Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

सिन्धुपाल्चोकमा ‘हेबीवेट’ नेताको भीषण लडाइँ, विरासत जोगाउनै मुस्किल

\"\"सिन्धुपाल्चोक । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा निर्वाचनका लागि २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा नेकपा एमाले–माओवादी केन्द्रको बाम गठबन्धनका बिरुद्ध नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीवीच चुनावी तालमेल गरेका छन् । दुबै निर्वाचन क्षेत्रमा ‘हेबीवेट’ नेताहरुको आगमनले सिन्धुपाल्चोकको निर्वाचन रोचक हुने देखिएको छ । बहालवाला मन्त्रीदेखि पार्टीका केन्द्रीय अध्यक्षसम्म सिन्धुपाल्चोकको चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारवीच प्रतिष्पर्धा हुने भएको छ भने क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार र राप्रपाका उम्मेदवारवीच प्रतिष्पर्धा हुँदैछ । क्षेत्र नं १ मा पूर्वमन्त्री समेत रहेका माओवादीका प्रभावशाली नेता अग्नीप्रसाद सापकोटा र सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतबीच चुनावी भिडन्त हुने भएको छ । माओवादी नेता सापकोटा र कांग्रेसका बस्नेत पहिलो पटक चुनावी मैदानमा भिड्दै छन् । यस अघिको संबिधानसभा निर्वाचनमा छुट्टा–छुट्टै क्षेत्रबाट चुनाव जितेका सापकोटा र बस्नेतमध्ये यसपाली एकजना सांसद बन्नेछन् । सापकोटा बहुदलीय व्यवस्थापछि तेस्रोपटक चुनावी मैदानमा छन् भने बस्नेत पाँचौंपटक चुनाव लड्दैछन् । शक्तिशाली दुई पार्टीका साझा उम्मेदवारलाई पछारेर चुनाव जित्नु बस्नेतकालागि सहज देखिँदैन । तर, कुनै हातलमा चुनाव जित्ने रणनीतिमा बस्नेत लागेका छन् । हर अस्त्र प्रयोग गरेर निर्वाचन परिणाम आफ्नो पोल्टामा पारेरै छाडेने उनको दाबी छ । स्थानीय तहको निर्वाचनमा क्षेत्र नं १ मा बाम गठबन्धनले ४३ हजार २ सय ८३ मत पाएको थियो भने नेपाली कांग्रेसले २२ हजार ४ सय ३७ मत पाएको थियो । राप्रपाले ३ हजार ८ सय ६९ मत पाएको थियो । यस आधारमा कांग्रेस–राप्रपा गठबन्धनको मत २६ हजार ३ सय ६ मत रहेको छ । अर्थात यहाँ लोकतान्त्रिक गठबन्धन भन्दा बाम दलको १६ हजार ९ सय ७७ मत बढी छ । तर यसअघिको मत हिसाब गरेर अबको निर्वाचनको परिणाम अनुमान गर्न नहुने मन्त्री बस्नेत बताउछन् । यसपाली निर्वाचनले दुबै नेताको राजनीतिक भबिष्य समेत निर्धारण गर्नेछ । त्यस्तै क्षेत्र नं २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा आफैँ चुनावी मैदानमा आएका छन् । उनलाई कांग्रसको समेत समर्थन रहेको छ । वाम गठबन्धनले उनको प्रतिस्पर्धीमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता शेरबहादुर तमाङलाई मैदानमा उतारेको छ । राप्रपा अध्यक्ष राणा र एमाले नेता तमाङको यो तेस्रो चुनावी प्रतिस्पर्धा हो । तमाङले यसअघिको संबिधासभा निर्वाचनमा अध्यक्ष राणालाई भारी मतान्तरले हराएका थिए । २०४८ सालको आमनिर्वाचन, २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सलको आमनिर्वाचनमा राप्रपाबाट चुनाव जितेका राणालाई २०६४ को पहिलो संबिधानसभा निर्वाचनमा माओवादी नेता दावा तमाङले हराएका थिए । यसपालीको प्रतिनिधिसभा निर्वाचन पनि राणाकालागि फलामको चिउरा जस्तै देखिन्छ । तर, कांग्रेसको समर्थनमा जसरी पनि आफु जित्ने राणाको दाबी छ । दुई शक्तिशाली वामपन्थीका साझा उम्मेदवार तमाङ कतैबाट पनि आफु हार्ने आधार नरहेको तर्क गर्छन । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतमा एमाले एक्लैको २५ हजार ७ सय ९० मत छ भने माओवादी केन्द्रको १४ हजार १ सय ८ मत छ । दुवैको गरी ३९ हजार ८ सय ९८ मत हुन्छ । राणालाई सघाएको कांग्रेसको २० हजार २ सय २४ मत छ भने राप्रपाको ८ हजार ३ सय ४४ मत छ । दुवैको गरी कुल २८ हजार ५ सय ६८ मत मात्रै देखिन्छ । यो परिणामले राणालाई जित्न गाह्रो हुनेछ । तर यसपालीको चुनवी रणनीतिमा हर तवरले आफुलाई अब्बल बनाउने तयारीमा लागेको राणा बताउछन् । बहुदल पछिका निर्वाचनमा आफुलार्ई कम्युनिष्टहरुले गाउँ पस्न समेत नदिएको राणाको आरोप छ । सो निर्वाचन क्षेत्रका गाउँ–गाउँमा पुगेर भोट मागे आफुलाई एकलौटी मत आउने दाबी राणाको छ । यो निर्वाचन दूबैकालागि प्रतिष्ठाको लडाइँ बनेको छ । एमाले–माओवादीका असन्तुष्ट फकाउँदै बस्नेत दुई शक्तिशाली दलकाे तालमेलबाट बनेको वाम गठबन्धनलाई भत्काउन मन्त्री बस्नेतलाई यो निर्वाचन निकै कठिन साबित हुने स्वयं कांग्रेसका नेता कार्यकर्ताले बताएका छन् । बस्नेत र सापकोटा सहित सो क्षेत्रमा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रमा एमाले–माओवादी केन्द्रभित्र धेरै असन्तुष्टहरू भएकाले त्यसलाई आफूतर्फ आकर्षित गर्ने तयारीमा बस्नेत लागेका छन् । टिकट बाँडफँडकै बिषयलाई लिएर वाम गठबन्धनसँग असन्तुष्ट बनेका एमाले–माओवादीका नेता– कार्यकर्तालाई रिझाएर आफुपट्टि तान्न सफल भएमा बस्नेतको जित प्रबल देखिन्छ । उनले कतिपय एमाले–माओवादीबाट असन्तुष्ट बनेकाहरुसँग भेटघाट र छलफललाई तीब्रता दिएको बस्नेत निकटका एक कांग्रेस जिल्ला नेताले बताएका छन् । तरअहिले समम गठबन्धनको खुलेर कसैले बिरोध नगरेकाले उनको योजना सफल हुने सम्भावना कम भएको वाम गठबन्धनका नेता बताउछन् । सरकारका प्रबक्ता समेत रहेका बस्नेतले यसपाली चुनावी परिणाम आफ्नो पोल्टामा पार्न सम्पूर्ण तागतकासाथ लाग्ने अनुमान धेरैको छ । आफ्ना असन्तुष्ट कार्यकर्तालाई वाम गठबन्धनले बेलेका सनतुष्ट बनाउन नसके बस्नेत चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल हुनेछन । सत्ता र शक्तिको आडमा मतदाताको मनोबल फर्काउने उनको दाउ सफल भयो भने माओवादी नेता सापकोटाको रानीतिक भबिष्य संकटमा पर्नेछ । त्यसोत यो चुनावका पराजित भएमा बस्नेतको पनि राजनीतिक जीवनका ओझेल पर्नेछ । दुबैको बिरासत जोगाउने लडाइँले पनि सो क्षेत्रको निर्वाचन थप रोचक बन्ने देखिन्छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE