Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

यस्ता छन् माओवादी अध्यक्ष प्रचण्डका चुनवी प्रतिस्पर्धी

\"\"चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको चितवन क्षेत्र नं ३ मा आठजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दाहालसहित १० दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । कूल उम्मेदवारको सङ्ख्या अठार पुगेको छ । दाहाल वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुन भने लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे मुख्य प्रतिस्पर्धामा छन् । पाण्डे वर्तमान सरकारका वन तथा भूसंरक्षणमन्त्रीसमेत रहेका छन्। उनी दाहाल नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री थिए । सशस्त्र द्वन्द्वको समयमा माओवादी कार्यकर्ता रहेका टंकनाथ रेग्मी देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवार छन् । यसैगरी, संघीय समाजवादी फोरमबाट अजय ठाकुर हजाम, राष्ट्रिय जनमोर्चाबाट उमा देवी शर्मा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का कृष्णबहादुर तामाङ, नेकपा (माले)का डम्बर श्रेष्ठ, नेपाल दलित पार्टीका दिलबहादुर विश्वकर्मा, विवेकशील साझा पार्टीका शरदराज पाठक र नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले सो क्षेत्रमा उम्मेदवारी दर्ता गरेका छन् । सोही क्षेत्रमा स्वतन्त्रबाट टंकप्रसाद बास्तोला, नन्दराज आचार्य, प्रवेश अधिकारी, भगवती प्रसाई, भरत बोहरा, विजयराज घिमिरे, सुनिल कुमार क्षेत्री र हरिप्रसाद दाहालले उम्मेदवारी दिएका छन् । सो क्षेत्रको प्रदेशतर्फ ‘क’ र ‘ख’ मा आठ/आठ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १५ जनाले उम्मेदवारी दिएका छन् जसमध्ये १२ जना विभिन्न राजनीतिक दलका छन् भने तीनजना स्वतन्त्र उम्मेदवार हुन् । सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट शिक्षा राज्यमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका शेषनाथ अधिकारी र वाम गठबन्धनबाट नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले उम्मेदवारी दिउका छन् । सोही क्षेत्रको प्रदेश ‘क’मा नौ दलका उम्मेदवार र ‘ख’मा १० दल र एक स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्लाको क्षेत्र नं १ मा १५ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ जसमा स्वतन्त्र चार र ११ दलका उम्मेदवार छन् । सो क्षेत्रबाट वाम गठबन्धनबाट पूर्व अर्थमन्त्री तथा नेकपा ९एमाले० का नेता सुरेन्द्र पाण्डे र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता गरेका छन् । सोही क्षेत्रको प्रदेश ‘क’ मा १० दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् भने ‘ख’ मा पनि १० दलका उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चितवन जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE