Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

कर्णालीको मुख्य चुनावी एजेन्डा- 'उत्तरी सीमासम्म सडक'

\"\"२०५५ सालको जिल्ला परिषद्मा हुम्ला जिविसका तत्कालीन सभापति जीवनबहादुर शाहीले एउटा प्रस्ताव पास गराउन निकै समस्या झेल्नुप¥यो । उनले चीनको सीमावर्ती हिल्साबाट हुम्लाको सिमकोट जोड्ने सडक बनाउने प्रस्ताव राख्दा आलोचकले परिषद्मै भनेका थिए, ‘यो मान्छे बहुलाउन लाग्यो कि क्या हो ? हुँदै नहुने कुरा गर्छ ।’ उम्मेदवारले हुम्लाको हिल्सा, मुगुको नाग्चेनाङला र डोल्पाको धोमोरिङला नाका भएर चीनसँग सडकले जोड्ने सपना बाँडिरहेका छन् ।नागिरक दैनिकमा खबर छ– मतदाता भन्छन्– सडक सपना सपनामात्रै नहोस् । अन्ततः बडो मुस्किलले शाहीले प्रस्ताव पास गराए । र, जिविसकै अग्रसरतामा सडक खन्ने काम पनि सुरु गरे । त्यसपछि शाहीमाथि अर्को प्रहार सुरु भयो । गृह मन्त्रालयले ‘अनुमतिबिनै चीनसँग नाका खोल्न थालेको’ भन्दै तीनपटक स्पष्टीकरण लियो । तैपनि उनले जिविस र विभिन्न दातृनिकायसँगको सहकार्यमा काम थालिछाडे । करिब दुई दशकपछि हुन लागेको प्रतिनिधिसभा र प्रदेश सदस्य निर्वाचनमा यही सडक कर्णालीका उम्मेदवारको साझा अजेन्डा बनेको छ । र, यसले दक्षिणी छिमेकी भारतसँग सीमा नजोडिएको एकमात्र प्रदेश (६ नम्बर प्रदेश) को समृद्धिको सपना बोकेको छ । ‘हुम्लालाई दक्षिणबाट सडक सञ्जालले जोड्न असम्भव भएको निस्कर्षसहित हामीले उतिबेला हिल्सा–सिमकोट सडक परिकल्पना गरेका थियौं,’ कांग्रेसतर्पm हुम्ला ‘ख’ बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका शाहीले भने, ‘अहिले आएर यो सडक सिंगो प्रदेशकै भविष्यसँग जोडियो, समृद्ध कर्णालीको साझा अजेन्डा बन्यो ।’ १४ वर्षसम्म स्थानीय स्तरमा निर्माण भइरहेको ९६ किलोमिटर लामो यो सडकलाई सरकारले २०६९ चैतमा आयोजना कार्यालय स्थापना गरी कर्णाली करिडोरको एक हिस्सा बनायो । त्यसपछि यसले दलहरूको चुनावी अजेन्डामा स्थान पाउन थाल्यो । सडक आयोजना प्रमुख विजकुमार थापा करिडोरको पूर्णताले समग्र ६ नम्बर प्रदेशको विकासमा टेवा पुग्ने भएकाले यो दलहरूको चुनावी नारा बनेको बताउँछन् । उनका अनुसार यो सडकको सिधा ‘कनेक्सन’ हिल्सा–जमुनाह सडक (उत्तर–दक्षिण रोड) मार्पmत भारतीय सीमावर्ती सहर रुपैडियासँग हुन्छ । ‘अहिले सबैले भारतसँग सीमा नजोडिएको अभागी प्रदेश भनिरहेका छन्,’ आयोजना प्रमुख थापा भन्छन्, ‘भोलि यो सडक बन्यो भने एकसाथ चीन र भारतसँग सम्बन्ध स्थापित भई दोहोरो फाइदा हुनेछ ।’ करिडोरले प्रदेशको सम्भावित राजधानी सुर्खेत र कर्णालीको केन्द्र जुम्लालाई भारत र चीनसँग जोड्ने उनको भनाइ छ । त्यसैले त कर्णालीका मतदाताको प्रमुख माग पनि सडक बनेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका हुम्ला र डोल्पाका मतदातामा सडकमोह अझ बढी छ । खार्पुनाथ गाउँपालिका–४ कि वडासदस्य केशु भण्डारी प्रदेशसभा र प्रतिनिधिसभामा निर्वाचित हुनेको पहिलो प्राथमिकता सडक हुनुपर्ने बताउँछिन् । ‘सिमकोट–हिल्सा सडक भएर चीनसँग जोडिए पनि तल (दक्षिणी भूगोल) तिर नजोडिँदा अर्कै देशमा भएको महसुस हुन्छ,’ उनले भनिन्, ‘अब आउने सरकारले हामीलाई सडक सुविधा देओस्, हामी पनि काठमाडौंसँग जोडिन पाउँ ।’ मतदाताको यही भावना बुझेर कर्णालीका उम्मेदवारले सडकलाई पहिलो प्राथमिकतामा राखेका छन् । माओवादी केन्द्रबाट जुम्ला ‘क’ बाट प्रदेशसभा सदस्य उम्मेदवार नरेश भण्डारी प्रदेशको समृद्धिका लागि चीनसँग छोइएका हुम्लाको हिल्सा, मुगुको नाग्चेलाङला र डोल्पाको धोमोरिङला नाकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुपर्ने बताउँछन् । ‘हामी भारतसँग प्रत्यक्ष नजोडिए पनि चीनको तिब्बतसँग जोडिनसक्ने प्रचुर सम्भावना छ,’ उनी भन्छन्, ‘यसका लागि हामीले उत्तरी सीमातिर सडक विस्तारमा जोड दिनुपर्छ ।’ यो काम पूरा गर्नु भाषण गरेजस्तो सजिलो भने छैन । हिल्सा–सिमकोटको ९६ किलोमिटरमध्ये केर्मीभीरको ७ किलोमिटर चट्टान छिचोल्न अझै सकिएको छैन । सिमकोटदेखि कालिकोटको खुलालुसम्मको दुई सय किलोमिटरमध्ये ठूलो खण्ड अधूरै छ । करिडोरको उक्त खण्ड निर्माण जिम्मा नेपाली सेनाले पाएको छ । अर्कोतिर, बल्लतल्ल मुगुको गमगढीसम्म पुगेको सडकलाई तन्काएर नाग्चेनाङला हुँदै चीनसँग जोड्नु पनि कम चुनौती छैन । ‘नेताले त चुनावमा सुन्दै मन हरर हुने आश्वासन दिइरहेका छन्,’ मुगु, खतेडका विद्यार्थी देउसिंह मल्ल भन्छन्, ‘जितेर गएपछि पो के गर्ने हुन् थाहा छैन ।’ डोल्पाको धोमोरिङला हुँदै चीनसँग जोडिन सबैभन्दा पहिले दुनैसम्म सडक पुग्नुपर्छ । जाजरकोट–दुनैको एक सय १६ किलोमिटरमध्ये १२ किलोमिटर बाँकी छ । दुनैदेखि धोमोरिङला सडकको एक सय १६ किलोमिटरमध्ये हालसम्म १७ किलोमिटरमात्र ट्र¥याक खुलेको छ । डोल्पामा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार धनबहादुर बुढा देश संघीय संरचनामा गएपछि उत्तरी नाकासम्म सडक पहुँच पु¥याउनुपर्ने आवश्यकता टड्कारो बनेको बताउँछन् । उत्तरतिर सडक जोडेर व्यापारिक सम्बन्ध विस्तार गर्नसके कर्णाली र समग्र ६ नम्बर प्रदेशको विकासमा टेवा पुग्ने उनको भनाइ छ । ‘हाम्रो अहिलेको प्रमुख मुद्दा भनेकै कर्णालीलाई उत्तरी छिमेकसँग जोडेर लाभ लिने हो,’ उनले भने, ‘यसका लागि काम सुरु भइसकेका सडक आयोजनालाई द्रूत रुपमा अघि बढाइनुपर्छ ।’ अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको डोल्पाका मतदाता भने उम्मेदवारका यी अजेन्डालाई ‘उधारो सपना’ भन्छन् । उनीहरू भन्छन्, ‘नेताले हरेक चुनावमा यसैगरी सपना बाँड्छन्, जितेपछि भने वास्तै गर्दैनन् ।’ राजनीतिक नेतृत्वकै कमजोरीले जाजरकोट–दुनै एक सय १६ किलोमिटर सडक १० वर्षसम्म पनि पूर्ण रुपमा ट्र¥याक नखोलिएको उनीहरूको भनाइ छ । ‘चुनावमा हामीले उम्मेदवारका रसिला नारा सुनेर जिताउँछौं, तर भनेको कुरा कहिल्यै पूरा हुँदैन,’ डोल्पा, त्रिपुरासुन्दरी गाउँपालिकाका लक्ष्मीकान्त उपाध्याय भन्छन्, ‘यसपटक पनि त्यस्तै हुने हो कि भन्ने शंका लाग्छ ।’ पर्यटन प्रवर्द्धन कर्णालीभित्र आन्तरिक र उत्तरी नाकासम्म बलियो सडक सञ्जाल भएपछि यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उम्मेदवार र मतदाताको विश्वास छ । बाँकेको जमुनाह हुँदै हुम्लाको हिल्सासम्म पुग्ने उत्तर–दक्षिण सडक कैलाश मानसरोवर जाने यात्रुका लागि बरदान नै हुनसक्छ । यसले पर्यटन व्यवसायमार्पmत ५ नम्बर र ६ नम्बर प्रदेशको आर्थिक विकासमा टेवा पुग्नसक्छ । साथै मुगुको रारा र डोल्पाको फोक्सुन्डो तालका साथै कर्णालीमा रहेका धार्मिक तथा पुरातात्विक महŒवका पर्यटकीय स्थल पुग्न पनि सडकको विकल्प नरहेको भण्डारी बताउँछन् । ‘सडकमात्र होइन, भविष्यमा रोप–वे र सुरुङ मार्गबाट पनि कर्णालीलाई चीनसँग जोड्ने सपना देख्नुपर्छ,’ उनी भन्छन्, ‘यो सपना पूरा भयो भने साँच्चिकै समृद्ध कर्णालीको हाम्रो साझा सपना पूरा हुनसक्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE