Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

कांग्रेस शीर्ष नेताको निर्वाचन क्षेत्र टुंगियोः को-कहाँबाट लड्दै ?

\"\" काठमाडाैं । नेपाली कांग्रेसले दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि २२ नेताको निर्वाचन क्षेत्रको टुंगो लगाएको छ । संसदीय बोर्डको बिहीबार बसेको बैठकले सभापति शेरबहादुर देउवा डडेल्धुरा, नेता रामचन्द्र पौडेल तनहुँ १, महामन्त्री डा. शशांक कोइराला नवलपुर १, विजयकुमार गच्छदार सुनसरी ३ बाट निर्वाचन लड्ने भएका छन् । आजको नयाँ पत्रिकामा खबर छ-कांग्रेसले टुंग्याएका उम्मेदवारमध्ये गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की समानुपातिकबाट सांसद भएपछि यसपटक प्रत्यक्षमा निर्वाचन लड्न लागेका हुन् । यसअघि नरहरि आचार्यले जित्दै आएको काठमाडौं ५ मा कांग्रेसले डा. प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । आचार्य स्वास्थ्यका कारण निर्वाचन लड्न तयार नभएपछि कांग्रेसले महतलाई उम्मेदवार बनाएको हो । वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल सो क्षेत्रबाट निर्वाचन लड्दै छन् । नरहरिको ठाउँमा डा. प्रकाशशरण, गोपालमान, मीनेन्द्र र ज्ञानेन्द्र पनि यसपटक प्रत्यक्षमा चुनाव लड्दै – -शेरबहादुर देउवा डडेल्धुरा -रामचन्द्र पौडेल तनहुँ १ -डा. शशांक कोइराला नवलपुर १ -प्रकाशमान सिंह काठमाडौं १ -गोपालमान श्रेष्ठ स्याङ्जा २ -विमलेन्द्र निधि धनुषा ३ -विजयकुमार गच्छदार सुनसरी ३ -डा. शेखर कोइराला मोरङ ६ -पूर्णबहादुर खड्का सुर्खेत १ -महेश आचार्य मोरङ ४ -गगन थापा काठमाडौं ४ -ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ -नवीन्द्रराज जोशी काठमाडौं ८ -डा. नारायण खड्का उदयपुर २ -डा. मीनेन्द्र रिजाल मोरङ २ -डा. प्रकाशशरण महत काठमाडौं ५ -फरमुल्लाह मन्सुर बारा ३ -एनपी साउद कञ्चनपुर २ -रमेश रिजाल पर्सा ४ -अर्जुनप्रसाद जोशी पर्वत -रमेश लेखक कञ्चनपुर ३ -नारायण कार्की उदयपुर २ तनहुँमा सकस तनहुँ १ बाट उम्मेदवारका लागि सिफारिस हुन नेता गोविन्दराज जोशीले पार्टी नेतृत्वलाई दबाब दिए पनि उनी सिफारिस हुन सकेनन् । पौडेल सिफारिस हुँदा अब क्षेत्र नम्बर २ बाट को उम्मेदवार बन्छ भन्ने विषयप्रति चासो बढेको छ । २ बाट युवा नेता प्रदीप पौडेल, ध्रुव वाग्लेसहितका नेता सिफारिस भएका छन् । कांग्रेसलाई अब जोशी, पौडेल, वाग्लेसहितका नेतालाई कसरी मिलाउने भन्ने सकस परेको छ । जोशीले आफू सिफारिस भएको १ बाट पौडेल उम्मेदवार बने उनको जमानत जफत हुने चेतावनी दिएका छन् । झापा ३ मा सिटौला नै ल्याउन दबाब कांग्रेस संसदीय समितिमै नेता कृष्णप्रसाद सिटौलालाई प्रत्यक्ष निर्वाचनमा उठाउनुपर्ने दबाब परेको छ । आफूलाई समानुपातिक सूचीमा राखिएपछि उनी असन्तुष्ट छन् । संसदीय समिति बैठकमा उनले आफू निर्वाचन लड्ने बताएका थिए । चुनावी तालमेलमा झापा ३ मा कांग्रेसले राप्रपाका राजेन्द्र लिङदेनलाई छाड्ने सहमति भएको छ । ‘सिटौलाले निर्वाचन नै लड्ने बताउँदै आउनुभएको छ । बोर्डमा पनि उहाँको कुरा त्यही छ,’ संसदीय समितिका सदस्य अर्जुननरसिंह केसीले भने, ‘राप्रपासँगको तालमेलमा झापामा सिटौलाजीले छाड्ने विषय आएको हो, अब झापाका विषयमा शुक्रबारबाट छलफल गरी टुंगोमा पुग्छौँ ।’ बाँकी क्षेत्रको छिटै कांग्रेसले शीर्ष नेताको क्षेत्र टुंगो लगाएपछि बाँकीमा शुक्रबारदेखि छलफल सुरु गर्ने भएको छ । ‘हामीले शीर्ष नेताको उम्मेदवार टुंगो लगायौँ,’ संसदीय समितिका सदस्य केसीले भने, ‘तालमेलको पनि कुरा मिलेपछि अब दुई–तीन दिनभित्रै सबै उम्मेदवार टुंग्याउँछौँ ।’ न्यूनतम तालमेल हुने, अधिकतम पकडअनुसार लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूको पकडअनुसार मात्र तालमेल हुने भएको छ । एमाले र माओवादीले जस्तो पहिले नै संख्या तोकेर कांग्रेस नेतृत्वको गठबन्धनमा चुनावी तालमेल हुनेछैन । ‘चुनावी तालमेल गर्नेमा राजपा, संघीय समाजवादी, दुई राप्रपासँग सैद्धान्तिक सहमति भइसकेको छ । तर, कति सिटमा गर्ने भन्ने टुंगो पहिले नै लगाएका छैनौँ,’ कार्यदल सदस्य एवं कांग्रेस नेता पूर्णबहादुर खड्काले नयाँ पत्रिकासँग भने, ‘कुन दलले कति सिट लिने भन्ने निर्वाचन क्षेत्रमा दलहरूको वर्चस्वअनुसार मात्र हुन्छ ।’ बिहीबारको कार्यदल बैठकमा पनि आ–आफ्नो दलको निर्वाचन क्षेत्रमा कस्तो पकड छ भन्ने विषयमा आन्तरिक छलफल गर्ने सहमति भएको छ । ‘हामी संख्यामा प्रवेश गरेकै छैनौँ, तर एक–दुई दिन आ–आफ्ना दलभित्र छलफल गर्ने, कुन दलको कुन क्षेत्रमा राम्रो मत छ, प्रभाव यस विषयमा छलफलपछि हामी संयुक्त रूपमा बस्छौँ,’ उनले भने । राजपा र संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ का ३२ मध्ये २४ सिटमा दाबी गरेपछि कांग्रेसले दलको पकडअनुसार तालमेल गरेर जाने विषयलाई प्राथमिकता दिएको हो । पहिले नै संख्या तोक्दा कांग्रेसले आफूले १८ तह लिने र राजपा–समाजवादी फोरमलाई १४ सिट दिन सकिनेसम्म लचक भए पनि उनीहरूले आफूहरू १८ सम्म झर्न सक्ने र उल्टै कांग्रेसलाई १४ लिन भनेपछि संख्यात्मक भागबन्डामा कुरा नमिलेको हो । ‘हाम्रो दाबी पहिले ३२ मध्ये २४ मा थियो, तालमेल गर्दा १८ लिने र १४ सिट छोड्ने अवस्थासम्म छौँ,’ राजपा नेता केशव झाले भने, ‘तर, कांग्रेसले १८ सिट आफूसँग राख्ने र हामीलाई १४ सम्म दिने भनेपछि संख्यामा कुरा मिलिरहेको छैन ।’ तालमेलमा शीर्ष नेतालाई छाड्न कांग्रेस तयार गठबन्धनका लागि नेतृत्व गरिरहेको कांग्रेसले राजपा, फोरम र राप्रपाका शीर्ष नेताहरूलाई उनीहरूको पकड रहेको क्षेत्रमा प्रत्यक्षमै सिट छाड्ने भएको छ । कार्यदलको बैठकमा पनि शीर्ष नेतालाई छाड्न कांग्रेसले तयार रहेको वचन दिएको थियो । ‘दलको प्रभावअनुसार हामीसँग तालमेल गर्ने दलका शीर्ष नेतालाई हामी उनीहरूको प्रभावअनुसार सिट छाड्न तयार छौँ,’ खड्काले भने, ‘तर, यसका लागि दलहरूको उपस्थिति कस्तो छ त्यो पनि हेरौँ, समीक्षा गरौँ भन्ने छ ।’ दुवै राप्रपाका दुईदेखि तीन नेतालाई पनि उनीहरूको पकड रहेको क्षेत्रमा कांग्रेसले सिट छाड्ने कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए । फोरम उपमहासचिव अभिषेकप्रताप साह कांग्रेस प्रवेश संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेकप्रताप साह कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले साहलाई बिहीबार कांग्रेस प्रवेश गराएका हुन् । साह गत संविधानसभा निर्वाचनमा कपिलवस्तु ५ बाट निर्वाचित भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE