Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

काठमाडौं-४ मा गगन र राजनको टक्कर : सुरु भयो वाकयुद्ध

\"\"काठमाडौं । काठमाडौं ४ मा शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता गगनकुमार थापाले संसदमासँगै चार वर्षसम्म बसेको एक साथीले अर्को साथीका बिषयमा प्रश्न उठाउन नमिल्ने बताएका छन् । एमालेका नेता राजन भट्टराईप्रति लक्षित गर्दै सांसद बनेर बसेको व्यक्तिले विकास किन भएन भनेर प्रश्न गर्न उचित नहुने दाबी गरेका हुन् । ‘एमालेका एकजना साथी जो मेरो प्रतिस्पर्धी हुनुहुन्छ । उहाँ मसँगै चार वर्ष संसदमा बस्नुभयो । अहिले आएर गगनले यो गरेन, त्यो गरेन, उ गरेन भन्नु सुहाउँदैन । अाजको अन्नपूर्णमा खबर छ-यदि मैले गर्न नसकेको भए काठमाडौं क्षेत्र ४ मा भएको विकास कसले गर्‍यो ? त्यसको जवाफ दिनु पर्यो’ थापाले भने । थापाले जोडदारका साथ भने,‘मलाई मतदान गर्ने मतदाताहरू आरोप लगाएकै भरमा कसैको पछाडि लाग्ने व्यक्ति होइनन् । मेरो क्षेत्र मैले जति बुझेको छु। जति चिनेको छु बाहिर बस्ने व्यक्तिले चिन्दैन। गीत गाएर, मुठ्ठी कसेर विकास हुँदैन साथीहरू हो । विकास गर्न काम गर्नुपर्छ। हाउजिङमा घर बनाएर बस्ने सांसद म होइन। म यही बस्छु, स्थानीय बासीका साथ बस्छु ।’ नेता थापाले आफूलाई वामपन्थीहरूले भ्रष्टाचार गरेको भनेर लगाएको आरोपको कडा शब्दमा खण्डन गरे । आफूलाई कृषि गर्ने नाममा १४ करोड खायो, चार वटा घडेरी किन्यो लगायतका आरोप लगाएकोमा आपत्ति जनाउदै मैले आफनो सम्पत्ति जनताबीच राखेकै छु भन्ने दाबी थापाले गरे । आफ्ना प्रतिस्पर्धीलाई कमरेड भन्दै कांग्रेस उम्मेदवार गगनले भने, ‘यो क्षेत्र नम्बर ४ हो, यहाँका मतदातालाई न राजाले झुक्याउन सक्यो न माओवादीले। अरु ठाउँमा हल्लाको अर्थ रहला। मेरो ठाउँमा आएर नचाहिले हल्ला नगर्नु तपाईको स्वार्थको हितकर हुन्छ ।’ प्रदेशसभाका उम्मेदवारद्वय नरोत्तम वैद्य र साधुराम खड्कासहित थापाले चाबहिलबाट चुनावी अभियान थालेका हुन्। चार वर्षमा अन्य सांसदको तुलाना आफूले कार्यालय नै खडा गरेर काम गरेको भन्दै उनले फेहरिस्ता सुनाए । यद्यपि धेरै गर्न सकिन्थ्यो भन्दै जनतासँग क्षमा मादै भने, ‘अझ राम्रो गर्न सकेको भए मलाई जति आनन्द कसलाई लाग्थ्यो होला तर सबै मेरो बसमा छैन ।’ उनले आफू हाउजिङमा बसेर बेलाबेला घुम्म आउन सांसद नभएको भन्दै जनताको सुखदुःखप्रति जानकारी रहेको बताए । चुनावी प्रतिपर्धामा रहेका एमाले नेता भट्टराईलाई सालिन युवा भन्दै गगनले आफ्ना कुरा राख्न आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE