Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

बागी उम्मेदवारी हालेपछि संकटमा वाम गठबन्धन

\"\"उदयपुर । आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारहरु मनोनयन दर्ता गर्ने क्रममा बिहीबार जिल्ला निर्वाचन कार्यालय उदयपुरमा वाम गठबन्धनका उम्मेदवारहरु विरुद्ध गठबन्धनकै नेताहरुले बागी हालेपछि उदयपुरको वाम गठबन्धन संकटमा परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, उदयपुरका अनुसार वाम गठबन्धनविरुद्ध गठबन्धनकै सातजनाभन्दा बढी नेताहरुले बागी उम्मेदवारी हालेका छन् । उदयपुरको प्रतिनिधि सभाका लागि क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र)का तर्फबाट गठबन्धनबाट आधिकारिक टिकट पाएका प्रतिनिधि सभाका उम्मेदवार सुरेश किराँती विरुद्ध एमालेका वैकल्पिक केन्द्रीय सदस्य जगन्नाथ खतिवडा र माओवादी केन्द्र, उदयपुरका अध्यक्ष विनोद कटुवालले समेत बागी उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, क्षेत्र नं २ को ताप्ली सुनकोशी उदयपुरगढी प्रदेश क्षेत्रका लागि वाम गठबन्धनबाट आधिकारिक उम्मेदवार टिकट पाएका भेषकुमारी राउतविरुद्ध माओवादी केन्द्रकै जिल्ला नेता नारायण बुर्जा र एमालेका होमप्रसाद दाहालले बागी उम्मेदवारी हालेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । यता प्रदेशका लागि त्रियुगा नगर क्षेत्रबाट वाम गठबन्धनबाट आधिकारिक टिकट पाएका उम्मेदवार रामबहादुर थापाविरुद्ध माओवादी केन्द्रका जिल्ला नेता मीनबहादुर ठकुरी र जीवन कार्की समेत बागी उम्मेदवार बनेको वाम गठबन्धनका प्रवक्ता ईश्वरमणि राउतले बताए । जिल्लाको बेलका चौदण्डी क्षेत्रमा वाम गठबन्धनबाट आधिकारिक उम्मेदवार बनेका एमाले जिल्ला नेता बिमल कार्कीविरुद्ध एमालेकै जिल्ला नेता कुशलबाबु बस्नेतले बागी उम्मेदवारी हालेका छन् । नेपाली काँग्रेसमा भने बेलका चौदण्डी क्षेत्रको प्रदेशसभाको सदस्यका आधिकारिक उम्मेदवार बनेका पार्टी जिल्ला सभापति बिदुर बस्नेतविरुद्ध अर्का जिल्ला नेता प्रशान्त राईले बागी उम्मेदवार हालेको नेपाली काँग्रेस, उदयपुरले बताएको छ । उदयपुरमा वाम गठबन्धनको तालमेल भएअनुसार जिल्लामा प्रदेशको चार र केन्द्रको दुई सिटमा आधा–आधा बराबरी भाग लगाएर उम्मेदवार निर्धारण गरेको भए तापनि एकले अर्काविरुद्ध बागी हालेपछि वाम गठबन्धन संकटमा आएको स्वयं एमाले उदयपुरका अध्यक्ष ईश्वरमणि राउत र माओवादी केन्द्रका जिल्ला नेता राजन किराँतीले बताउनु भयो । बागी उम्मेदवारले आफुहरुले पार्टीबाट जस्तोसुकै सजाय भोग्न परेपनि नाम मनोनयन दर्ता फिर्ता नगर्ने धारणा एक बागी नेता जीवन कार्कीले बताए । बिहीबारको दिनभरिमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नगरे उदयपुरमा गठबन्धनको औचित्य समाप्त हुने र गठबन्धनका आधिकारिक उम्मेदवारहरु पराजय हुने समेत जिल्लाका पुराना वाम नेता ज्ञानबहादुर बस्नेतले बताए । उदयपुरमा बिहीबार बेलुकी सम्ममा प्रतिनिधि सभाका लागि २५ जनाको उम्मेदवार दर्ता भएको छ भने प्रदेश सभाका लागि ३९ जनाले नाम दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश र केन्द्र गरेर ६४ जना उम्मेदवारको नाम दर्ता भएको छ भने १६ राजनीतिक दलले सहभागिता जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE