Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

जग्गा कित्ताकाटमा मन्त्री दहितको शंकास्पद निर्णय

\"\"काठमाडाैं । भूमिसुधारमन्त्री गोपाल दहितले जग्गाको खण्डीकरण रोक्ने यसअघिको आफ्नै निर्णय उल्ट्याउँदै केही जग्गा व्यवसायीलाई मात्र कित्ताकाट गर्न दिने निर्णय गरेका छन् । गत २७ कात्तिकमा उनले कसैलाई जानकारी नै नदिई भूमिसुधार सचिव शम्भु कोइरालाको सहयोगमा जग्गा कित्ताकाटको निर्णय गरेका हुन् । गत २६ साउनमा भूमिसुधार मन्त्रालयले देशभरका कृषियोग्य जमिनको कित्ताकाट गर्न रोक्ने निर्णय गरेको थियो । मन्त्री दहितले कृषियोग्य जमिनमा अस्वाभाविक रूपमा भइरहेको जग्गा प्लानिङ रोक्न त्यस्तो निर्णय गरेको बताएका थिए । निर्णय कार्यान्वयन गर्न दबाब भूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा र मन्त्रालयका अन्य सहसचिव नयाँ निर्णयबारे अनभिज्ञ छन् । मन्त्री दहित र सचिव कोइरालाले निर्णय तत्काल कार्यान्वयन गर्न भूमिसुधार व्यवस्था विभागलाई लगातार दबाब दिइरहेका छन् । सचिव कोइरालाले मन्त्रीको विशेष चासो रहेको भन्दै सो निर्णय जतिसक्दो चाँडो कार्यान्वयनमा लैजान दबाब दिएको स्रोतले जनाएको छ । ‘मन्त्रीको चासो नभएको भए आफैँ त्यस्तो निर्णय गरेका मन्त्रीले सर्वोच्चको निर्णय नआउँदासम्म कुर्नुपर्छ भनेर रोक्न सक्थे । तर, मन्त्री आफैँ उत्साहित भएर गुपचुप निर्णय गर्नु र निर्णय कार्यान्वयनमा विशेष चासो दिनुले गम्भीर शंका जन्माएको छ,’ मन्त्रालय स्रोतले भन्यो । जग्गा कारोबार गर्ने संघसंस्थाको प्रभावमा परेर मन्त्री दहितले गलत निर्णय गरेको आरोप कर्मचारीहरूले लगाएका छन् । पुरानो निर्णय विचाराधीन २६ साउनमा भूमिसुधारमन्त्री दहितले देशभरका कृषियोग्य जमिनको कित्ताकाट गर्न रोक्ने निर्णय गरेका थिए । उनले कृषियोग्य जमिनमा अस्वाभाविक रूपमा भइरहेको जग्गा प्लानिङ रोक्न त्यस्तो निर्णय गरेको बताएका थिए । मन्त्रालयको सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्चले २ भदौमा अर्को आदेश जारी नहुँदासम्म जग्गा खण्डीकरण रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । मन्त्रालयले सर्वोच्चको सो आदेशमा असहमति राख्दै ‘भ्याकेट’ गरेको थियो । भ्याकेटपछि सो निर्णय सर्वोच्च अदालतमा विचाराधीन छ । मन्त्रालयको निर्णय सर्वोच्च अदालतमा विचाराधीन रहेका वेला मन्त्रालयले केही छानिएका जग्गा व्यवसायीलाई मात्र जग्गाको खण्डीकरण गर्न खुला गरिएको हो ।
यसअघि आफैँले गरेको निर्णय उल्ट्याउँदै मन्त्री दहितले दिए केही कम्पनी र व्यक्तिलाई जग्गा कित्ताकाटको अनुमति
जग्गा कित्ताकाट गर्न फुकुवा भएकामा घरघडेरी डटकम प्रालि, जग्गा व्यवसायी ओमबहादुर घर्ती, सिडी डेभलपर्स प्रालि, सिई कन्स्ट्रसन प्रालि, शिवम् डेभलपर्स प्रालि, कमिटेड इन्टरप्रेनर रियल इन्टेट प्रालि र भिमोर पोपर्टी प्रालि रहेका छन् । उनीहरूलाई जग्गा कित्ताकाट गरेर किनबेच गर्न अनुमति दिइएको छ । यस्तै, चन्द्रागिरि नगर कोलोनी, होमल्यान्ड हाउजिङ प्रालि, प्रकाश आचार्य र होमल्यान्ड हाउजिङ प्रालिले पनि जग्गा कित्ताकाट गरी कारोबार गर्न अनुमति पाएका छन् । राज्यमन्त्री लामा भन्छिन्, अदालतमा मुद्दा विचाराधीन रहेका बेला निर्णय गर्नु राम्रो होइन केही छानिएका जग्गा व्यवसायीलाई मात्र जग्गाको कित्ताकाट गर्न फुकुवा गरेकोबारे आफूलाई कुनै जानकारी नभएको भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री यशोदा लामाले बताइन् । ‘यो त मलाई थाहा नै थिएन,’ उनले भनिन्, ‘हिजो रोक्का गर्ने, आज मुद्दा विचारधीन रहेको अवस्थामा मन्त्रीज्यूले त्यस्तो निर्णय गर्नु राम्रो होइन,’ उनले भनिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE