोरिडोर राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्गहरूका समानान्तर तीव्र गतिका विद्युतीय रेलमार्ग सञ्चालन गरिने उल्लेख गरेका छन् । यसैगरी, यसै अवधिमा रसुवागढी–काठमाडांै–वीरगन्जमा तीव्र गतिको विद्युतीय रेलमार्ग सञचालन गरिने समेत घोषणापत्रमा उल्लेख छ । बाम गठबन्धनको घोषणापत्रमा आगामी ५ वर्षमा काठमाडौंको चक्रपथमा आवश्यक गतिका रेल सञ्चालन गरिनेसमेत जनाइएको छ । काठमाडौंलगायत अन्य मुख्य सहरहरूमा सम्भाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ । संघीय समाजवादी फोरमले पनि केरुङ नाकाबाट भारत जोड्ने उत्तर दक्षिण रेल मार्ग निर्माण, प्रस्तावित पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी ५ वर्षभित्र काम अघि बढाउने प्रतिबद्धता जनाएको छ । काठमाडौंको चन्द्रागिरिदेखि धुलिखेलसम्म मेट्रो रेल सञ्जाल विकास गर्नेसमेत फोरमको घोषणापत्रमा छ । नयाँ शक्ति नेपालको ‘भ्यागुतो झैं उफ्रने वा हवाईजहाज झैं उडान भर्ने (टेक अफ) वा छलाङ हान्ने प्रकृतिको गुणात्मक विकास’ को नारासहित घोषणापत्रमा रेलमार्गलाई दुई किसिमका योजनामा समावेश गरेको छ । उसले संघ र प्रदेशबाट सम्पन्न गर्ने योजनामा रेलमार्गलाई राखेको छ । एक दिनमा मेची–काली यात्रा गर्न सकिने गतिको पूर्व–पश्चिम चल्ने २ रेल मार्गहरूको निर्माण गर्ने, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी–चितवन–काठमाडौं रेल निर्माण र काठमाडौं–वीरगन्ज रेलमार्ग निर्माणलाई संघीयस्तरमा निमार्ण गरिने योजना उसको छ । विवेकशील साझा पार्टीका अनुसार सहज व्यापार र पारवहानका लागि दक्षिणी र उत्तरी दुवै सीमालाई वारपार गर्ने रेलमार्ग  निर्माण हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE