Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

खबरडबली संवाददाता

काठमाडौँ। दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ‘निर्वाचन परिचालन समिति’ मार्फत सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेतालाई खटाएको हो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले तोकेका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशभित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने छन् ।

उनका अनुसार कांग्रेसले कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापा जिल्लामा सहमहामन्त्री डा. डीला सङ्ग्रौलालाई खटाएको छ । कोशीमा सङ्ग्रौलासँगै निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बा छन्।

कोशीका सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा नेता अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजङ्ग रायमाझी खटिनुभएको छ । यस्तै सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिराहा र सप्तरीमा वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी खटिएको छन् ।

यसैगरी बागमती प्रदेशका धादिङ, रसुवा, नुवाकोट र काठमाडौँका लागि बहादुरसिंह लामाको नेतृत्वमा डा। केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा। अमिता प्रधानलाई जिम्मेवारी दिइएको छ । यस्तै काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याललाई खटाइएको छ । भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसी, दीलमान पाख्रिन, धना खतिवडा, मधुराप्रसाद घिमिरे र धर्मराज गौतम खटिएको छन् ।

गण्डकी प्रदेशको पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका लागि चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेल खटिएको छन् । यस्तै स्याङ्जा, कास्की, मनाङ र नवलपुरका लागि ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ र किरणराज शर्मा पौडेल खटिएका छन् । गोरखा, लमजुङ र तनहुँका लागि अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारी खटिएको छन् ।

लुम्बिनी प्रदेशको रूपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा। गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंहले जिम्मेवारी पाउँदा कपिलवस्तु, अर्घाखाँची, रुकुम पूर्व, प्युठान र रोल्पाका लागि कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मीकि, छन्दबहादुर पहराई र केशव आचार्य खटिनुभएको छ । दाङ, बाँके र बर्दियाका लागि चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रङ्गमती शाहीले निर्वाचनको जिम्मेवारी पाएको छन् । 

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्पाल र विद्यादेवी तिमिल्सिनालाई चुनावी कमान्डर बनाइएको छ भने कैलाली र डडेलधुराका लागि जगतप्रसाद जोशी, सुनिता राना, डा। रणबहादुर रावल र नृपबहादुर वड खटिएको छन् । डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्ट खटिएको कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...

कपिलवस्तुमा निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, १५ अर्ब बराबरको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...

काठमाडौं–दुबई रुटमा नेपाल वायुसेवा निगमका थप दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: