Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

टीकापुर घटनाका आरोपित उम्मेदवार

\"\"काठमाडाैं । दुई वर्षअघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । राज्यको नजरमा फरार रहेका व्यक्तिले उम्मेदवारी दर्ता गर्न गैरकानुनी भएको कानुन व्यवसायीको भनाइ छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले कानुनी रूपमा नै फरार अभियुक्तको उम्मेदवारी दर्ता गराएको बताएका छन् । अाजको नागरिकमा खबर छ-अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म अभियुक्तलाई पनि उम्मेदवार बन्न पाउने कानुनी प्रवाधान भएको उनको भनाइ छ । रेशमविरुद्ध कसैको पनि उजुरी भने परेको छैन । नेपाल बार एसोसिएसन कैलालीका पूर्वअध्यक्ष गंगाप्रसाद पाध्यायले राज्यको नजरमा फरार अभियुक्तले उम्मेदवारी दर्ता गर्न नपाइने बताए । ‘फरार अभियुक्तले वारेस नै राख्न पाइँदैन,’ उनले भने । अर्का अधिवक्ता गम्भीर ऐरले कानुनमा वारेस दिन अयोग्य व्यक्तिले वारेसनामा दिन नपाइने स्पष्ट उल्लेख भएको बताए । ‘अयोग्य व्यक्तिले गैरकानुनी रुपमा वारेसनामा दिएका व्यक्तिले उम्मेदवारी दर्ता गर्न पाइँदैन यो गैरकानुनी हो,’ उनले भने । मुख्य निर्वाचन अधिकृत अर्याल निर्वाचन लड्न पाउने भएपछि फरार व्यक्तिले वारेसनामा पनि राख्न पाइने बताएका छन् । टीकापुर घटनामा संलग्न भएको भन्दै रेशमविरुद्ध कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र हतियार डकैतीसम्बन्धी ३ वटा मुद्दा जिल्ला अदालत कैलालीमा परेको छ । त्यही मुद्दामा २५ जना २ वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् भने घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी २ वर्षदेखि फरार छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले फरार व्यक्तिले उम्मेदवारी दर्ता गर्ने कानुनबमोजिम भए–नभएको मुख्य निर्वाचन अधिकृतले हेर्ने विषय भएको बताएका छन् । ‘मुख्य निर्वाचन अधिकृतले हेर्ने भएकाले मैले यस विषयमा कुनै ध्यान दिएको छैन,’ उनले भने । यसैगरी टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका लक्ष्मण थारूले कैलाली निर्वाचन क्षेत्र ६ मा राजपाबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन् । उनले पनि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी स्थानीय जगन्नाथ चौधरीले दर्ता गरेका छन् । उनको उम्मेदवारी भने कानुनसम्मत भएको कानुन व्यवसायीले बताएका छन् । राज्यको नियन्त्रणमा रहेको र अदालतबाट अपराधी ठहर भइनसकेका व्यक्तिले कानुनी रुपमा उम्मेदवारी दर्ता गर्न पाउने अधिवक्ता ऐर बताउँछन् । तत्कालीन फोरम लोकतान्त्रिकका नेता थारु केही दिनअघि मात्र जेलबाटै राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका थिए । टीकापुरमा घटनाको मुख्य योजनाकार रहेको भन्दै थारुलार्ई पक्राउ गरिएको थियो । उनीमाथि दायर मुद्दा फैसला भएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE