Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

जहाँ छोरा अन्माएर ज्वाईँ भित्र्याइन्छ

[caption id=\"attachment_161316\" align=\"alignleft\" width=\"750\"]\"\" झापा गाउँपालिका-१ की २० वर्षीया सुमी हेम्रुम र उनले घरज्वाइँ राखेका खयरबारी झापाका २५ वर्षीय लाल बेस्रा ।[/caption] काठमाडाैं । छोराका लागि बुहारी भित्र्याउने प्रचलन पूर्वीय संस्कृतिमा सामान्य हो । नेपालको पूर्वी तराईमा बसोवास गर्ने सन्थाल समुदायमा भने छोरीका लागि ज्वाइँ भित्र्याउने चलन छ । पाँच वर्षअघि झापा गाउँपालिका-१ की २० वर्षीया सुमी हेम्रुमसँग मागीविवाह गरेका खयरबारी झापाका २५ वर्षीय लाल बेस्रा ससुरालीमै घरजम गरेर बसेका छन् । अाजको अन्नपूर्णमा खबर छ-हेम्रुमसँग वैवाहिक सम्बन्ध गाँसेपछि बेस्राले आफ्नो थातथलो नै त्याग्नुपर्‍यो । बेस्रा दम्पती सन्थाल समुदायमा नौलो पात्र होइनन् । सन्थाल जातिमा घरज्वाइँ राख्ने परम्परा परापूर्वकालदेखिकै हो । ‘हामी छोरी अर्काको घरमा पठाउँदैनौं । ज्वाइँ ल्याएर घरजम गर्ने गर्छौं,’ झापा सरणामतीका ३० वर्षीय मुन्सी बासकीले भने । ‘अन्य जातिले छोरी अन्माएर कुटुम्बलाई दिइन्छ तर यो समुदायमा फरक प्रचलन छ,’ झापाका कांग्रेस नेता टंक विश्वकर्माले भने । पूर्वीनेपालमा सन्थाल समुदाय करिब ५ हजार संख्यामा छ । झापा सुरुंगा आसपास वन क्षेत्रमा बसोवास गर्ने यो समुदायका करिब ४० घरमध्ये अधिकांशमा घरज्वाइँ छन् । लाल बेस्राका आमा रानी वासकीले २६ वर्षअघि बुबा हणमा वासकीलाई विवाह गरी भित्र्याएकी थिइन् । सरणामती- ६ झापामा जन्मे÷हुर्केका हणमा हाल घरज्वाइँ भएर झापाको भाकोडुब्बामा बस्दै आएका छन् । सन्थाल समुदायको अन्य जातिको भन्दा छुट्टै विवाह संस्कार रहेको स्थानीय बताउँछन् । यो समुदायमा ज्वाइँ खोज्न रस्साकस्सी पर्छ । लाल बेस्रालाई घरज्वाइँ बनाएकी सुमीकी आमाले देवन मि श्रलाई बिहे गरी आफ्नो घर भित्र्याएकी थिइन् । रानी सामुदायिक वन क्षेत्रमा सन्थाल परिवारले टहरा बनाएर बस्दै आएका छन् । वन क्षेत्रमा पाँच वर्ष अघिसम्म ५/७ परिवार मात्र थिए तर ज्वाइँको संख्या बढ्दै जाँदा परिवार पनि फैलिएको र सामुदायिक वनमा अतिक्रमणसमेत बाक्लेको समूहका अध्यक्ष रामबहादुर कार्कीले बताए । उनले नजिकै नयाँ बस्ती निर्माण गरी व्यवस्थापन गरिएको बताए । आफ्नो थातथलो यकिन नभएका सन्थाल जातिको आफ्नै नाममा जग्गा जमिन छैन । खुला ऐलानी जग्गामा टहरा बनाई सुकुम्बासीका रूपमा बसोवास गर्दै आएका छन् । सन्थालहरू श्रमको खोजीमा सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल छिरेर बसोवास गर्दै आएका हुन् । हाल उनीहरूको संख्या बढ्दै गएको सेक्टर वन सुरुंगा झापाका सहायक वन अधिकृत ओमनाथ भट्टराईले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE