काठमाडौँ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई पत्र लेखेर स्पष्टीकरण मागेको छ। आयोगले सोधेको विषय महानगरपालिकाले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई घर(घरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको कार्यक्रम हो।
निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपश्चात महानगरपालिकाको यो कार्यक्रम, आचारसंहिता उल्लंघन हुनसक्ने शङ्कामा आयोगले पत्रमार्फत स्पष्टिकरण मागेको हो। आयोगका अनुसार, कार्यबाहक नगर प्रमुखले दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री प्राप्त भएको छ।
निर्वाचन आचारसंहिता २०८२ को दफा ५, खण्ड (क), उपखण्ड (ग) अनुसार, वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत नभएको नयाँ कार्यक्रम सञ्चालन गर्न नहुने प्रावधान छ। तर, सरुवा रोगको महामारी वा अपरिहार्य परिस्थितिमा आयोगको स्वीकृति लिएर कार्यक्रम सञ्चालन गर्न पाइने व्यवस्था पनि छ।
अत: आयोगले महानगरपालिकालाई सोधेको छ कि, कार्यबाहक नगरप्रमुखले सुरु गरेको कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको कार्यक्रम हो वा होइन, र सोको सम्बन्धित कागजात आयोगमा पेश गर्न। आयोगले पत्रमा उल्लेख गरेको छ, “यदि उक्त कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको भए, प्रमाणित प्रति यो पत्र प्राप्त भएको दुई दिनभित्र आयोगमा पेश गर्नु हुन अनुरोध छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २१ गते, २०८२ - १५:४६
नवलपुर। प्रधानमन्त्री सुशीला कार्कीले अब निर्वाचन सर्ने सम्भावना अन्त्य भएको बताएको छिन् । सरकारको पूरा ध्यान फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेतर्फ ...
माघ २१ गते, २०८२ - १५:३४
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेल नहुने संभावना रहेको बताएका ...
माघ २१ गते, २०८२ - १५:२०
दमक। सोमबार बेलुका झापाको गौरादहमा बेहुली लिएर फर्कँदै गरेको जन्ती बोकेको ट्याक्टर अनियन्त्रित भई पुलबाट खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भन...
माघ २१ गते, २०८२ - १५:०५
वासिङ्टन। अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि मङ्गलबार मतदान गर्ने तयारी गरेको छ । सोमबार राति हाउस रुल्स कमिटीले सिनेटबा...
माघ २१ गते, २०८२ - १४:५१
काठमाडौँ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई पत्र लेखेर स्पष्टीकरण मागेको छ। आयोगले सोधेको विषय महानगरपालिकाले ७० वर्ष र सोभन्दा माथिका नागरिकल...
माघ २१ गते, २०८२ - १४:४५
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नामक विशेष रणनीति लागू ...
माघ २१ गते, २०८२ - १४:२९
हात्तीखोर। प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई आफ्नो अनुभव र सिकाइ नयाँ पुस्तामा बाँड्दै भाबी पुस्ताका लागि मार्गदर्शक बन्न आग्रह गरेको छिन् । ...
माघ २१ गते, २०८२ - १४:१५
काठमाडौं। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ। अहिले राजनीतिक दलहरू निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा व्यस्त छन् भने दलहरूले घोषणा पत्र...
माघ २१ गते, २०८२ - १३:१८
जुम्ला। जुम्लामा मतदानस्थल अनुगमन तिब्र पारिएको छ । जिल्ला निर्वाचन तथा सुरक्षा समितिको टोलीले जुम्लाका मतदानस्थल अनुगमन गरिएको जिल्ला प्रशासन कार्याल...
माघ २१ गते, २०८२ - १३:१०
लमजुङ। विभिन्न व्यक्तिले इजाजत लिएर राखेका ६९ थान हतियार प्रहरी प्रशासनलाई बुझाइएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ...



प्रतिकृया लेख्नुहोस्: