Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

यी हुन् नेपालकै खेती किसानीमा धनीहरू

\"\"काठमाडौं । गुणचन्द्र विष्टले तीन अर्ब लगानीमा चितवनमा अत्याधुनिक ह्याचरी सञ्चालनमा ल्याएका छन् । २०४६ सालमा दुई हजार प्यारेन्टबाट सुरु भएको अविनाश ह्याचरीमा अहिले दुई लाख ब्रोइलर प्यारेन्ट र ६० हजार लेयर्स प्यारेन्ट छन् । ‘जनवरीदेखि दिनमा सवा लाख ब्रोइलर चल्ला र हप्ताको एक लाख लेयर्स चल्ला उत्पादन हुन्छ\', विष्ट भन्छन्, ‘दिनकै एक लाख ७० हजार अन्डा पनि उत्पादन हुन्छ।\' उनले ह्याचरी, पोल्ट्री र दाना उद्योगमा सात अर्ब रुपैयाँ लगानी गरिसकेका छन् । रूपन्देहीका शशी पौडेलको दैनिकी गाईको स्यहार सुसारमै बित्छ । तिलोत्तमा, टिकुलीगढमा उनको फार्ममा पाँच सय गाई छन्। करिब अढाइ सय गाई ब्याउनेछन्, डेढ सयभन्दा बढी गाईले दूध दिन्छन्। दैनिक १७ सय लिटर दूध बजार पुर्‍याउँछन्। आठ वर्षअघि सुरु भएको फार्ममा जर्सी र होल्स्टन गाई छन्, फार्म क्षेत्रफल २० विघामा फैलिएको छ । ‘२५ करोड खर्चेर सुरु गरेको फार्ममा लगानी अर्ब नाघिसकेको होला\', उनी सुनाउँछन्, ‘भौतिक संरचना र जग्गा थप्दै जाँदा लगानी पनि बढ्दै गएको हो ।\' सहुलियत ब्याजको ऋण उपलब्ध भए फार्ममा दोब्बर गाई पुर्‍याउने योजनामा छन् । एक दशकअघि अस्ट्रिच पालनमा लगानी गर्दा सीपी शर्मालाई पागलसम्म भनियो । सुरुमा अस्ट्रिचका १५ सय अन्डा ल्याए, नौ सय चल्ला निस्केकोमा बल्लतल्ल दुई सयमात्र बचाउन सफल भए। अर्को वर्ष हजार अन्डा ल्याएर आठ सय चल्ला बचाउन सके। यिनै हजार अस्ट्रिचले अन्डा कोरेल्छन्। रूपन्देहीका साथै दाङमा अस्ट्रिच फार्म विस्तार गरेका छन् । ३० करोडबाट सुरु गरेको फार्ममा लगानी अर्ब पुगेको छ । रूपन्देहीको गंगोलियामा २२ बिघा जग्गा शर्माले आफै किनेका हुन्। रूपन्देहीकै सूर्यपुरामा सय बिघा र दाङमा एक सय ६२ विघा जग्गा भाडा लिएर अस्ट्रिच पालिरहेका छन्। लुम्बिनी पुग्ने धेरैजसो पर्यटक अस्ट्रिचको फार्म हेर्न गंगोलिया पुग्छन् । अस्ट्रिचको मासुबाटै भारतबाट आइरहेको मासु प्रतिस्थापन गर्ने उनको योजना छ। बढी मासु खपत हुने चाडपर्वमा अस्ट्रिचको मासुले बजारको माग धानिरहेको छ । अस्ट्रिच फार्मकै लागि १२ सयभन्दा बढी बिघामा सात सय किसानले घाँस खेती गरिरहेका छन् । विष्टले ह्याचरी सुरु गर्दा ७५ प्रतिशत चल्ला भारतबाट आउँथ्यो । ह्याचरीमा विष्टका साथै अरुले पनि लगानी गर्दा मुलुक कुखुराको चल्ला, अन्डा र मासुमा आत्मनिर्भर भइसकेको छ। आत्मनिर्भर भइरहन वार्षिक १० देखि १५ अर्ब लगानी थपिनुपर्ने उनी बताउँछन् । अहिले देशभर पोल्ट्री र ह्याचरीमा लगानी खर्ब पुग्न थालिसकेको छ । ‘कृषिमा जबसम्म ठूलो लगानी आउँदैन, तबसम्म आत्मनिर्भर बन्न सकिदैन\', विष्ट थप्छन्, ‘ठूलो लगानीका लागि सरकारले नीतिमार्फत सहुलियत दिनुपर्छ ।\' कुखरामा आत्मनिर्भर बन्न सकिन्छ भने अरुमा पनि बन्न सकिने उनी बताउँछन्। कृषिका लागि धेरै जग्गामै ठूलो लगानी गर्नुपर्ने हुन्छ। सरकारले भाडामा जग्गा र सहुलियत ऋण उपलब्ध गराए ठूलो लगानी ओइरिने गाई फार्म सञ्चालक पौडेल बताउँछन् । ‘कृषिमा आत्मनिर्भर हुनुका लागि करोडमा होइन, अर्बौंमा लगानी हुनुपर्छ\', विष्ट थप्छन्, ‘यसका लागि ठूला व्यावसायिक घरानालाई आकर्षित नगरी हुन्न ।\' देशका ठूला व्यावसायिक घराना ट्रेडिङ र सेवा क्षेत्रमा बढी आकर्षित देखिन्छन् । कृषिमा उत्पादकत्व बढाउन आधुनिक प्रविधि भित्र्याउने ठूलो लगानीलाई प्राथमिकता दिनुपर्छ । सरकारले बर्सेनि कृषिमा नगद अनुदान उपलब्ध गराउँदै आइरहेको छ। तर, अनुदानको करिब ९० प्रतिशत रकम दुरुपयोग भइरहेको विष्टको आरोप छ। राज्यले कृषि विकासका लागि नगद अनुदान होइन, सहुलियत ब्याजको ऋण उपलब्ध गराउनुपर्ने व्यवसायी बताउँछन् । अटो व्यवसायमा जमिरहेको वैद्यज अर्गनाइजेसनको कृषि व्यवसायमा ठूलो लगानी छ । समूहले धनकुटा र इलाममा चिया, नुवाकोटमा कफी उत्पादन गरिरहेको छ । यस्तै, कुखुरा व्यवसायको राजधानी मानिने चितवनमा पोल्ट्री चलाइरहेको छ। ‘हामीले उत्पादन गरेको चिया निर्यात गरिरहेका छौं\', अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्य भन्छन् । सिन्धुलीका कृषकसँग मिलेर जुनार प्रशोधन उद्योग चलाइरहेका छन्। कृषिमा ठूलो सम्भावना भएको बताउँने वैद्य अझै लगानी थप्दै जाने योजनामा छन् । नेपालमा आधुनिक सपिङ कल्चर भित्र्याउने भाटभटेनीका मालिक मीनबहादुर गुरुङले पूर्वमा ह्याचरी सुरु गरिसकेका छन्। कृषिमा ठूलो लगानी गर्ने उनको योजना छ। केही वर्षभित्र कृषिमा ५० हजारलाई रोजगारी प्रदान गर्ने घोषणा गरिसकेका छन् । व्यावसायिक घराना सारडा ग्रुपका प्रबन्ध निर्देशक पवन सारडाले मोरङमा कृषि गर्न ३० बिघा जग्गा किनेका छन् । पाँच बिघामा भारतको हिमाञ्चल प्रदेशबाट रुखका विरुवा ल्याएर रोपेका छन् । ‘रुखले १२ वर्षमा प्रतिफल दिन्छ\', उनी सुनाउँछन, ‘बाँकी जग्गामा के खेती गर्ने भनेर अध्ययन गरिरहेको छु ।\' अर्का व्यवसायी श्याम राठीले पनि अर्गानिक खेती सुरु गरिसकेका छन् । जुनुसुकै व्यवसायमा लगानीकर्ताले प्रतिफल हेरेको हुन्छ। चर्को मोलमा जग्गा खरिद गरी कृषि व्यवसायबाट नाफा गाह्रो छ । अंशबण्डा र प्लटिङले जग्गा टुक्र्याइरहेको छ, टुक्रा जग्गामा व्यावसायिक कृषि सम्भव नरहेको वैद्य बताउँछन् । पछिल्ला वर्षमा ‘कन्ट्रयाक्ट फार्मिङ\' सुरु हुन थालेको छ। कन्ट्रयाक्ट फार्मिङ भनेको विभिन्न व्यक्तिको ससानो जग्गा लिएर ठूलो कृषि फार्म बनाउने र प्रतिफल बाँड्ने हो। पुरानो व्यावसायिक घराना गोल्छा समूहका राजकुमार गोल्छाले कन्ट्रयाक्ट फार्मिङ गरी ९० विघामा खेती सुरु गरेका छन् । गोल्छाले सुनसरीको सीतागन्जमा ५५ विघा र सोनापुरमा ४५ बिघा जमिन लिएर अन्न, तरकारी, फलफूल, उखु, सुपारी र कागती खेती विस्तार गर्दै जाने योजना छ। पहाडी भेगमा पनि जग्गा भाडामा लिएर खेती गर्ने गोल्छाको सोच छ । ज्योति समूहले बाराको परवानीपुरमा खेती गर्दै आएको छ। ‘कृषिमा १० करोड हाराहारीमा लगानी होला\', समूहका निर्देशक सौरभ ज्योती भन्छन्, ‘आधुनिक प्रविधिमार्फत तरकारी खेती गरिरहेका छौं।\' कृषिमा ठूलो लगानी गर्न चाहे पनि फोकस गर्न नसक्ता लगानी बढाउन नसकेको उनको भनाइ छ । स्याङ्जाको भीरकोट नगरपालिका खिलुङ देउरालीका स्थानीय सात जनाको लगानीमा अत्याधुनिक एग्रो फार्म सञ्चालनमा आएको छ। फार्मबाट दैनिक एक लाख ४३ हजार गोटा अन्डा उत्पादन भइरहेको छ। फार्ममा ३२ करोड लगानी पुगिसकेको छ। अन्डाबाट मात्रै फार्ममा दैनिक १५ लाख आम्दानी हुन्छ। जर्मनीको अत्याधुनिक प्रविधि ‘ब्याट्री केज\' प्रणालीबाट सञ्चालित फार्ममा दुई लाख लेयर्स कुखुरा अटाउने क्षमता छ। गोरखाका राजन पन्तले डेढसय गाई पालेका छन्। लालिगुराँस सहकारीले चितवनको खैरहनीमा चार सय ५८ गाई पालिरहेको छ। श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर १९ बिघा क्षेत्रफलमा फैलिएको छ । आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले पनि कृषिमा लगानी गरिरहेका छन्। भ्याली कोल्ड स्टोरले पोल्ट्री, ह्याचरी र दाना उद्योगमा अर्बौ लगानी गरिसक्यो। खासगरी विदेशबाट फर्किने युवा व्यावसायिक कृषिमा आकर्षित छन्। कुखुरा व्यवसाय बढ्दै गएपछि दाना उद्योगमा पनि लगानी बढ्दै गइरहेको छ। अविनाश समूहकै दानामा अर्ब लगानी रहेको विष्ट बताउँछन्। ‘दानामा ठूला लगानीकर्ता आएर नयाँ प्रविधि भित्र्याउन सके वर्षको १० अर्ब बाहिरिनबाट जोगिन्छ\', उनी थप्छन् । बजार अपार तथ्यांकले देशमा कृषि व्यवसायको ठूलो सम्भवना देखाउँछ। कृषिमा रहेको परनिर्भरता हटाउन कृषिमा ठूलो लगानी आवश्यक देखिन्छ। कुनै समय धान, चामल, मुसुरो र रहरको दाल, तोरीको तेल, बनस्पती घिउ भारतलगायत मुलुक निर्यात हुन्थ्यो। अहिले आयात नभएमा भोकै बस्नुपर्ने अवस्था छ। गत आर्थिक वर्ष २०७३/७४ मा भारतबाट २३ अर्ब ८८ करोडको चामल भित्रिएको छ । यसैगरी, गत वर्ष गहुँ पाँच अर्ब २१ करोडको भित्रिँदा मकै १० अर्ब ६३ करोड, कोदो/फापर ३४ करोड, तरकारी ११ अर्ब १२ करोड, गेडागुडी १० अर्ब ३७ करोड, जिउँदा जनावर दुई अर्ब २८ करोड, माछामासु एक अर्ब १७ करोड, दूध तथा दुधजन्य दुई अर्ब ४४ करोड, फलफूल आठ अर्ब ८८ करोड र खाने तेल तथा तेलजन्य कच्चा पदार्थ २२ अर्ब ३३ करोडको भित्रिएको छ । जति खाद्यान्न आयात भइरहेको छ त्यो बराबरको बजार सुरक्षित छ भन्ने बुझिन्छ । कृषिमा लगानी आकर्षित नहुनुमा विचौलियाको व्यवहार पनि कारण रहेको बताउँछन् अर्थविद् डा.विश्व पौडेल । ‘कृषकले आफ्नो उत्पादन सस्तो मूल्यमा बिक्री गर्नुपर्छ, उपभोक्तासम्म पुग्दा त्यसको मूल्य धेरै माथि पुगिसकेको हुन्छ\', उनी भन्छन्, ‘किसानले उचित मूल्य नपाउने नभएकाले पनि लगानी आकर्षित नभएको हो।\' नेपाल दूध, तरकारी, माछा-मासुमा पूर्ण आत्मनिर्भर बन्न सक्छ । ‘यसका लागि पाँच सय गाई/भैंसी पाल्ने फार्मको संख्या डेढ/दुई सय हुनुपर्छ, केही योगदान साना किसानको पनि हुन्छ\' रूपन्देहीका गाई फार्म सञ्चालक पौडेल भन्छन्, ‘अनिमात्र हामी दूधमा आत्मनिर्भर बन्न सक्छौं, यो क्षेत्रमा लगानी आकर्षित गर्न सहुलियत ऋण, बजारको ग्यारेन्टीलगायत सुविधा हुनुपर्छ ।\' देशको माटो र वातावरण अनुसार कृषिका पकेट क्षेत्र छनोट गर्नुपर्छ। राज्यले आवश्यक सुविधा उपलब्ध गराएर लगानी आकर्षत गर्न सक्छ। ‘कृषिमा लगानी आकर्षित गर्न सरकारी नीति नै बाधक बनिरहेको छ\', विष्ट भन्छन्, ‘सरकार लगानी आकर्षित गर्ने होइन, उल्टै भगाउन काम गरिरहेको छ ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE