Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

वामपन्थीको पत्रकार सम्मेलनः कुरा एउटा अाशय अर्कै

\"\"काठमाडौं । मतपत्र सम्बन्धमा सर्वोच्च अदालतको आदेशले ‘चिसो’ पसेको भन्दै वाम गठबन्धनका सहयात्री एमाले र माओवादी केन्द्रले कुनै बहानामा पनि चुनाव सार्न वा तलमाथि नगर्न खबरदारी गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलग-अलग मतपत्र बाध्यकारी भएको भन्दै निर्वाचन आयोगसँग बुधबार प्रगति विवरण मागेपछि एमाले र माओवादी केन्द्रले निर्वाचनप्रति आशंका व्यक्त गरेका हुन् । राजपा महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले अदालतको मानहानीमा हालेको मुद्दामा ‘अर्कै आदेश आएको’ भन्दै एमाले र माओवादी केन्द्रका शीर्ष नेताले पत्रकार सम्मेलन गरी असन्तुष्टि जनाएका हुन् । अाजको अन्नपूर्णमा खबर छ-उनीहरूले निवेदकको मागभन्दा बढ्ता फैसला आएको भन्दै असन्तुष्टि पनि जनाएका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने र जनतामा अन्योल र संशय उत्पन्न हुने कुनै पनि किसिमको काम÷कुरा नगर्न खबरदारी गरेका छन् ।उम्मेदवार मनोयनन भइसकेपछि संवैधानिक, राजनीतिक र व्यावहारिक दृष्टिकोणले पनि चुनाव सर्न सक्दैन । ‘नेपालको सार्वभौमसत्ता नेपाली जनतामा रहेको र निर्वाचनमा प्रतिकूल प्रभाव र असर पार्ने कुनै पनि प्रकारका काम÷कुरा नेपाली जनतालाई सह्य नहुनेतर्फ सबैलाई सचेत तुल्याउन चाहन्छौं’, केपी ओली र प्रचण्डद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ । राजनीतिक दल, सरकार र निर्वाचन आयोगको छलफलपछि तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिरमा तोकिएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘मंसिरमा हुने निर्वाचनलाई कुनै पनि निहुँमा सार्ने, टार्ने वा बिथोल्ने काम कुरा लोकतान्त्रिक अभ्यासविरुद्ध तथा नेपाल र नेपाली जनताको हितविपरीत हुन जान्छ ।’ उम्मेदवार मनोनयनका कारण संसद् स्वतः भंग भएको हो । निर्वाचन तोकिएकै मितिमा सम्पन्न नभए संसद् पुनःस्थापना हुन्छ । सर्वोच्चको आदेशपछि बिहीबार बिहान प्रचण्ड निवासमा छलफलपछि दुई दलको पत्रकार सम्मेलन गरिएको थियो । ‘कुनै पनि दृष्टिले निर्वाचन सार्न मिल्दैन, सर्दैन, पनि’, ओलीले पत्रकार सम्मेलनमा भने, ‘उम्मेदवारको मनोनयन भइसकेपछि संवैधानिक, राजनीतिक, व्यावहारिक दृष्टिले पनि चुनाव सर्न सक्दैन । हामीले सम्बन्धित पक्षलाई सचेत गराउन खोजेका हैाँ ।’ अदालतको मानहानिसम्बन्धी मुद्दाका निवेदक सत्तापक्षीय पार्टीका सहमहामन्त्री भएको र मानहानिको मुद्दामा अर्कै फैसला आएकाले आफूहरूलाई झस्काएको ओलीले बताए । ‘निवेदकले मागेभन्दा बढता फैसला गरेर झस्काउन खोजेको देखियो’, ओलीले भने, ‘दुईवटा मतपत्र राजनीतिक दलहरू र निर्वाचन आयोग समेतको संयुक्त बैठकबाट संविधान र कानुनबमोजिम तय गरिएको हो । त्यसको प्रक्रिया अघि बढिसकेकाले अब स-साना कुरामा अल्झिने समय छैन ।’ पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरूको सहमतिमा मतपत्रको निर्णय भएको भन्दै अदालतको आदेशले चिसो पसेको बताए । वाम गठबन्धन बन्नुअघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा मतपत्रबारे निर्णय भएको र त्यसपछि पनि प्रधानमन्त्रीले छलफल बोलाएको र त्यसमा मतपत्रबारे स्पष्ट हुने काम भएको प्रचण्डले बताए । ‘प्रधानमन्त्रीले पछि बोलाउनुभएको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले मतपत्रबारे स्पष्ट हुन सकिनँ भन्नुभयो । त्यसमा निर्वाचन आयोग र हामी सबैले यस्तो हो भनेपछि उहाँले पनि स्पष्ट भएँ भन्नुभएको थियो । त्यसैको आधारमा मतपत्रको टुंगो लागेको हो’, प्रचण्डले भने । निर्वाचन तोकिएकै मितिमा सम्पन्न नभए संसद् पुनःस्थापना हुने प्रचण्डको तर्क थियो । ‘उम्मेदवारको मनोनयनका कारण संसद् स्वतः भंग भएको हो’, प्रचण्डले भने,‘निर्वाचन यताउति भए संसद्को म्याद माघ ७ सम्म छ । त्यसको पनि हेक्का राख्नुपर्छ ।’प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुईवटा मतपत्र प्रयोग हुने भएकाले अदालतले पनि त्यसको हेक्का राख्नुपर्ने प्रचण्डले बताए । त्यसअघि बसेको एमाले स्थायी समिति बैठकले निर्वाचनको मिति घोषणा भएर असोज २९ गते समानुपातिक तथा कात्तिक ५ गते प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता भएर निर्वाचन प्रक्रिया निकै अगाडि बढिसकेको भन्दै निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कुरा स्वीकार्य नहुने चेतावनी दिएको थियो । चुनावमा संशय भएर सरकार छाडेनौं : प्रचण्ड पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष दाहालले अदालतबाट निर्वाचनप्रति संशय देखिएका कारण आफ्नो दलले सरकार नछाडेको दाबी गरे । ‘सरकार छाड्ने भन्ने पत्रमा म हस्ताक्षर गर्न खोज्दै थिएँ । निर्वाचन आयोगबाट खबर आयो अदालतबाट निर्वाचनप्रति संशय हुँदै छ भन्ने । त्यही भएर हामीले सरकार नछाडेको हो’, दाहालले भने । बिनाविभागीय पछि माओवादी केन्द्रका मन्त्रीहरूलाई एउटै कोठामा बस्न अप्ठ्यारो होला नि भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा दाहालले भने, ‘देशलाई अप्ठ्यारो नहोस् भनेर हाम्रा मन्त्री एकै कोठामा बस्न गाह्रो छैन ।’ १६ गते समय छ : ओली एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै १६ गते उम्मेदवार मनोनयनको समय रहेको बताएका छन् । तिहारका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले ‘नेतृत्व लिन तयार रहेको’ भनी अभिव्यक्ति दिएका थिए । ‘ज-जसलाई नेतृत्व लिन मन छ । १६ गते समय छ । मनोनयन गरे भै गो नि !,’ ओलीले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE