Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

मतदान केन्द्रको डिजाइन परिवर्तन, तीन मतपत्रका लागि अलग-अलग मतपेटिका

\"\"काठमाडाैं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ । आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा गोप्यस्थल र तीनवटै मतपेटिका राख्ने निर्णय लिएको छ । आगामी निर्वाचनमा मतदाताले तीनवटा मतपत्रबाट चार स्थानमा मतदान गरी तीनवटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने हुन्छ । आजको कान्तिपुरमा खबर छ-त्यस्तो अवस्थामा मतदाता नझुक्किऊन्, एउटा सभाको मतपत्र अर्को सभाको मतपेटिकामा नखसालुन् भनेर आयोगले विशेष ध्यान पुर्‍याउनुपर्नेछ। निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतदान प्रक्रियालाई मतदातामैत्री बनाउन मतदान केन्द्रको व्यवस्थापन परिमार्जन गरिएको बताए। यसअघि दुइटा मतपत्र र दुइटै मतपेटिकाबाट चुनाव गराउने तयारी भएकामा त्यहीअनुसार मतदान केन्द्रको डिजाइन गरिएको थियो। मतपत्र तीनवटा हुने भएपछि केन्द्रको डिजाइन पनि परिवर्तन गरिएको हो। ‘मतदातालाई सहज होस्, मत बदर नहोस् भनेर मतदाता शिक्षा र कर्मचारी तालिममा जोड दिनुका साथै मतदान केन्द्रको डिजाइन परिवर्तन गरिएको छ,’ उनले भने, ‘सम्पूर्ण तयारी गर्दा मतदातालाई ध्यानमा राखिएको छ।’ यस्तो छ मतदान प्रक्रिया मतदान केन्द्र प्रवेशसँगै मतदाताले पहिलो डेस्कमा मतदाता नामावली रुजु गराउनेछन्। मतदाताको नङमा मसी लगाउने काम त्यहीं हुनेछ। मतादाताले त्यही डेक्सबाट प्रत्यक्षतर्फ प्रदेशसभाको मतपत्र पाउनेछन्। पहिलो घेरा (गोप्य कक्ष) प्रवेश गरी स्वस्तिक चिह्न लगाएर नजिकैको प्रदेशसभाको मतपेटिकामा मत खसालिसकेपछि अर्को डेस्कबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र पाउनेछन्। त्यहाँ पनि फरक गोप्य कक्ष र फरक मतपेटिका प्रयोग हुनेछन्। तेस्रो डेस्कबाट मतदाताले समानुपातिकतर्फको मतपत्र पाउनेछन्। समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा माथि प्रतिनिधिसभा र तल प्रदेशसभाका लागि निर्वाचन चिह्न हुनेछन्। मतदाताले त्यहाँ दुवै सभाका लागि अलग–अलग स्वस्तिक चिह्न लगाउनुपर्ने हुन्छ। समानुपातिकका लागि पनि प्रदेश र प्रतिनिधिसभाका लागि अलग्गै गोप्य कक्ष र अलग्गै मतपेटिका हुनेछन्। तीन थरी मतपत्र तीन रंगका छन्। प्रत्यक्षतर्फ सेतो पानामा कालो रंगले चिह्न छापिएको प्रदेशसभाको, हरियो रंगले चिह्न छापिएको प्रदेशसभाको र रातो रंगले चिह्न छापिएको समानुपातिकतर्फका मतपत्र छन्। आयुक्त दाहालले मतदातालाई सजिलो होस् भनेर मतपत्रको रंगअनुसार तीनवटै मतपेटिकाको रंगसमेत मिलाइने बताए। ‘मतपेटिकालाई मतपत्रअनुसार तीनवटा छुट्टाछुट्टै रंगका कागजबाट बेरिनेछ,’ उनले भने, ‘हातमा जुन रंगको मतपत्र छ, त्यही रंगको मतपेटिकामा मतदाताले मत खसाल्न सजिलो हुनेछ।’ मतदान केन्द्र प्रवेश गरेपछि मतदाताले तीनवटा मतपत्र पाउने र तीनवटै मतपत्रमा मतदान गरी फरक–फरक मतपेटिकामा खसाल्ने अनि मात्रै बाहिर आउने गरी निकाससहितको घेराबेरा हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। कुनै मतदाताले कुनै सभाको मत नखसाले त्यसको छुट्टै रेकर्ड राख्ने व्यवस्थासमेत केन्द्रमै मिलाइएको छ। देशभर १९ हजार ९ सय ८ मतदान केन्द्र छन्। तीनवटा मतपत्रको व्यवस्थासँगै प्रत्येक केन्द्रमा एक जना थप कर्मचारी व्यवस्था गरिएको छ। एक हजार मतदाता भएका केन्द्रमा मतदान अधिकृतले एक जना थप कार्यालय सहयोगी पाउनेछन्। प्रायजसो मतदान केन्द्रमा एक हजारभित्रै मतदाता छन्। सबैभन्दा धेरै १ हजार ६४ सम्म मतदाता भएको मतदान केन्द्र छन्। मतदान केन्द्रमा मतपेटिका थपिएसँगै सुरक्षा संवेदनशीलतासमेत बढ्ने भएकाले त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाउन आयोगले सुरक्षा निकायलाई भनिसकेको छ। करिब २० हजार मतदान केन्द्रलाई ६० हजार मतपेटिका चाहिन्छ। भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न भएको र त्यसबेला ३० हजार मतपेटिका खरिदसमेत गरिएकाले यतिबेला आयोगसँग ८० हजार हाराहारी मतपेटिका छ। आयुक्त दाहालले मतपेटिकाको संख्यामा समस्या नरहेको तर साँघुरो स्थलमा रहेका मतदान केन्द्रमा तीनवटा मतपेटिकाको व्यवस्थापन मिलाउन केही चुनौती हुन सक्ने बताए। ‘तर, विकल्प छैन साँघुरो स्थलमा पनि जेनतेन तीनवटा मतपेटिका राख्नैपर्छ, समस्या आम मतदाताले बुझिदिनुपर्ने हुन्छ,’ उनले भने, ‘मतदानमा खटिएका कर्मचारीले समेत होसियारीसाथ जिम्मेवारी पूरा गर्नुपर्छ।’ उनले तीनवटा मतपत्र राख्ने निर्णय भएपछि त्यहीअनुसार कर्मचारीलाई प्रशिक्षण दिने, मतदाता शिक्षाका सामग्री तयार पार्ने काम भइरहेको बताए । मतदाता, राजनीतिक दल, कर्मचारी सबैले भर्खरै स्थानीय तहको निर्वाचनमा अनुभव पाएकाले त्यसले आगामी निर्वाचनमा थप सहज हुने उनको भनाइ छ । मंसिर १० गते हुने पहिलो र २१ गते हुने दोस्रो चरण दुवै निर्वाचनको मतगणना एकैसाथ सुरु हुने आयुक्त दाहालले बताए । उनले पहिलो चरणमा निर्वाचन सम्पन्न भएका निर्वाचन क्षेत्रका मतपेटिका जिल्ला सदरमुकाममा संकलन गरी मुख्य निर्वाचन अधिकृतको जिम्मामा राखिने र दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै दुवैको गणना थालिने जानकारी दिए । आयोगले कर्मचारीलाई मतदानदेखि मतगणनासम्म कसरी सहज बनाउनेबारे प्रशिक्षण दिइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE