Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

प्रदेशसभा चुनावमा मामा भान्जाको रोचक भिडन्त

\"\"सोलुखुम्बु । सोलुखुम्बुको प्रदेश सभा (क) निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुनेभएको छ । प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा (क) मा मामा—भान्जा प्रमुख दुई शक्तिबाट चुनावी मैदानमा उत्रेका छन् ।

नेकपा (एमाले)का नेता उत्तम बस्नेत वाम गठबन्धनका तर्फबाट प्रदेश सभा (क) का साझा उम्मेदवार छन् भने उनी नाताले मामा हुन भने नेपाली काँग्रेसबाट सोही पदमा प्रकाशसिंह कार्की (भान्जा) उम्मेदवार बनेका छन् । वाम शक्ति र काँग्रेसबीच कडा प्रतिष्पर्धा हुने यस क्षेत्रमा मामा भान्जाको उम्मेदवारीले चर्चा पाउन थालेको छ । “रगतको नाता भएपनि राजनीतिमा फरकफरक धु्रवमा अगाडि बढेपछि मैदानमा जे नतिजा आउँछ हामी सहर्ष स्वीकार गर्न तयार छौँ” नेपाली काग्रेसका उम्मेदवार भान्जा प्रकाशसिंह कार्कीले भने । उनले भने, “मैदानमा उत्रिएका छौँ, जे हुन्छ, नतिजा आएपछि थाहा हुन्छ, आएको परिणामलाई स्वीकार गर्नुपर्छ ।” यस्तै वाम गठबन्धनका तर्फका उम्मेदवार मामा उत्तमकुमार बस्नेतले भने, “मामा भान्जाको नाता घरभित्रको नाता हो, तर समाजसेवामा त्यो नातावाद लागू हँुदैन, हामी चुनावी मैदानमा छौँ, यसको निर्णायक जनता हुन् ।” स्थानीय तहको मत परिणामलाई हेर्दा  सोलुका चार गाउँपालिकामध्ये महाकुलुङ र दूधकौशिका प्रमुखमा माओवादी केन्द्रले जितेको छ भने सोताङ र नेचा सल्यान गाउँपालिका प्रमुखमा एमालेले जितेको छ । स्थानीय तहको मत परिणामलाई आधार मान्दा प्रदेश सभा ‘क’ मा काँग्रेस उम्मेदवार प्रकाशसिंह कार्कीभन्दा गठबन्धनका उम्मेदवार एमालेका उत्तमकुमार बस्नेत चार हजार ८२७ मतले अगाडि छन् । प्रदेश सभा ‘क’ मा महाकुलुङ, सोताङ, दूधकौशिका र नेचा सल्यान गाउँपालिका रहेको छ । जहाँ स्थानीय तहमा एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मत ११ हजार ३३ रहेको छ भने काँग्रेसको मत छ हजार २०६ रहेको छ । यहाँ काँग्रेस चार हजार ८२७ मतले पछि देखिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE