Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै दल

\"\"काठमाडौं । निर्वाचन आयोगको दैनिकी बनेको छ, आचारसंहिता उल्लंघनमा कुनै न कुनै सरकारी पद धारण गरेका व्यक्ति वा निकायलाई २४ घन्टे स्पष्टीकरण सोध्ने ।आजको अन्नपूर्णपोष्टमा खबर छ– तर, जवाफी पत्रमाथि आयोगले ‘के कस्तो कारबाही गर्छ’ भन्ने सार्वजनिक नहुने भएकाले निर्वाचनको ‘कर्मकाण्डी व्यवहारप्रति’ सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा आचारसंहिता उल्लंघनका घटना पनि बढिरहेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव नै स्विकार्छन् । ‘आचारसंहिता उल्लंघनका घटनाप्रति आयोग निकै संवेदनशील छ,’ प्रमुख आयुक्त यादव भन्छन्, ‘आचारसंहिता उल्लंघन रोक्न नागरिक तहबाटै विरोध हुनुपर्छ । कसैको लोभ लालच, डर धम्की, भोज भतेर र प्रलोभनमा परेर मतको दुरुपयोग नगर्न र हरेक गलत क्रियाकलापविरुद्ध सचेत मतदाता उभिनै पर्छ ।’ सरकारी साधन–स्रोत दुरुपयोग गरेको, निर्वाचनलाई प्रभावित हुने गरी पार्टीका कार्यक्रममा सहभागी भएको, कर्मचारी सरुवा गरेको, मतदातालाई प्रलोभनमा पारेको भन्दै आयोगले दर्जन बढी मन्त्रीसँग स्पष्टीकरण सोधेको छ । तर, आयोगले स्पष्टीकरण सोधेर ‘कर्मकाण्ड’ मात्र पूरा गर्ने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेको छ । दुई साताअघि मात्र प्रमुख आयुक्त यादवले प्रधानमन्त्रीलाई आयोगले कारबाही गर्न सक्दैन भनेर ‘लाचारी’ जवाफ दिइसकेका छन् । ‘आचारसंहिता उल्लंघन भएको उजुरी प्राप्त हुनेबित्तिकै हामी स्पष्टीकरण सोध्छौं,’ आयोगका प्रवक्ता नवराज ढकाल भन्छन्, ‘आचारसंहिता पालना गर्ने चित्तबुझ्दो जवाफ आए त्यो प्रक्रिया अघि बढ्दैन । आचारसंहिता भनेको नैतिक प्रश्न पनि हो ।’ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा आयोगले हालसम्म ४१ वटा स्पष्टीकरण सोधिसकेको छ । सबै घटनामा ‘चित्तबुझ्दो जवाफ’ आएकाले आयोगले थप कारबाही गरेन । ०४८ सालयताका सबै निर्वाचनको पर्यवेक्षण गर्दै आएका नागरिक समाजका अगुवा हिमालयशम्शेर राणाले आचारसंहिता उल्लंघनकर्तालाई आयोगले कारबाही गर्न नसकेर पन्छिन खोजेको आरोप लगाए । ‘आचारसंहिता उल्लंघन बढ्दै गएको छ,’ आमनिर्वाचन पर्यवेक्षण समिति (जिओक)का अध्यक्ष राणा भन्छन्, ‘उल्लंघनकर्तालाई आयोगले कारबाही गर्नै सकेन । पहिला पनि आयोग पन्छिन्थ्यो, अहिले पनि पन्छिन खोज्दै छ ।’ आचारसंहिता उल्लंघन गरेर निर्वाचनमा करोडौं चलखेल हुने गरेको राणाको दाबी छ । ‘निर्वाचनलाई कसरी कम खर्चिलो बनाउने भनेर सोच्नुपर्छ । अहिलेको स्थितिले पैसा हुनेले मात्र चुनाव जित्ने अवस्था आएको छ’, राणाले भने । आयोग प्रवक्ता ढकाल आचारसंहिता उल्लंघन गर्नेको उम्मेदवारी खारेज गर्ने व्यवस्था आचारसंहिता र ऐनमा रहेको बताउँछन् । ‘आचारसंहिता मान्दिनँ भन्नेको उम्मेदवारी रद्द हुन्छ, अन्य व्यक्ति भए आर्थिक सजाय हुन्छ’, उनले थपे । निर्वाचनलाई कम खर्चिलो बनाउन र आचारसंहिता उल्लंघन रोक्न आयोगले कुनै विकल्प नसोचेको पूर्वमुख्यसचिव तीर्थमान शाक्यको आरोप छ । ‘मन्त्रीहरूलाई के–के सुविधा दिने हो, त्यो स्पष्ट गर्नुपर्छ । सीमा नाघ्नेको उम्मेदवारी खारेज गर्ने हिम्मत आयोगले राख्नै पर्छ,’ शाक्य भन्छन् । निर्वाचनलाई कम खर्चिलो बनाउन स्वयंसेवक परिचालन गर्नेतर्फ आयोगले ध्यान नदिएको शाक्यको भनाइ छ । ‘विभिन्न कलेज र क्याम्पसका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गर्न सकिन्छ,’ शाक्य भन्छन्, ‘राजनीतिक दलका कार्यकर्ता र विद्यार्थीलाई परिचालन गर्न सके २० हजार स्वयंसेवक पाल्नै पर्दैन ।’ अधिवक्ता कृष्णमान प्रधान आचारसंहितामा कडाइ गर्न नसके निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्ने बताउँछन् । ‘खेलाडीले नियम उल्लंघन गरेको रेफ्रीले सहेर बस्न मिल्दैन,’ प्रधान भन्छन्, ‘नियमभित्र बाँधेर गरिएको प्रतिस्पर्धाले मात्र शुद्ध परिणाम दिन्छ र विश्वसनीयता कायम हुन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE