Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

प्रचण्डका ज्वाइँको टिकटले ‘खैलाबैला’

[caption id=\"attachment_160063\" align=\"alignleft\" width=\"750\"]\"\" प्रचण्डका ज्वाइँ जीवन आचार्य[/caption] काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ मोरङबाट प्रदेशसभाका लागि सिफारिसमा परेका छन् । उनको सिफारिससँगै मोरङ माओवादीको असन्तुष्टि छताछुल्ल भएको छ । मोरङ क्षेत्र नम्बर ६ को (क) बाट प्रचण्डका ज्वाइँ जीवन आचार्यलाई प्रदेशसभाका लागि टिकट सिफारिस गरिएको छ । अध्यक्ष दाहालले मोरङको ६ (क) बाट ज्वाइँ नै उम्मेदवार हुने संकेत अरु आकांक्षीहाई दिइसकेका छन् । अाजको नागरिकमा खबर छ-‘मोरङका ६ (क) बाट चाहना नराख्नु, यसपालि चुप लागेर बस्नुस्,’ आफ्नै पार्टीका आकांक्षीलाई दाहालले यसरी नै सम्झाउने गरेको स्रोतले बतायो । माओवादी केन्द्र मोरङका इन्चार्ज गोपी अछामीले प्रदेश सभाको ६ (क) बाट आचार्यले नै टिकट पाउने दाबी गरे । एमालेसँगको गठबन्धनपछि मोरङमा प्राप्त सिटमध्ये प्रदेशसभाका सबै उम्मेदवार माओवादी (केन्द्र) ले टुंगो लगाइसकेको अछामीले जानकारी दिए । ‘प्रदेशमा मोरङमा ६ वटा र केन्द्रका लागि ३ वटा सिट दिनुपर्ने हाम्रो अडान हो,’ अछामीले भने, ‘एमालेका साथीहरुले केन्द्रमा २ र प्रदेशमा ४ वटा भनिरहनुभएको छ, कुरा मिलिसकेको छैन ।’ मोरङ प्रदेश ६ (क) बाट एकल सिफारिस भएका आचार्यको राजनीतिक योगदान र संलग्नतामाथि प्रश्न उठाउँदै मोरङका माओवादी नेताकार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाका लागि त्यही क्षेत्र दाबी गरिरहेका माओवादी नेता अमन मोदीले आचार्यको सिफारिसविरुद्ध पार्टीमा असन्तुष्टि जाहेर गरेका छन् । मोदी दोस्रो संविधानसभामा समानुपातिकतर्फका सभासद् हुन् । प्रदेश ६ (क) बाट उम्मेदवारी दाबी गरिरहेका मोदीलाई माओवादी अध्यक्ष प्रचण्डले ‘यसपालि चुप लागेर बस्न’ आग्रह गरेको स्रोतको भनाइ छ । मोदीले भने आफूले टिकट पाउनुपर्ने दाबी गर्दै पार्टीप्रति असन्तुष्टि देखाइरहेका छन् । ‘आचार्यले टिकट पाएकोमा मेरो असन्तुष्टि होइन,’ मोदीले नागरिकसँग भने, ‘पार्टीले गरेको निर्णय हो, म मान्छु । तर मजस्तो मानिसले पनि टिकट पाउनुपर्छ भन्ने मेरो भनाइ हो । मैले केन्द्रका लागि टिकट दाबी गरेको छु, जहाँबाट दिए पनि लड्न तयार छु ।’ माओवादी केन्द्र मोरङका इन्चार्ज अछामीले आचार्य सबैको आग्रहपछि मात्र मोरङको प्रदेश ६ (क) बाट चुनाव लड्न राजी भएको बताए । ‘आचार्यको सिफारिसमा अमनजीले असन्तुष्टि देखाउनुभएको छ,’ अछामीले भने, ‘केन्द्रमा नभए प्रदेशमा दिनुपर्‍यो भने उहाँको भनाइ छ । सबै जनाले आग्रह गरेर जीवनजी आउनुभएको हो । अमनजीले विरोध गर्नु राम्रो होइन ।’ अछामीका अनुसार प्रदेशमा ६ वटा सिट पाए निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट उनी आफंै, निर्वाचन क्षेत्र नम्बर २ (क) बाट गणेश उप्रेती, निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट गीता तिमल्सिना, निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट विजय थारू, निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट देवानन्द यादव र निर्वाचन क्षेत्र नम्बर ६ (क) बाट जीवन आचार्यको मात्रै नाम सिफारिस गरिएको छ। मोरङ माओवादीबाट टिकटका लागि सिफारिसमा परेका आचार्यबाहेकका अधिकांश नेता पुराना हुन् । मोरङको निर्वाचन क्षेत्र नम्बर १ पाए माओवादीबाट कुशल लिम्बु, निर्वाचन क्षेत्र नम्बर ३ पाए सावित्रीकुमार काफ्ले, निर्वाचन क्षेत्र नम्बर ४ पाए विजय विश्वास थारू र निर्वाचन क्षेत्र नम्बर ५ पाए शिवकुमार मण्डल उम्मेदवार हुने अछामीले बताए । दाहालका ज्वाइँ आचार्यको सिफारिसविरुद्ध भने मोरङ माओवादीमा असन्तुष्टि चुलिएको छ । सामाजिक सञ्जालमा मोरङ माओवादीका नेताकार्यकर्ताले असन्तुष्टि पोखिरहेका छन् । माओवादी केन्द्रका सल्लाहकार विनोद घिमिरेले पार्टी राजनीतिमा कहिल्यै नलागेको र भूगोल बुझेको व्यक्तिलाई टिकट दिएर पार्टीले अन्याय गरेको बताए । ‘मोरङको राजनीतिमा आचार्यको कुनै भूमिका छैन । राजनीति हैसियत पनि छैन,’ घिमिरेले भने, ‘उनले टिकट पाएको भूगोलमा पनि उनको कुनै भूमिका छैन।’ मोरङ ६ (क) थारू बाहुल्य क्षेत्र भएकाले मोदीले नै टिकट पाउनुपर्ने घिमिरेको दाबी छ । ‘मोदीलाई टिकट नदिए म आचार्यको क्षेत्रमा बागी उम्मेदवार बन्छु,’ उनले भने, ‘पार्टीले गलतको विरोध गर्न सिकाएको छ, दाहालको ज्वाइँ हुँदैमा आचार्यसँग टिकट पाउने राजनीतिक हैसियत छैन।’ विराटनगर महानगरपालिका ४ का स्थायी बासिन्दा आचार्यसित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी कान्छी छोरी गंगा दाहालले दोस्रो विवाह गरेकी हुन् । दाहालकी कान्छी छोरीको पहिलो विवाह भारत सिलिगुडीका नारायण प्रधानसित भएको थियो । प्रधानसित सम्बन्धविच्छेद भएपछि चार वर्षअघि आचार्यसित उनले दोस्रो विवाह गरिन् । आचार्य कम्प्युटर व्यवसायी हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE