Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

आयातीत र स्वार्थी व्यक्ति कुनै पार्टीमा टिक्दैनः राप्रपा

\"\"बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले केही व्यक्तिले पार्टी छाडेर जाँदैमा पार्टीलाई कुनै असर नपर्ने जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले केही व्यक्तिले गरेको हर्कतले पार्टी कति पनि विचलित नभएको जनाएको छ । आयातीत र स्वार्थी व्यक्ति कुनै पनि पार्टीमा धेरै दिन नटिक्ने भएकाले राप्रपालाई कुनै नोक्सान नभएको विज्ञप्तिमा जनाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुखमै संस्थापक नेताहरु र युवा नेताहरुले पार्टी परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेपछि राप्रपा बैतडीले कुचोले बढार्नुपर्ने फोहोर हावाले उडाएर लगेको टिप्पणी गरेको छ । पार्टीका पूर्वअध्यक्षलगायत एक दर्जन संस्थापक नेताले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको एक हप्तापछि बुधबार मात्रै राप्रपाका सुदूरपश्चिम सहसंयोजक पुष्करराज जोशी ‘लख्खाभाइ’ लगायतका कार्यकर्ताले राप्रपा त्यागेर वाम गठबन्धनमा प्रवेश गरेका थिए । त्यसको भोलिपल्टै बिहीबार राप्रपाले प्रेस विज्ञप्ति निकाल्दै आफ्नो पार्टी मुद्दाको हिसाबले बलियो रहेको र कट्टर राष्ट्रवादी नेताहरु पार्टीमा रहेकाले पार्टी कुनै हिसाबले पनि कमजोर नभएको दाबी गरेको छ । राप्रपाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेससंग गठबन्धन भएअनुसार लोकतान्त्रिक शक्तिलाई जिताउन अपिल गरेको छ । कांग्रेससंग तालमेल गरेपछि प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा राप्रपाले नेता गणेशबहादुर चन्दलाई उम्मेदवार बनाएको छ । ‘बैतडी जिल्लामा राष्ट्रवादी र स्वच्छ छवि भएको पार्टी राप्रपा मात्रै रहेकाले हिन्दू राष्ट्र जोगाउन लोकतान्त्रिक गठबन्धनलाई सघाउन अनुरोध गर्दछौँ’– जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ । बैतडीमा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँगे्रसका नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ भने प्रदेशसभाका लागि बैतडी ‘क’ मा नेपाली काँग्रेसका हरिमोहन भण्डारी र ‘ख’ मा राप्रपाका गणेशबहादुर चन्द चुनावी मैदानमा रहेका छन् । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन हुने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE