Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

धादिङमा उम्मेदवारका उस्ताउस्तै नारा

\"\"धादिङ । जिल्लामा मंसिर १० गते हुने निर्वाचनको प्रचारप्रसारमा विभिन्न राजनीतिक दल सक्रिय भएका छन् । पार्टीका आआफ्ना घोषणापत्र भए पनि जिल्लामा उम्मेदवार बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच मात्र बलियो प्रतिष्पर्र्धा हुने देखिएको छ भने अन्य दलका उम्मेदवारको चर्चा शुन्य छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले)का जिल्ला कार्यवाहक अध्यक्ष भूमि त्रिपाठीले चुनावी अभियान थालेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका विश्वप्रसाद अर्यालले प्रचार अभियान शुरु गर्ने बताए । प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १८ हजार १५० मतदाता छन् । यो क्षेत्र एमाले र माओवादी केन्द्रबीच नै प्रतिष्पर्धा हुने गरेको छ । यस क्षेत्रअन्तर्गत स्थानीय तहको निर्वाचनमा बेनीघाट रोराङ गाउँपालिकामा मात्र नेपाली काँग्रेसले उपाध्यक्ष पद हात पारेको थियो भने अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको थियो । धुनीबेँशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका र सिद्धलेक गाउँपालिकामा एमालेले विजय हासिल गरेको थियो । स्थानीय तहको निर्वाचनअनुसार यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले प्राप्त गरेको मतभन्दा वाम गठबन्धनले प्राप्त गरेको मत ३३ हजारले बढी छ । यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका एमालेका खेमप्रसाद लोहनी र लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका दिलमान पाख्रिन उम्मेदवार हेका छन् । पाख्रिन वर्तमान सरकारका कानून राज्यमन्त्रीसमेत हुन् । प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख १५ हजार ३५५ मतदाता छन् । सदरमुकामसमेत रहेको नीलकण्ठ नगरपालिका र छ वटा गाउँपालिका रहेको यस क्षेत्रमा स्थानीय तह निर्वाचनको मत परिणमलाई हेर्दा लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धनको मत ११ हजार बढी देखिन्छ । यसले गर्दा यस क्षेत्रमा चुनावी प्रतिष्पर्धा कडा हुने र आफूहरूले नै विजय हासिल गर्ने वाम गठबन्धनका उम्मेदवार लोहनी र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पाख्रिनले बताए । प्रदेशसभामा वाम गठबन्धनमा एमाले र माओवादी केन्द्रले दुई÷दुई क्षेत्र भागबण्डा गरेका छन् भने लोकतान्त्रिक गठबन्धनमा नेपाली काँग्रेसले ३ क्षेत्र लिएको छ भने एक क्षेत्र राप्रपालाई छाडेको छ । यसअघि प्रत्यक्ष निर्वाचनमा भाग लिँदै आएका राप्रपाका बुद्धिमान तामाङ यस पटक प्रत्यक्ष निर्वाचनमा सहभागी छैनन् । जिल्लामा एक लाख १५ हजार ७९६ महिला एक लाख १७ हजार ७०८ पुरुष गरी दुई लाख ३३ हजार ५०४ मतदाता छन् । जिल्लामा उम्मेदवार भएका नयाँ शक्ति पार्र्टीबाट नेपाली काँग्रेसलाई सहयोग गर्ने भन्ने निर्देशन आएको भए पनि क्षेत्र नं १ मा अझैसम्म राजु नेपालले आफ्नो उम्मेदवारी फिर्ता नलिइ निर्वाचन प्रचारमा लाग्नुभएको छ । यसैगरी क्षेत्र नं २ मा भने नयाँशक्तिले पनि काँग्रेसको उम्मेदवारलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले जिल्लाको एकै खालको विषयलाई आफ्नो नारा बनाएका छन् । पुनःनिर्माण र भूकम्प प्रभावितलाई सहयोग गर्ने, जलाशययुक्त बूढीगण्डकी परियोजना सञ्चालनमा छिटो मुआब्जा दिएर काम शुरु गराउने, जिल्लाभर सडक सञ्जाल बनाई जिल्लाका ठूला सडक निर्माणमा जोड दिने जमिनको वर्गीकरण गरी कृषि, वन, औद्योगिक, बजार क्षेत्र निर्धारण गर्ने काम प्राथमिकताका साथ अघि बढाउने, कृषि विकासका लागि व्यावसायिक क्षेत्र विकास गर्ने, उद्योगको व्यवस्थापन गर्ने, पर्यटन विकासमा जोड दिई उत्तरी र दक्षिणी धादिङलाई पर्यटकीय क्षेत्र बनाउने नारा लिएर चुनावमा होम्मिएको अग्रसर भएका उम्मेदवारले बताएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE