Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

प्रचण्डलाई चितवनमा कति खतरा ? यस्तो छ मतको लेखाजोखा

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा निर्वाचनकालागि वाम गठवन्धनका तर्फबाट चितवन ३ मा उम्मेदवारी दर्ता गराएका छन् । प्रचण्डविरुद्ध वनमन्त्री समेत रहेका राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डे चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। पाण्डेलाई कांग्रेससहितको सर्मथनमा लोकतान्त्रिक गठबन्धनले प्रचण्ड विरुद्ध चुनावी मैदानमा उतारेको हो । प्रचण्डको चुनावी क्षेत्रमा पाण्डेसहित जनगणतान्त्रिक मोर्चाबाट टंकनाथ रेग्मी, संघीय समाजवादी फोरमबाट अजय ठाकुर हजाम, राष्ट्रिय जनमोर्चाबाट उमा देवी शर्मा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का कृष्णबहादुर तामाङ, नेकपा (माले)का डम्बर श्रेष्ठ, नेपाल दलित पार्टीका दिलबहादुर विश्वकर्मा, विवेकशील साझा पार्टीका शरदराज पाठक र नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल स्वतन्त्रबाट टंकप्रसाद बास्तोला, नन्दराज आचार्य, प्रवेश अधिकारी, भगवती प्रसाई, भरत बोहरा, विजयराज घिमिरे, सुनिल कुमार क्षेत्री र हरिप्रसाद दाहालले उम्मेदवारी दिएका छन् । प्रचण्ड पहिलो संविधानसभा निर्वाचनमा २ ठाउँबाट निर्वाचित भएका थिए । उनी २ पटक मुलुकको प्रधानमन्त्री भइसकेका छन् । दोस्रो संविधासभा निर्वाचनमा सिरहा र काठमाडौंबाट उम्मेदवारी दिएका प्रचण्डले काठमाडौंबाट भने कांग्रेसका उम्मेदवारसँग पराजय व्यहोरे । उनले यसपालि प्रतिनिधिसभा निर्वाचनकालागि चितवनबाट उम्मेदवारी एिका छन् । प्रचण्ड चितवनबाट पहिलो पटक चुनाव लड्दै छन् । प्रचण्डलाई यसपालि चितवनबाट चुनाव जित्न आफ्नै नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री समेत भएका उनै पाण्डेको दबाब रहने देखिन्छ । ठेकेदारको समेत परिचय बनाएका पाण्डे साविक चितवनको निर्वाचन क्षेत्र नम्बर ५ बाट विजयी भएका पूर्वसांसद हुन् । दुई पटक मन्त्री बनेका पाण्डेलाई कमल थापा नेतृत्वको राप्रपाको पनि सर्मथन मिलेको छ । माडी नगरपालिका र भरतपुर महानगरको जगतपुर, मेघौली, शुक्रनगर लगायतका क्षेत्रमा प्रभाव जमाएका पाण्डेले लोकप्रिय मतका आधारमा यसअघि एमाले उम्मेदवार दानबहादुर तामाङलाई पराजित गरेका थिए । यस्तो छ मतको लेखाजोखा स्थानीय निर्वाचनलाई आधार मान्दा भरतपुर महानगरका १९ वडामा माओवादी केन्द्रको १३ हजार ६ सय ३६ मत छ । त्यस्तै माडी नगरपालिकामा ३ हजार ८ सय ७२ मत रहेको छ । कुलमा १७ हजार ५ सय ८ मत माओवादीको एक्लो मत देखिन्छ । महानगरको १९ वडामा एमालेको २१ हजार १ सय ३० मत र माडी नगरपालिकामा ३ हजार ८ सय २६ मत जोड्दा २४ हजार ९ सय ५६ हुन्छ । एमाले–माओवादीको मतलाई जोड्दा वामगठवन्धनको ४२ हजार ४ सय ६४ मत हुन आउँछ । त्यस्तै भरतपुर महानगरका १९ वटा वडामा कांग्रेसको २३ हजार २ सय ३७ मत छ । माडी नगरपालिकामा कांग्रेसले ३ हजार ८ सय २९ ल्याएको मत छ । यो जोड्दा कांग्रेसको कुल मत २७ हजार ६६ हुन्छ । सो क्षेत्रमा राप्रपाको ८ हजार ३ सय ४३ मत छ । कांग्रस–राप्रपाको मत जोड्दा ३५ हजार ४ सय ९ मत हुँन आउछ । स्थानीय निर्वाचनको आँकडा हेर्दा वाम गठबन्धन अगडी छ । यसलाई आधार मान्दा माओवादी अध्यक्ष प्रचण्ड सुरक्षित देखिन्छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE