Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

दलितलाई प्रत्यक्ष निर्वाचनमै उम्मेदवार बनाउन आवश्यक

खबरडबली संवाददाता

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले दलित समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्तिलाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाएर समाजको नेतृत्वकर्ताका रूपमा स्थापित गर्नुपर्ने सुझाव द्एिको छन् । राष्ट्रिय दलित आयोगद्वारा आयोजित ‘दलहरूको चुनावी घोषणापत्रमा समावेश गरिनुपर्ने दलित समुदायका सवाल’ संवाद कार्यक्रममा नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले मिश्रित निर्वाचन प्रणालीले प्रतिनिधित्व बढाए पनि दलितलाई प्रत्यक्ष निर्वाचनमै उम्मेदवार बनाएर जिताउनुपर्ने बताइन् । 

लोकतान्त्रिक मूल्यमान्यतामा प्रतिबद्ध कांग्रेसले व्यवहारमा पनि क्रमश: रूपान्तरण गरेर जानुपर्ने अवस्था रहेको चर्चा गर्दै उनले भने, “तत्काल परिवर्तनको पहल आवश्यक छ भनेर नै हामीले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेका छौँ । अब देश बदल्नुपर्ने छ । समाज बदल्नुपर्ने छ। सबै खालका विभेद अन्त्य गर्न हामी प्रतिबद्ध छौँ ।” नेपाली कांग्रेसले विगतको तुलनामा प्रत्यक्षतर्फ पनि समावेशितालाई प्राथमिकता दिएको बताउँदै भुसालले भनिन्, “गत निर्वाचनमा दुई जना मात्रै महिला उम्मेदवार हुनुहुन्थ्यो, यस पटक हामीले ११ जना महिला उम्मेदवार खडा गरेका छौँ । गत निर्वाचनमा दलित उम्मेदवार नै थिएनन्, यस पटक एक जना दलित उम्मेदवार उभ्याएका छौँ ।”

नेकपा (एमाले) का केन्द्रीय सदस्य मनोहर विकले घोषणापत्र ल्याउनुभन्दा पनि कार्यान्वयन भयो कि भएन भन्ने कुरा महìवपूर्ण रहेको बताए। हरेक चुनावमा घोषणापत्र आउँछन् तर ती कार्यान्वयन नभएकाले दलित आन्दोलन कार्यान्वयनमा खबरदारी गर्नुपर्ने भनाइ उनको थियो । उनले एमालेले यस पटक दलित समुदायका दुई जनालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको बताए। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गणेश विश्वकर्माले आफ्नो पार्टीले ‘समाजवादको आधार स् दलित अधिकारका लागि विशेष अधिकार’ भन्ने शीर्षक नै राखेर घोषणापत्र तयार गरिरहेको जानकारी दिए। उनले दलित अधिकारलाई समाजवादको केन्द्रीय आधार बनाइनुपर्ने धारणा राखे। 

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सदस्य दुर्गा सोवले आफूहरूले दलित र महिला सहभागिता ४० प्रतिशत सुनिश्चित गरेको बताए। कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले प्रत्यक्ष निर्वाचनमा दलितको समानुपातिक उम्मेदवार नहुँदासम्म सही प्रतिनिधित्व हुन नसक्ने दाबी गरे।    

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...

कपिलवस्तुमा निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, १५ अर्ब बराबरको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...

काठमाडौं–दुबई रुटमा नेपाल वायुसेवा निगमका थप दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: