Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

काँग्रेस बलियो भए मात्र लोकतन्त्र बलियोः अर्थमन्त्री कार्की

\"\"इनरुवा । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज बिहान कुराकानी गर्नुहुँदै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । मन्त्री कार्कीले लोकतन्त्रलाई समाप्त पार्नका लागि विभिन्न राजनीतिक दलहरु लागिपरेकाले अब सबै प्रजातान्त्रिक शक्ति मिलेर त्यसलाई परास्त गर्नका लागि एक ढिक्क भएर लाग्नुपर्नेमा जोड दिए । मन्त्री कार्कीले सबै प्रजातान्त्रिक शक्ति एक भएर लागे सुनसरीका प्रतिनिधि सभातर्फ चार सिट र प्रदेश सभातर्फ आठ सिट गरी जम्मा १२ सिटमा नेपाली काँग्रेसको जित निश्चित रहेको दाबी गरे। उनले काँग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै यसको रक्षा गर्नका लागि सबैले एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । मन्त्री कार्कीले वाम गठबन्धनले देशमा कम्युनिष्ट तानाशाह ल्याउन खोजेको समेत दाबी गरे । उनी प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्षमा उम्मेदवारी दिनका लागि सुनसरी आएका हुन् । फरक प्रसंगमा बोल्नुहुँदै मन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर ४ को विकासका लागि आफू अहोरात्र काम गर्ने बताएका छन् । उनले आफू भोजपुरबासी भएपनि अबको आफ्नो बाँकी राजनीतिक जीवन सुनसरीका लागि खर्च गर्नेसमेत उद्घोष गरे । सुनसरीको क्षेत्र नम्बर ४ विकासको हिसाबले निकै पछाडि रहेका कारण अब त्यहाँको विकास गर्ने जिम्मा आफ्नो काँधमा आएको बताए । मन्त्री कार्कीले उक्त क्षेत्रका समस्याको पहिचान आफूले गरिसकेका कारण त्यसको समाधानका लागि काम गर्ने समेत बताए । मन्त्री कार्कीले सो क्षेत्रमा रहेको सडक समस्या, सिँचाइ, बन्यजन्तु आरक्षलगायतको समस्याको पहिचान गरिसकेका कारण त्यसलाई समाधान गर्नका लागि आफूले मन्त्रालयबाट विशेष कार्यक्रम ल्याउनेसमेत दाबी गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE