Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

कांग्रेससँग मिलेर चुनाव लड्न लागेको भन्दै नयाँ शक्तिका केन्द्रीय सदस्यसहित दर्जन नेता माओवादीमा प्रवेश

\"\"गोरखा । गोरखाका क्रियाशील नयाँ शक्ति पार्टी, नेपालका दुई दर्जन नेताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नयाँ शक्तिका नेताहरु बिहीबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । गोरखा बामपन्थीको किल्ला होः प्रचण्ड माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य जीत बहादुर घले, तमु परिषद्का केन्द्रीय सह–ईन्चार्ज आनन्द बहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा. जीत बहादुर घले, बल बहादुर घले, बाम बुद्धिजीवी खड्क बहादुर गुरुङ लगायत रहेका छन् । पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा जिल्ला बामपन्थीहरुको किल्ला भएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘गोरखा जिल्ला बामपन्थीहरुको किल्ला हो । गोरखा जिल्लाको राजनीतिक सङ्घर्ष जहिले पनि कम्युनिष्ट र कांग्रेसका बीचमा नै रह्यो । जनयुद्धदेखि सम्पूर्ण राजनीतिक र सामाजिक आन्दोलनमा गोरखा जहिले पनि अग्रगमन र प्रगतिको पक्षमा उभिएको छ । तपाईहरुको पार्टी प्रवेशले गोरखामा प्रतिगामी शक्ति र प्रवृत्ति परास्त हुने र अग्रगामी सोंच र विचारले जित्ने मैले विश्वास लिएको छु ।’ माओवादी केन्द्र प्रवेश गर्ने नयाँ शक्तिका गोरखाली नेताहरुले साना पार्टी र समूहबाट नेपालको आर्थिक समृद्धि सम्भव नभएको र नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएर मात्र समाजवादमा जान सकिने निष्कर्षसहित आफूहरु माओवादी केन्द्रमा आएको बताए । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं-२ का उम्मेद्वार नारायणकाजी श्रेष्ठ, क्षेत्र नं.–१ का उम्मेद्वार हरिराज अधिकारी लगायतका नेताहरु उपस्थित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE