म्याग्दी। विश्वकै अग्लो स्थानमा रहेको भगवान विष्णुको मन्दिर मुक्तिनाथ धामको दर्शन गर्नका लागि भारतको नयाँदिल्लीबाट अब ३० घण्टामै पुगिने भएको छ ।
म्याग्दीको सदरमुकाम बेनीबाट सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली सेवा सुरु भए पछि मुक्तिनाथका लागि सहज भएको हो । बुधबारदेखि मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले हरेक दिन बिहान ६:४५ बजेदेखि बेनी कालिपुलबाट बस मार्फत सेवा दिनेछ ।
बेनी देखि छुटेको बस स्याङ्जा वालिङ, भैरहवा, अयोध्या, आग्रा हुँदै नयाँ दिल्लीसम्म पुग्ने छ ।नयाँदिल्ली देखि बेनी २७ घण्टा र बेनी देखि मुक्तिनाथ पुग्न ३ घण्टा लाग्ने भएकोले भारतीय पर्यटकहरूलाई दिल्लीदेखि मुक्तिनाथ पुग्न सहजता भएको हो ।
बेनी नगरपालिका–८, कालिपुल बसपार्कबाट बेनी नगरप्रमुख सुरत केसीले बस सेवाको शुभारम्भ गरेको छन् । बस सेवा शुभारम्भ गर्दै नगरप्रमुख केसीले जिल्लाको धार्मिक तथा पर्यटन क्षेत्रलाई समेत टेवा पुर्याउने विश्वास गरिएको धारणा राखेको थिए ।
म्याग्दीमा रहेका धार्मिक पर्यटकीय स्थलहरू गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ र दामोदर कुण्ड दर्शनका लागि आउने भारतीय हिन्दु पर्यटकलाई यस सेवाबाट सहज हुने भएकाले प्रचारप्रसारमा सघाउने प्रमुख केसीको भनाइ छ ।
बेनी नगरकी उपप्रमुख ज्योति लामिछाने, वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष राजेश शाक्य, धौलागिरी गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी लगायतको उपस्थिति रहेको थियो ।
म्याग्दीबाट सिधै भारत जाने पहिलो यात्रु मङ्गला गाउँपालिका वडा नं १ भर्जुलाका उमेश किसानलाई आगामी दिन यात्रा गर्नु पर्दा हरेक यात्रामा २० प्रतिशत छुट दिने यातायात कम्पनीले जनाएको छ ।
बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क पाँच हजार चार सय रुपैयाँ र नयाँ दिल्लीबाट तीन हजार दुई सय भारु भाडादर निर्धारण गरिएको सृष्टि यातायात प्र्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बेनी नगरपालिकाका प्रमुख केसीले म्याग्दी तथा मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न, भारतीय पर्यटकलाई समेत भित्राउन भारतमा गर्ने प्रचारप्रसारमा आफूहरूले पनि सहयोग गर्ने बताए।
बस सेवाका लागि भारतबाट बेनी आउनेलाई भारतको सरोजनी नगरबाट हरेक दिन साँझ ४ बजे छुट्ने छ । आधुनिक सुविधा रहेको बसमा यात्रा गर्ने क्रममा भारतका विभिन्न धार्मिक सहरको समेत अवलोकन गर्न सकिन्छ ।
छिमेकी जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरम बार्षिक एक लाखभन्दा बढी भारतीय दर्शनका लागि आउने गरेका छन् ।म्याग्दीबाट भारत जान यसअगाडी पोखराबाट बस सेवा प्रयोग गर्नुपर्ने बाध्यता थियो । म्याग्दीबाट २७ घन्टामा दिल्ली पुग्न सकिन्छ । बेनी–दिल्लीको दुरी १४ सय किलोमिटर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: