Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

मतदातालाई आफ्नो पक्षमा पार्न दलहरु सक्रिय

\"\"पोखरा । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै मतदातालाई आफ्नो पक्षमा पार्न कास्कीमा राजनीतिक दलहरु सक्रिय देखिएका छन् । दलहरु यतिबेला कोणसभा, बैठक, भेटघाट र संगठन विस्तार जस्ता कार्यक्रमलाई अगाडी बढाएका छन् । संगठन मजबुत बनाउन विभिन्न राजनीतिक दलका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्य पनि भइरहेका छन् । महानगर र गाउँपालिकाका चोक, चौतारा र चियापसलमा निर्वाचनकै बारेमा चर्चा परिचर्चा हुने गरेको पाइन्छ । सबै राजनीतिक दलका जिल्ला समितिले आ–आफ्ना पार्टीका उम्मेदवारका आकांक्षीको नाम संकलन गरेर केन्द्रमा सिफारिस गरेका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नयाँशक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाललगायत सबैले उम्मेदवारको नाम केन्द्रमा पठाएका हुन् । उम्मेदवारी मनोनयन दर्ता गर्ने समय कात्तिक १६ गते पनि नजिक आइरहेकाले केन्द्रमा सिफारिस गरिएका सम्भावित उम्मेदवार यतिबेला टिकट पाउन दौडधुपमा लागेका छन् । उम्मेदवारका आकांक्षी धेरै भएकाले टिकट वितरण गर्न नेतालाई पनि निकै सकस परेको देखिन्छ । कास्कीमा प्रतिनिधि सभा निर्वाचनका लागि तीन, प्रदेश सभाका लागि छ निर्वाचन क्षेत्र कायम गरिएको छ । यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा कास्कीमा चार निर्वाचन क्षेत्र कायम गरिएको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ र २ बाट नेपाली काँग्रेस तथा क्षेत्र नं ३ र ४ बाट एमाले जितेको थियो । क्षेत्र नं १ बाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा, क्षेत्र नं २ बाट काँग्रेसकै शारदा पौडेल, क्षेत्र नं ३ बाट नेकपा (एमाले)का केन्द्रीय सदस्य रवीन्द्र अधिकारी र क्षेत्र नं ४ बाट एमालेकै केन्द्रीय सदस्य सीता गिरी ओली विजयी भएका थिए । क्षेत्र नं १ मा एमालेबाट पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का उपाध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी सर्वसम्मत सिफारिसमा पेका छन् । माओवादी केन्द्रबाट सर्वसम्मत सिफारिसमा पर्नुभएका पूर्वमन्त्री देव गुरुङले बाम गठबन्धनबाट लमजुङमा उम्मेदवारी दिई सकेकाले अधिकारी सम्भवतः सो क्षेत्रकों बाम गठबन्धनका एक्ला उम्मेदवार हुन । लोकतान्त्रिक मोर्चाबाट नेपाली काँग्रेसका यज्ञबहादुर थापा, पूर्व सभामुख तारानाथ रानाभाट र पार्टीका केन्द्रीय सदस्य जीवन परियारमध्ये एकजनाले टिकट पाउने निश्चित छ । त्यस्तै क्षेत्र नं २ मा बाम गठबन्धनबाट जिल्ला विकास समितिका पूर्वसभापति एवं एमालेका नेता रवीन्द्र अधिकारी र माओवादी केन्द्रका नेता राजकाजी गुरुङमध्येबाट एक र लोकतान्त्रिक मोर्चाबाट काँग्रेसका शारदा पौडेल, जिल्ला नेता सोभियतबहादुर अधिकारीमध्ये एकले टिकट पाउने पार्टी स्रोतले जनाएको छ । यसरी नै क्षेत्र नं ३ मा बाम गठबन्धनबाट एमालेका नेता जगत विश्वकर्मा, जगन्नाथ बाँस्तोला, उमा कोइराला, माओवादी केन्द्रका रामजी बरालमध्ये एक र लोकतान्त्रिक मोर्चाबाट काँग्रेसका पूर्व राज्यमन्त्री महादेव गुरुङ, पूर्व सांसद शुक्रराज शर्मामध्ये एकले पाउने बताइएको छ । जिल्लामा कुल मतदाता दुई लाख ५५ हजार ४५६ रहेका छन् । तीमध्ये पुरुष एक लाख १९ हजार २९४, महिला एक लाख ३६ हजार १५४ र तेस्रो लिंगी चार जना रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE