काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नामक विशेष रणनीति लागू गरेको छ।
उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचाल समितिले तयार पारेको ‘निर्वाचन परिचालन निर्देशिका’ अनुसार पार्टीका नेता र पदाधिकारीहरू आफ्नो जिम्मेवारीको क्षेत्रबाट बाहिर जान पाउने छैनन्।
निर्देशिकामा उल्लेख छ कि जिल्ला सभापतिबाहेकका नेताहरू अब आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर खटिन नपाउने छन्। सहमहामन्त्री डा। डिला संग्रौला पन्तले जानकारी दिँदै भनिन्, “निर्देशिका अनुसार अब नेताहरू आफ्नो जिम्मेवारी रहेको क्षेत्रमा मात्रै खटिनेछन्। यसले आफ्नो क्षेत्रमा पार्टीको अवस्था सुदृढ बनाउन मद्दत पुर्याउँछ।”
निर्देशिका अनुसार कांग्रेसका विभिन्न तहका पदाधिकारी र सदस्यहरू २१ फागुनसम्म आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा खटिनेछन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेले भने, “आफ्नो क्षेत्रमा काम गर, अरूको क्षेत्रमा नजाऊँ भन्ने उद्देश्यका लागि यो रणनीति बनाइएको हो। यसले हल्ला र अन्य अवाञ्छित गतिविधि रोक्न मद्दत गर्छ। निर्वाचन परिचालन समितिको निर्देशिका अनुसार यो नीति लागू हुनेछ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १७:१६
काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...
चैत्र ९ गते, २०८२ - १६:५७
काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...
चैत्र ९ गते, २०८२ - १६:४३
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...
चैत्र ९ गते, २०८२ - १६:२९
काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...
चैत्र ९ गते, २०८२ - १६:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...
चैत्र ९ गते, २०८२ - १६:१०
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...
चैत्र ९ गते, २०८२ - १६:०६
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...
चैत्र ९ गते, २०८२ - १५:५७
काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...


प्रतिकृया लेख्नुहोस्: