Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

गुल्मीमा केन्द्रीय नेताको रोचक प्रतिस्पर्धाः कसको कति मत ?

\"\"काठमाडाैं । प्रदेश नम्बर ५ को पहाडी जिल्ला गुल्मीबाट विभिन्न पार्टीका केन्द्रीय नेता निर्वाचन प्रतिस्पर्धामा छन् । एमालेका सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट, कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, माओवादीका युवा नेता चन्द्रबहादुर थापालगायतका नेता उम्मेदवार बन्ने सम्भावना छ । गत स्थानीय तहको मतलाई आधार मानेर हेर्दा वाम गठबन्धन बलियो देखिएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-जिल्लामा प्रतिनिधिसभाका लागि दुईवटा निर्वाचन क्षेत्र छन् भने प्रदेशस भाका लागि चार क्षेत्र छन् । निर्वाचन क्षेत्र नम्बर १ को (क)मा कालीगण्डकी, सत्यवती, चन्द्रकोट र रुरु गाउँपालिकाको वडा नम्बर २, ५ र ६ समावेश गरिएको छ । यस क्षेत्रमा वाम गठबन्धनको २० हजार चार सय ६३ मत छ । कांग्रेसको १४ हजार सात सय पाँच र अन्य दलको एक सय २३ मत रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १ को (ख) रुरु गाउँपालिका वडा नम्बर १, ३ र ४ सहित छत्रकोट, गुल्मी दरबार गाउँपालिका र रेसुंगा नगरपालिकाको वडा नम्बर ७ देखि १४ सम्म राखिएको छ । यस क्षेत्रमा वाम गठबन्धनले २२ हजार चार सय १६, कांग्रेसले १५ हजार एक सय ९४ र अन्य दलले एक सय ९५ मत ल्याएका छन् । उता क्षेत्र नम्बर २ को प्रदेश (क)मा रेसुंगा नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म, इश्मा गाउँपालिका र मुसिकोट नगरपालिका समावेश गरिएको छ । यहाँ वाम गठबन्धनले १५ हजार आठ सय ७७, कांग्रेसले १२ हजार १५ र अन्य दलले एक सय ६१ मत प्राप्त गरेका छन् । यस क्षेत्रको (ख)मा धुर्कोट, मदाने र मालिका गाउँपालिका छन् । गत स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले २० हजार आठ सय ९५ र कांग्रेसले ११ हजार तीन सय २३ मत पाए । जिल्लामा ०५१ सालदेखि नै वामपन्थी अगाडि छन् । ०५१ र ५६ सालमा गुल्मीका तीनवटै निर्वाचन क्षेत्र एमालेले जितेको थियो । ०६४ सालको निर्वाचनमा दुईवटा क्षेत्र माओवादी र एउटा क्षेत्र एमालेले जितेको थियो । ०७० सालमा कांग्रेसले दुई क्षेत्र र एमालेले एउटा क्षेत्रमा विजयी हासिल गरेका थिए । गुल्मीमा कुल एक लाख ९६ हजार तीन सय ४२ मतदाता छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार चार सय २५ र क्षेत्र नम्बर २ मा ९० हजार नौ सय १७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेशबहादुर खत्रीले बताए । गत स्थानीय तहको निर्वाचनमा एक लाख ८० हजार सात सय ७५ मतदाता थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE