Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कर्णालीमा पनि पाइन्छ सुगमको जस्तै स्वास्थ्य सेवा

\"\"जुम्ला । कर्णाली नपुगेका यो देशका धेरैलाई बेलाबेलामा सुनेको “दुर्गम कर्णाली” भन्ने शब्द समूहको काल्पनिक भूतले भयभित बनाउँछ । त्यही नामले उनीहरुको आङ् सिरिङ्ग हुन्छ । नवप्रवेशीलाई कर्णालीमा अशिक्षा, भोकमारी, गरिबी, कुपोषण र कष्टकर जिन्दगी छ भन्ने प्रभावले चिन्तित तुल्याउँछ । अझ त यहाँ जन्मनेहरुले खानै पाउँदैनन र बाँचेकाहरु ३६ वर्ष नपुग्दै मर्छन् भन्ने छाप अहिलेसम्म पनि जीवित पारिएको छ । जसरी कर्णालीको भूगोल, जीवनशैली र परिवेशलाई बुख्याँचा बनाइयो, सूचना–प्रविधि र विकासले पछिल्लो पाँच वर्षमै असत्य सावित गरिदिएको छ । अहिले कर्णाली आउनु परे बाध्यता र सजाय महसुस गर्ने जो कोही फर्कंदा भने प्रशंसा गरेर जान्छन् । अनौठो अनुभव बटुल्दै फर्कंदा उनीहरु भन्ने गर्छन्, “कर्णाली साँस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यावरणीय गन्तव्य हो, एकपटक यहाँ पुग्नै पर्दछ ।” सडक सञ्जाल जोडिएसँगै केही हदसम्ममाथि उठेको महसुस गरिएको यो क्षेत्रका नागरिकको जीवनशैली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थापना भएपश्चात् झनै उन्नति भएको पाइएको छ । प्रतिष्ठान स्थापनापछि मात्र यहाँका नागरिकहरुले बुझेका छन् कि हरेक देशको समृद्धि र विकासमा प्रभाव पार्ने प्रमुख मध्येको एक स्वास्थ्य क्षेत्र रहेछ भनेर । कर्णालीवासी भन्छन्, “स्वस्थकर जीवन नहुँदा न शिक्षामा दक्षता हासिल हुँदो रहेछ नत उत्पादनयोग्य श्रम गरेर समाज र देशलाई योगदान दिनसक्ने जनशक्ति तयार पार्न सकिदो रहेछ ।” स्वस्थ, सभ्य र दक्ष जनशक्ति उत्पादनमा सहयोग पु¥याउनुका साथै यस क्षेत्रका बासिन्दालाई स्वस्थ भएर बाँच्न पाउने अधिकार प्रतिष्ठानले दिलाएको छ । पाँच वर्ष अघिसम्म सुगमको उपचार सेवा लिन लाखौँ रकम खर्चगरी जीवन रित्याएर आउने कर्णालीका नागरिकहरुको पीडा अहिले पनि मानसपटलमा ताजै छ । यद्यपि सुगमले दिने त्यही स्वास्थ्य उपचार सेवा हाल दुर्गमका अस्पतालले उपलब्ध गराउँदा अल्पायुमै मर्नुपर्ने यहाँका नागरिकको बाध्यता हटेको छ । त्यतिमात्र होइन, प्रतिष्ठानको उत्पादित जनशक्तिले सुगममा पनि सेवा दिइरहेको छ । दुर्गम हिमाली क्षेत्रमा स्थापना भएको प्रतिष्ठानले भने कर्णाली र पिछडिएका क्षेत्र मात्र नभई हाल सिङ्गो ६ नं प्रदेशका जनतालाई सुगमकै स्वास्थ्य उपचार सेवा सरल तरिकाले प्रवाह गरिरहेको प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईंले जानकारी दिए । “साधारण उपचार सेवा मात्र होइन, विशेषज्ञ स्वास्थ्य सेवा दिन सबै विभागमा आधारभूत उपकरण छन् र वर्षेनी तिनको स्तरोन्नति पनि भइरहेको छ,” निर्देशक गोसाईंले भने । उनका अनुसार हाल प्रतिष्ठानमा हाडजोर्नी–२, स्त्रीरोग–२, सर्जन–३, इन्टरनल मेडिसिन–२, एनेस्थेसियोलोजिष्ट–४, जनरल फिजिसियन–२, जनस्वास्थ्य–१, सर्जरी–१ र रेडियोलोजिष्ट–१ गरी १८ जना विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending