हात्तीखोर। प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई आफ्नो अनुभव र सिकाइ नयाँ पुस्तामा बाँड्दै भाबी पुस्ताका लागि मार्गदर्शक बन्न आग्रह गरेको छिन् ।
राष्ट्रिय सेवा दल (एनसिसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई मङ्गलबार नवलपुरको हात्तीखोरमा सम्बोधन गर्दै उनले सो कुरा बताएको हो ।
प्रधानमन्त्री कार्कीले दीक्षित क्याडेटहरूलाई सम्बोधन गर्दै भने, “तपाईँहरूले यहाँ सिकेको अनुशासन, नेतृत्वकला र राष्ट्रप्रेमलाई केवल भावनामा मात्र सीमित नराखी व्यवहारमा उतार्नुहोस् । तपाईँहरूको आचरण र व्यवहारले नै उन्नत समाज र समृद्ध राष्ट्र निर्माणको आधार तय गर्ने छ ।”
अनुशासित युवा राष्ट्रको मेरुदण्ड
“अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्शलाई आत्मसात् गर्दै दीक्षित भएका युवाहरू नै राष्ट्रका मेरुदण्ड भएको प्रधानमन्त्रीको भनाइ थियो । उनले युवालाई विपद् र सङ्कटको घडीमा अग्रपङ्क्तिमा उभिएर समाजको भरोसा बन्न समेत निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “भूकम्प, बाढीपहिरो र आगलागीजस्ता विपदमा उद्धार र राहत कार्यमा स्वैच्छिक रूपमा सहभागी भई आफूलाई जिम्मेवार नागरिकका रूपमा प्रस्तुत गर्नुहोस् । कानुनको सम्मान र सार्वजनिक सम्पत्तिको संरक्षणमा तपाईहरूको भूमिका अग्रणी हुनुपर्छ ।”
९० हजार युवा दीक्षित, तालिम विस्तार गरिने
नेपाल सरकारले युवाहरूको चौतर्फी विकासलाई प्राथमिकतामा राखेको चर्चा गर्दै प्रधानमन्त्रीले राष्ट्रिय सेवा दलको तालिमलाई आगामी वर्षहरूमा अझ विस्तार गरिने जानकारी दिइन्। यस वर्ष देशभरका २५७ विद्यालयका ७ हजार ७१० जनाले तालिम प्राप्त गरेको र हालसम्म करिब ९० हजार युवा दीक्षित भइसकेको तथ्याङ्क उहाँले प्रस्तुत गरिन्।
कवाजको प्रशंसा
समारोहमा क्याडेट छात्रछात्राहरूले प्रदर्शन गरेको कलात्मक र उच्चस्तरको कवाजको प्रशंसा गर्दै प्रधानमन्त्रीले भनिन्, “आजको यो प्रदर्शनले तपाईँहरूको कडा परिश्रम र लगनशीलता झल्काएको छ । यसले हामीलाई सक्षम युवा नेतृत्वप्रति थप आशावादी बनाएको छ ।”
दीक्षान्त समारोहमा प्रधानसेनापति, पृतनापति, राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरूको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो । प्रधानमन्त्री कार्कीले तालिम सफल पार्न सहयोग गर्ने नेपाली सेना, स्थानीय सरकार र अभिभावकहरूलाई धन्यवादसमेत ज्ञापन गरिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १७:१६
काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...
चैत्र ९ गते, २०८२ - १६:५७
काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...
चैत्र ९ गते, २०८२ - १६:४३
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...
चैत्र ९ गते, २०८२ - १६:२९
काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...
चैत्र ९ गते, २०८२ - १६:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...
चैत्र ९ गते, २०८२ - १६:१०
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...
चैत्र ९ गते, २०८२ - १६:०६
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...
चैत्र ९ गते, २०८२ - १५:५७
काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...


प्रतिकृया लेख्नुहोस्: