Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

कीर्तिनिधि विष्टको चर्चित लेख: नेपाल बचाउने जिम्मा कसको ?

\"\"करिब दुई सय ५० वर्ष राजा पृथ्वीनारायण शाहले राष्ट्र—राज्यका रूपमा नेपालको एकीकरण गरेयता शासन प्रणाली जे जस्ता भए पनि यसका शासकहरू मुलुकको स्वतन्त्रता र सम्प्रभुता बचाउन सफल भएका छन् । एउटा अवसरमा मात्र अर्थात् ब्रिटिस साम्राज्यसँगको युद्ध (सन् १८१४—१६) मा धेरैजसो दक्षिण एसियाली मुलुकहरूले जसरी नै नेपालले पनि आफ्ना केही भूभाग गुमायो । तर त्यो ब्रिटिसहरूका लागि पनि त्यतिकै महँगो बन्यो । बहादुरी र साहसका लागि विश्वमै चम्किएका गोर्खा योद्धाहरूसँग भिड्दा ब्रिटिसहरूले पनि पर्याप्त रगत बगाउनुपरेको थियो । भारतका फिल्ड मार्सल मानेकशाले न एकपटक भने नै— ‘यदि कुनै व्यक्ति ‘म मृत्युसँग डराउँदिनँ’ भन्छ भने कि त्यो फटाहा हो या गोर्खा ।’ नेपाली शासकहरू खासगरी शाहवंशका उत्तराधिकारीले सबै प्रयासबाट नेपालको स्वतन्त्रता र सम्प्रभूता अक्षुण्ण राखे । आखिर उनीहरूका पितापुर्खाले वर्षौंसम्म अनेकौं त्याग गरेका थिए मातृभूमिका निमित्त । नेपालका निर्माता र रक्षकहरूबाट हामीले प्राप्त गरेको बहुमूल्य उपहार या विराशत हो, यसको एकात्मतापूर्ण भूगोल र त्यसभित्रका गौरवशाली जनता, त्यसको स्वतन्त्रता र सम्प्रभुता । त्यसको आर्थिक वृद्धि र जनताको कल्याणका लागि विकासको जिम्मा भावी पुस्ताको दायित्व बन्न पुगेको थियो । एकीकरणलगत्तैका वर्षहरूमा त्यसबेलाका प्रविधि र सुलभ जनशक्तिबाट त्यो अपेक्षा पूर्ति सहज थिएन । र, पछि पनि कठिन भूगोल र यातायात तथा सञ्चार सहज नभएका कारण तत्काल औद्योगिक विस्तारमा जान सम्भव हुन सकेन । तर नेपालमा प्राकृतिक संसाधनको प्रचुरता छ र चरणबद्ध तथा विवेकपूर्ण तरिकाले त्यसको उपभोग हाम्रो चुनौती बनेको छ । एक्काइसौं शताब्दीको आगमनसँगै नेपालका निकटतम छिमेकी र मित्रराष्ट्र भारत र चीन एसियामै विकास र आर्थिक वृद्धिका कारण चम्किएपछि नेपालको समृद्धिको मात्राका लागि पनि अनुकूल अवसर बनेको छ त्यो । विश्वव्यापीकरण, खासगरी आर्थिक विश्वव्यापीकरण र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकासले पहिले नेपालले असहज भूगोलका कारण व्यापारका क्षेत्रमा सामना गर्दै आएका सबै व्यवधान पन्छाएको छ । नेपालको शासन प्रणालीले तीन सय ६० डिग्रीको फन्को मारेको छ । शताब्दीको प्रारम्भिक ६ वर्षभित्रै नेपाल सक्रिय राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्र बन्न पुगेको छ । तर परिवर्तनका नौ वर्ष बित्दासम्म पनि नेपाली जनताले चाहेको जस्तो सुधार देखिएको छैन । जनआन्दोलनले जन्माएको उत्साह र उमंग जनताको सामूहिक निराशामा बदलिनुभन्दा बढी दुःखद् के हुन सक्छ ? असफल व्यवस्थापन, समाजका हरेक शाखाहरूको राजनीतिक दलीयकरण, नेताहरूको अल्पदृष्टि र स्वार्थका कारण भएका त्रुटिले मुलुकको अवस्था दयनीय हुन पुगेको छ । बहुमूल्य प्राकृतिक संसाधन, सांस्कृतिक सम्पदा र विश्वकै दुर्लभ पर्यटकीय स्थलहरू हामीसँग हुँदाहुँदै पनि यो अवस्थामा पुग्नुको कारण त्यही हो । परिस्थिति हरेक दिन बिग्रँदो छ । र, अधिनायकवादी शैलीमा नेताहरूले लादेका सबै निर्णय स्विकार्ने मनस्थितिमा नेपाली जनता छैनन् अब । नेपाली जनताका मनमस्तिष्कमा झाँगिएका असन्तोष र निराशाले विरोध प्रदर्शन र हडताल अनि हिंसाका रूप लिएको छ । कैयन्को ज्यान गइसकेको छ । यति हुँदाहुँदै पनि सरकार उदासीन र संवेदनहीन छ । माओवादी सशस्त्र विद्रोह अन्त्यको नौ वर्षपछि र नेपाली जनताले देखाएको महान् बलिदानको बदलामा उनीहरूले कष्ट र अनिश्चितता मात्र फेला पारेका छन् । शक्तिको घमण्डले राजनीतिक नेताहरूलाई अन्धो बनाएको छ । त्यसैले जनताप्रति सेवा र समर्पणको भाव देखाउनुको साटो पटकपटक जनतालाई सत्ताको सिँढी बनाउँदै आएका छन् नेताहरूले । यी अपमान र असहायपनकै बीच टीकापुर र अन्य भागमा दुःखद् घटना भएका छन् । अविश्वास र तिक्तताको खाडल बढेका छन्, नेताहरू र जनताबीच । आगामी वर्षहरूमा त्यसबाट थप द्वन्द्व र विविध खालका भिडन्तका आधार क्षेत्र बन्ने खतरा बढेको छ । राष्ट्र—राज्य अवधारणा मुख्यतः तीन मान्यतामा आधारित हुन्छन्— स्वतन्त्रता, सम्प्रभुता र भौगोलिक अखण्डता । अहिलेको अवस्थामा नेपालले यी तीनै विषयमा आफ्नो नियन्त्रण गुमाउन थालेको देखिन्छ । दक्षिणी छिमेकी भारतले लज्जाजनक र हेपाहा किसिमले कतिपय नेपाली क्षेत्रमाथि अतिक्रमण गरेको छ । हालै उसले लिपुलेकलाई आफ्नै भूमिका रूपमा चित्रित गरी व्यापार विस्तारका लागि चीनसँग सम्झौता गरेको छ । हरेक किसिमले नेपालको भूभाग रहेको लिपुलेक अहिले भारतीय कब्जामा छ । सन् ६० को दशकमा प्रारम्भिक चरणदेखि नै अर्थात् भारत—चीन युद्धदेखि त्यहाँ उसको सुरक्षा सेना छ । यो जघन्य उल्लंघन र बलजफ्ती कब्जा हुँदा पनि परराष्ट्रमन्त्रीले ‘नेपाल क्वायट डिप्लोमेसीमार्फत समाधानमा लागेको छ’ भन्नुबाहेक वर्तमान सरकारले केही गरेको देखिँदैन । एउटा स्वतन्त्र मुलुकको महŒवपूर्ण चरित्र गुमाउँदै छौँ हामी । कुनै पनि मुलुकको सम्प्रभुता त्यसको स्वतन्त्रता र भौगोलिक अखण्डतासँग जोडिएको हुन्छ । नेपालले आफ्नो महत्वपूर्ण भूभाग जसरी निर्णयको क्षमतासमेत गुमाएको देखिन्छ, आन्तरिक मामिलामा समेत । पूर्वप्रधानन्यायाधीशलगायत सबैजसो महत्वपूर्ण राजनीतिक दलका उच्च नेताहरू महत्वपूर्ण र गम्भीर राष्ट्रिय हितका विषयमा निर्णय लिनुअघि दिल्ली धाउन थालेका छन्, स्वास्थ्य परीक्षण, तीर्थयात्रा या सामाजिक भेटघाटको बहानामा । नेपालको सम्प्रभुता तीन ठूला दल र खासगरी तिनका वर्तमान शीर्ष नेताहरूको खेलको विषय बनेको छ । भौगोलिक अखण्डता अस्तव्यस्त हुँदा र सम्प्रभुतामाथि मुलुकले पकड गुमाउँदा नेपालले स्वतन्त्रता गुमाउन समय लाग्ला र ? सबै विवेकशील नेपालीको दिमागमा एउटा प्रश्न उब्जेको छ— के नेपाल सदाका लागि आफ्नो स्वतन्त्रता र सम्प्रभुता बचाउन सफल होला ? यो नीतिको यथार्थसँगै नेपालको आशाको संसार पनि त्यत्तिकै फराकिलो छ । आधुनिक युगमा सम्प्रभुता र स्वतन्त्रतासम्पन्न कुनै पनि मुलुकको पहिचान र अस्तित्वलाई उसका छिमेकी र अन्तर्राष्ट्रिय जगत्ले उसको आर्थिक हैसियत र सामाजिक विकासका सम्भावनाका आधारमा स्वीकारेका हुन्छन् । नेपालले उचित समयभित्रै सामाजिक र आर्थिक क्षेत्रमा प्रगति हासिल गर्ने प्रशस्त सम्भावना छ, यदि प्राकृतिक संशाधनको प्रयोग न्यायिक र उत्पादक हिसाबले गर्न सक्यो भने । त्यसका लागि नेपालले दूरदृष्टिसहितका नेताहरू जन्माउन सक्नुपर्छ, स्थापित राजनीतिक दलहरूभित्रबाट । उनीहरूले आपसी सहयोगका साथ काम गर्न सक्नुपर्छ, नेपाल र नेपालीका हितमा मात्र । नजिक र टाढाका अनि साना र ठूला मुलुकहरूको इतिहास हेर्दा एउटा कुरा राम्रोसँग बुझ्न सकिन्छ । दृढ र दूरदृष्टियुक्त नेताहरू भएका मुलुक मात्र विकासको यात्रामा सफल भएका छन् र उनीहरू मात्र वैधानिक शासन पद्धतिअन्तर्गत आफ्ना नागरिकलाई सबै खालका समृद्धि र सुरक्षाको अनुभूति दिलाउन सफल भएका छन् । संयुक्त राज्य अमेरिका र सिंगापुर यो सफलताका उदाहरण हुन् । प्रचुर प्राकृतिक संसाधनको धनी एउटा विशाल मुलुक र अर्को सानो मुलुक कुनै प्राकृतिक संसाधनबिना । एउटाले अब्राहम लिंकन र अर्कोले ली क्वान यु जस्ता नेता पाए । केही पनि नभएको मुलुकबाट सबैथोक हासिल गर्न सफल मुलुकका रूपमा इजरायललाई लिन सकिन्छ । एउटा मरुभूमिबाट हरित क्षेत्रमा रूपान्तरित हुन सक्यो इजरायल प्राविधिको प्रयोग, दूरदृष्टि र संकल्पयुक्त सामूहिक प्रयासबाट । पर्याप्त तेलको धनी इराक अहिले अपराध, द्वन्द्व र आतंकवादको भूमिमा परिणत भएको छ । तुलनात्मक रूपमा, नेपाल एउटा सानो मुलुक हो तर प्राकृतिक संसाधनका हिसाबले अरु ‘सेतो सुन’ को प्रचुरताले ऊ अत्यन्त धनी छ । अहिले र भविष्यमा जल संसाधनको उचित प्रयोग नेपालको भावी समृद्धिको चाबी हो । त्यो सुनिश्चित गर्न नेपालको वर्तमान पुस्ताले जल संसाधनको अत्यधिक प्रयोग या दुरूपयोग गर्नु हुँदैन । तिनीहरूलाई भावी पुस्ताका लागि केही नरहने गरी बन्धक पनि राख्नु हुँदैन । निर्जन मुलुकजसरी अर्थहीन या अप्राकृतिक मानिन्छ, त्यसरी नै मुलुक र जनताबीचको एकत्मकता अनि जल, माटो, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पन्नतासँगको अपनत्वले मुलुकलाई समृद्ध बनाउँछ । त्यो आधुनिक नेपाल बन्छ । सत्तामा रहेकाहरूले यथार्थमा आधारित नयाँ शैली र नीति निर्माण गर्न तयार रहनुपर्छ, भूमि र जलसंसाधनको अधिकतम उपयोग, संरक्षण र संवद्र्धनका लागि । करिब ५० वर्ष पहिले चीन यात्राका क्रममा मलाई एक ठाउँ लागियो, जहाँ अध्यक्ष माओको नेतृत्वमा चिनियाँ जनता एउटा नांगो पहाडमा एकएक मुठी माटो भर्न तल्लीन थिए, त्यसलाई उब्जाउ बनाउन । केही वर्षमा चीनले दोस्रो दर्जाको विकसित हैसियत हासिल गर्न सक्नुले त्यो अभियानको सार्थकता र त्यसपछाडिको दूरदृष्टि स्पष्ट पार्दछ । एउटा नांगो पहाड उर्वर हरित बगैंचा बन्न सक्छ भने पर्याप्त जल संसाधनयुक्त नेपाल स्वर्ग बनेका तेलखानीयुक्त मुलुकहरूभन्दा समृद्ध किन बन्न सक्दैन त ? सुक्खाबाट जर्जर जमिनको सिँचाइदेखि विद्युत् उत्पादनसम्मका लागि पर्याप्त जलसंसाधन छ हामीसँग । उचित तरिकाबाट जल संसाधनको प्रयोगबाट मात्र पनि नेपाल आफ्ना जनतालाई खुवाउन र अतिरिक्त उत्पादन आफ्ना छिमेकमा निर्यात गर्न सफल हुनेछ । त्यति मात्र होइन, औद्योगिक केन्द्रहरूको स्थापना र निर्यातका लागि पर्याप्त उत्पादनमा पनि मुलुक जान सक्छ । तेलभन्दा पानी दोब्बर बहुमूल्य हुनेछ, खासगरी जलवायु परिवर्तनबाट उत्पन्न खतरा र जैविक तेल (फसिल आयल) को प्रयोगबाट बढेको तथा बढ्ने प्रदूषणको कारण । अरू पदार्थजस्तै पानीलाई ‘लिलाम’ मा राख्न सकिन्न । समयको प्रवाहसँगै पानीको मूल्यमा अत्यन्त वृद्धि हुनेछ । प्रदूषणरहित जलविद्युत् ऊर्जाको बढ्दो माग त्यसको संकेत हो । अहिलेदेखि नै यसबारे गम्भीर चिन्तन हुन जरुरी छ । त्यसैले नेपालले कार्यान्वयनका चरणमा रहेका परियोजनाबाहेक अरू नयाँ परियोजनाबारे मितव्ययी या संयम अपनाउनु पर्दछ । कार्यान्वयनमा रहेकाहरूको निर्माण पूरा भइसकेपछि मात्र नयाँबारे सौच्नु बुद्धिमानी हुनेछ । राष्ट्रिय सम्पदाका रूपमा रहेको जल संसाधनलाई रद्दीको वस्तुको रूपमा हेर्नु हुँदैन । बरु, त्यसको प्रयोग, संरक्षण र संवद्र्धन सुनिश्चित गरिनुपर्छ भावी पुस्ताका लागि । यी संसाधनको उपयोग बृहत्तर राष्ट्रिय हित र समृद्धिका लागि हुनुपर्दछ । नेपाली नेताहरूमा सद्बुद्धि आओस् । (२०७२ भाद्र २७ आइतबार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित विष्टकाे लेख खबरडबली अनलाइनले साभार गरेको हो-सं)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies