Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

लमजुङमा ६९ नाल भरुवा बन्दुक बुझाइए

खबरडबली संवाददाता

लमजुङ। विभिन्न व्यक्तिले इजाजत लिएर राखेका ६९ थान हतियार प्रहरी प्रशासनलाई बुझाइएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लमजुङ प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको थियो । सो निर्देशनपछि ६९ थान हतियार प्राप्त भएको प्रहरीले जनाएको छ ।

हतियार राखेका व्यक्तिले आफूलाई पायक पर्ने नजिकको प्रहरी चौकीमा पुगेर हतियार बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार कुन्छामा ९ थान, भोटेओडारमा ७ थान, भोर्लेटारमा १३ थान, सुन्दरबजारमा ५ थान, चितिमा ४ थान हतियार प्राप्त भएको छ । यसैगरी तीनपिल्लेमा ८ थान, गौंडामा २ थान, जगतमा २ थान, भकुण्डेमा ५ थान, दुरडाँडामा १ थान र बेँसीसहरमा १४ थान हतियार बुझाइएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै जिल्ला सुरक्षा समितिले सम्वन्धित सबैलाई माघ ६ गते सूचना जारी गर्दै हतियार बुझाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार जिल्लामा एक हजार बढी हतियार भए पनि हालसम्म ६९ जनाले मात्र बुझाएको पाइएको हो ।

निर्वाचनलाई शान्तपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले माघ २० गतेभित्र हतियार बुझाउन आग्रह गरेको थियो । प्रशासनले जारी गरेको सूचनाअनुसार हतियार बुझाउने समय मङ्गलबारसम्म बाँकी रहेको छ । निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम प्रत्येक निर्वाचनका बेला जिल्लाका विभिन्न व्यक्तीसँग इजाजतसहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गर्दै आएको छ । केही समयका लागि हतियार प्रशासनलाई बुझाउन भने पनि निश्चित समयपछि फिर्ता गरिने प्रशासनले जनाएको छ ।

जिल्लामा इजाजत प्राप्त हतियार लिएका व्यक्तिहरूले जिल्ला प्रहरी कार्यलय वा नजिकको प्रहरी चौकीमा बुझाउन सक्ने प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । इजाजत प्राप्त व्यक्तिहरूले हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजाना अन्तर्गत कारबाही गर्ने प्रशासनले जनाएको छ । साथै, सम्बन्धित सबैलाई सूचनाको पालना गर्न आग्रह गरिएको छ । 

प्रशासनको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ मा जम्मा एक सय ४३ थान हतियार मात्र नवीकरण भएको छ । सो अबधिमा २१ थान हतियारको नामसारी भएको छ । अघिल्लो वर्ष २०८०–८१ मा करिब तीन सय हतियार मात्र नवीकरण भएका थिए ।

लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले हातहतियार नवीकरण नगरी सञ्चालन गर्नु अवैध हुने र यसले सुरक्षामा चुनौती थपिने बताए। जिल्ला प्रहरी कार्यालयका अनुसार, अवैध रूपमा घरघरमै लुकाइएका एक सय ९७ थान हतियार गत आर्थिक वर्षमा मात्र बरामद गरिएका छन् । तीमध्ये अधिकांश हतियार विगत पाँच वर्षदेखि नवीकरण नभएका र दर्ता विवरण नभेटिएका बरामद गरिएको थियो ।

विगतमा सामाजिक प्रतिष्ठा, आत्मरक्षा र सिकारका नाममा अनुमति दिइएका हतियार अहिले कहाँ छन् भन्ने सुनिश्चित जानकारी राज्यसँग छैन । सशस्त्र द्वन्द्वकालमा हराएका थुप्रै हतियारहरूको समेत अभिलेख छैन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending