Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

लमजुङमा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धाः को कति मतले अगाडि ?

\"\"लमजुङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भएको हो ।

जिल्लामा वाम गठबन्धन नयाँ होइन । सम्पन्न स्थानीय तह निर्वाचनमा पनि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको हो । स्थानीय तह निर्वाचनको नतिजाअनुसार जिल्लाका आठ स्थानीय तहमध्ये प्रमुख पदमा नेपाली काँग्रेस २, एमाले ५ र माओवादी केन्द्रले एक पद जितेका छन् । यस्तै, उपप्रमुख पदमा काँग्रेसले तीन, एमालेले चार र माओवादी केन्द्रले एक पद जितेका छन् । जिल्लामा आठ स्थानीय तहमा ७५ वडा रहेका छन् । स्थानीय तहको निर्वाचन परिणामअनुसार ३४ वडामा नेपाली काँग्रेसले जितेको छ भने ३६ वडामा एमाले र एउटामात्रै वडामा माओवादी केन्द्रले जित हात पारेको छ । स्थानीय तहको मत परिणामअनुसार सबै स्थानीय तहबाट प्रमुखले पाएको मतलाई आधार मान्दा वाम गठबन्धन एक हजार २९६ मतले अघि देखिन्छ । स्थानीय तह निर्वाचनमा वाम गठबन्धनको ३३ हजार ६३३ मत आएको छ भने नेपाली काँग्रेसले ३२ हजार ३३७ मत प्राप्त गरेको छ । सोबाहेक प्रमुख पदमा अन्य दलको एकमुष्ठ तीन हजार ८६८ मत आएको थियो । स्थानीय तहको निर्वाचनमा सुन्दरबजार नगरपालिकामा काँग्रेसका बागी उम्मेदवार द्वारिका मिश्रले नै दुई हजार ७३० मत ल्याएका थिए । प्रतिनिधिसभा निर्वाचनमा सो मत काँग्रेसमा थपिएमा अन्य मतबाहेक नेपाली काँग्रेस वाम गठबन्धनभन्दा एक हजार ४३४ मतले अगाडि देखिन्छ । यसैगरी, पछिल्लो संविधानसभा निर्वाचन मत परिणामअनुसार पनि लमजुङको चुनावी प्रतिष्पर्धा कडा देखिन्छ । दोस्रो संविधानसभाको निर्वाचन मत परिणामअनुसार जिल्लामा काँग्रेसको जम्मा मत २५ हजार १७६ छ भने एमालेको मत २५ हजार ४०२ रहेको छ । सोही निर्वाचनमा तत्कालीन एनेकपा (माओवादी)ले ११ हजार ६५० मत ल्याएको थियो । करिब चार हजार मत ल्याएको राप्रपासहित अन्य दलको मत पाँच हजार ५०० को हाराहारीमा रहेको थियो । तत्कालीन राप्रपा हाल लोकतान्त्रिक गठबन्धनमा भएकाले चुनावी प्रतिष्पर्धा कडा देखिएको हो । जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि करिब १० हजार नयाँ मतदाता थपिएका छन् । सम्पन्न स्थानीय तह निर्वाचनमा एक लाख पाँच हजार ९९२ मतदाता रहेका थिए भने हाल नौ हजार ४५७ मतदाता थपिएर एक लाख १५ हजार ४४९ जना पुगेका छन् । जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं निवर्तमान राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती चुनावी मैदानमा छन् । यस्तै, वाम गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य देवप्रसाद गुरुङ चुनावी मैदानमा छन् । सोबाहेक जिल्लामा अन्य आठ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन् । अन्यदलले उम्मेदवारी दिएपनि मुख्य प्रतिष्पर्धा भने लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच नै हुने देखिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE