Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

यी २३ नेता जो ०४८ सालदेखि निरन्तर चुनावी मैदानमाः कसले हारे कसले जिते ?

\"\"शेरबहादुर देउवा : पाँचपटक जित ०४८, ०५१ र ०५६ मा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । ०६४ को पहिलो संविधानसभामा डडेल्धुरा र कञ्चनपुर ४ बाट जिते । ०७० को संविधानसभा निर्वाचनमा डडेल्धुरा र कैलाली ६ बाट विजयी भए । यसपटक डडेल्धुराबाट उम्मेदवार छन् । ०४८ मा गृहमन्त्री बनेका उनी ०५२, ०५८, ०६१ पछि अहिले चौथोपटक प्रधानमन्त्री भएको अाजको नयाँ पत्रिकामा खबर छ । केपी ओली : चार जित, एक हार ०४८, ०५१, ०५६, ०७० मा झापाबाट विजयी । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पराजित । यसपटक फेरि झापा ५ बाट उम्मेदवार छन् । एमालेको नवाैँ महाधिवेशनबाट अध्यक्ष भए । परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै गत वर्ष प्रधानमन्त्री भए । झलनाथ खनाल : छैटौँपटक भिड्दै ०४८, ०५१, ०६४ र ०७० मा इलाम १ बाट विजयी । ०५६ मा कांग्रेसका बेनुप प्रसाईंसँग ७० मतले पराजित । यसपटक फेरि इलाम १ बाट उम्मेदवार छन् । एमालेको आठौँ महाधिवेशनबाट अध्यक्ष भएका खनाल ०६८ मा प्रधानमन्त्री भए । रामचन्द्र पौडेल : निरन्तर जित ०४८, ०५१, ०५६, ०६४ र ०७० को निर्वाचनमा तनहुँबाट विजयी । यसपटक तनहुँ १ बाट पुनः उम्मेदवार । उपप्रधानमन्त्री, सभामुख, पटकपटक मन्त्री र पार्टीमा उपसभापतिसम्म भए । वामदेव गौतम : दुईपटक पराजित ०४८ र ०५१ मा गौतम बर्दिया १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । एमाले फुटाएपछि मालेबाट उम्मेदवार बन्दा ०५६ मा पराजित भए । ०६४ को संविधानसभा निर्वाचनमा पनि पराजित हुनुप¥यो । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया १ र प्युठान १ बाट विजयी । यसपटक बर्दिया १ बाट उम्मेदवार छन् । पटकपटक उपप्रधानमन्त्री भए । विजय गच्छदार : हरेकपल्ट जित ०४८, ०५१, ०५६ मा कांग्रेसका तर्फबाट सुनसरी २ बाट सांसद बने । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सुनसरी २ र ५ बाट विजयी । ०७० मा फोरम लोकतान्त्रिकबाट सुनसरी २ मा निर्वाचन जिते । धेरै मन्त्री हुने थोरैमध्ये एक हुन् । महन्थ ठाकुर : हार जितको अनुभव ०४८, ०५१ र ०५६ मा कांग्रेसको तर्फबाट सर्लाही ५ बाट सांसद । ०६४ र ०७० को संविधानसभा निर्वाचनमा तमलोपाका तर्फबाट सर्लाही ६ का उम्मेदवार बनेका उनी पराजित भए । यसपटक महोत्तरी ३ बाट उम्मेदवार बनेका छन् । कांग्रेसमा छँदा पटकपटक मन्त्री भए । तराई–मधेसका ६ पार्टी एक भएपछि उनी राजपा अध्यक्षमण्डलका अध्यक्ष छन् । कृष्ण सिटौला : तीन जित, दुई हार ०४८ मा झापाबाट उम्मेदवार बने, एमालेका द्रोणाचार्य क्षेत्रीसँग पराजित भए । कार्यकाल नसकिँदै क्षेत्रीको निधनपछि ०५० मा भएको उपनिर्वाचनमा विजयी भए । ०५१ को निर्वाचनमा पराजित बने । ०५६ मा झापा १ बाट निर्वाचित भए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पराजित भए पनि ०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भए । यसपटक झापा ३ मा उम्मेदवार छन् । पशुपतिशमशेर राणा : छैटौँ प्रयास ०४८, ०५१ र ०५६ मा सिन्धुपाल्चोक २ बाट निर्वाचित । ०६४ र ०७० मा सोही क्षेत्रबाट पराजित भए । यसपटक फेरि कांग्रेससँगको तालमेलमा वाम गठबन्धनका शेरबहादुर तामाङसँग भिड्दै छन् । राणा अहिले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष छन् । राजेन्द्र महतो जित्दै हार्दै पार्टीमा अध्यक्षदेखि मन्त्रीसम्म सद्भावना पार्टीबाट ०४८ र ०५१ सर्लाही १ बाट पराजित । ०५६ र ०६४ मा विजयी भए । ०७० को संविधानसभामा पराजित । यसपटक धनुषा ३ मा उम्मेदवार । सद्भावना पार्टीको अध्यक्ष भएका महतो सरकारमा पटकपटक आपूर्तिसहित स्वास्थ्यमन्त्री भएका छन् । डा. रामशरण महत : सँधै निर्वाचित, पटकपटक अर्थमन्त्री ०४८, ०५१, ०५६ ०६४, ०७० सालमा नुवकोट २ विजयी । यसपटक १ बाटै पुनः उम्मेदवार । कांग्रेसले बनाएका प्रायः सरकारमा सँधै अर्थमन्त्री, पार्टीमा केन्द्रीय सदस्य र सहमहामन्त्रीसम्म । अर्जुनरसिंह केसी : तीन जित, दुई हार ०४८ र ०५१ सालमा नुवाकोट ३ बाट विजयी । ०५६ र ०६४ सालमा ३ बाटै पराजित, ०७० सालमा नुवाकोट १ बाट विजयी । यसपटक नुवाकोट १ बाटै उम्मेदवार । पटकपटक मन्त्री भएका केसी पार्टीमा सहमहामन्त्रीसम्म भए । १३औँ महाधिवेशनमा महमन्त्रीको उम्मेदवार बने पनि केसी डा. शशांक कोइरालासँग पराजित भए । बलबहादुर केसी : सँधै उम्मेदवार ०४८, ०५१, ०५६, ०७० सालमा सोलुखुम्बुबाट विजयी । ०६४ सालमा सोलुखुम्बुबाट माओवादीका गोपाल किरातीसँग पराजित । यसपटक पनि सोलुखुम्बुबाटै निर्वाचन लड्दै । पार्टीमा सँधै केन्द्रीय सदस्य हुँदै आएका केसी पटकपटक मन्त्री भएका छन् । रमेश रिजाल तीनपटक विजयी, दुईपटक पराजित ०४८, ०५१ र ०६५ सालमा पर्सा ४ बाट विजयी । ०५६ र ०७० सालमा पराजित । यसपटक फेरि पर्सा ४ बाटै उम्मेदवार । दीपकुमार उपाध्याय ०४८ र ०५१ सालमा कपिलवस्तु २ बाट निर्वाचित । ०६४ मा कपिलवस्तु १ बाट निर्वाचित । ०५६ र ०७० सालमा कपिलवस्तुबाटै पराजित । यसपटक फेरि कपिलवस्तु १ बाट उम्मेदवार । भारतका लागि राजदूत रहेकै बखत निर्वाचन लड्न राजीनामा । भीम रावल सँधै उम्मेदवार ०५१ र ०७० सालमा अछाम १ बाट विजयी । ०६४ सालमा समानुपातिक सांसद । ०४८ र ०५६ मा अछाम १ बाट पराजित । यसपटक अछाम १ बाट उम्मेदवार । पार्टी उपाध्यक्ष भएका रावल उपप्रधानमन्त्रीसम्म भए । राजेन्द्र पाण्डे : मुख्यमन्त्रीका आकांक्षी पाण्डे धादिङ ३ बाट ०४८, ०५१, ०५६ र ०७० मा एमालेबाट विजयी । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पराजित । यसपटक मुख्यमन्त्री बन्ने अभियानमा रहेका पाण्डे प्रदेश सभाका उम्मेदवार । पृथ्वीसुब्बा गुरुङ हारको शृंखला लमजुङ २ बाट ०४८, ०५१, ०५६ र ०७० सालमा पराजित । ०६४ सालको संविधानसभामा विजयी । यसपटक प्रतिनिधिसभा छाडेर प्रदेश सभामा उम्मेदवार । शरत्सिंह भण्डारी : सँधै उम्मेदवार, हारजित दुवै ०४८ सालमा महोत्तरी ३ बाट पराजित, ०५१ मा विजयी, ०५६ मा कांग्रेसबाट र ०६४ मा तत्कालीन मधेसी जनअअधिकार फोरमबाट विजयी । फोरमबाट रामसपा पार्टी गठन गरेका भण्डारी ०७० सालमा भएको संविधानसभामा भने पराजित । यसपटक राजपाबाट महोत्तरी २ मा उम्मेदवार । कांग्रेस हुँदै फोरम, रामसपा गठन गरेका भण्डारी पनि सरकारमा मन्त्री बन्दै आएका छन् । सर्वेन्द्रनाथ शुक्ल : दल बदल्दै हार्दै जित्दै ०४८ सालमा राप्रपाबाट निर्वाचन लडेका शुक्ल रुपन्देहीबाट पराजित भए । ०५१ सालमा विजयी । ०५६ सालको निर्वाचनमा पराजित । राप्रपा छोड्दै तमलोपामा पुगेपछि ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित । यसपटक राष्ट्रिय जनता पार्टीबाट रुपन्देही ४ मा उम्मेदवार । रामचन्द्र झा : जित हारसँगै पार्टी अदलबदल एमालेमा रहेका वेला रामचन्द्र झा ०४८ सालको निर्वाचनमा धनुषा २ बाट पराजित भए । ०५१ सालमा विजयी भए भने ०५६ सालमा फेरि पराजित भए । ०६४ को संविधानसभा निर्वाचनमा धनुषा १ बाट विजयी । एमालेबाट माओवादी प्रवेश गरेका उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने पराजित भए । एमालेबाट माआवादी, माओवादीबाट नयाँ शक्ति हुँदै पुनः माओवादी प्रवेश गरी धनुषा २ बाट उम्मेदवार । हृदयेश त्रिपाठी : चार जित एक हार, अब सूर्य चिह्न सद्भावना पार्टीमा छँदा त्रिपाठीले नवलपरासी १ बाट ०४८, ०५१, ०५६ निर्वाचन जिते । ०६४ सालमा तमलोपाबाट विजयी उनी ०७० को संविधानसभा निर्वाचनमा पराजित भए । यसपटक उनी नवलपरासी १ बाट एमालेको सूर्य चिह्न लिएर उम्मेदवार बनेका छन् । दीपक बोहोरा : लगातार चार हारपछि जित राप्रपा नेता बोहरा ०४८, ०५१, ०५६ र ०६४ सालमा रुपन्देही २ बाट पराजित । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भए । यसपटक रुपन्देही ३ बाट उम्मेदवार ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE