Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

८८ किलो सुन प्रकरण: कांग्रेस नेता तामाङ पक्राउ

\"\"काठमाडौं । प्रहरीले बरामद गरेको ८८ किलो सुन प्रकरणमा कांग्रेस नेता मानबहादुर तामाङ मुछिएका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले कांग्रेस नेता एवं नेपाल-चीन केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङलाई सोमबार स्वयम्भूबाट पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको हो । महाशाखाका अनुसार प्रहरी अनुसन्धानक्रममा तामाङले चीनदेखि रसुवाको केरुङ नाकासम्म सुन ल्याउन सहयोगी भूमिका खेलेको पाइएको छ । अाजको अन्नपूर्णमा खबर छ-चिनियाँ नागरिक वान विई मिङसँग मिलेर तामाङले काठमाडौंमा रहेका व्यापारीसँग सुन तस्करीको ‘सेटिङ’ मिलाउँदै आएको अनुसन्धानबाट खुलेको छ । उच्च स्रोतका अनुसार चिनियाँ व्यापारीसँग तामाङले होटल र ट्रान्सपोर्टमा संयुक्त लगानी गरेका थिए । ‘चीनबाट सुन ल्याउन मिङ र तामाङले भन्सारमा सेटिङ मिलाउने गरेको र अनुसन्धानक्रममा उनीहरूबीच पटक-पटक फोन संवाद भएको खुलेपछि पक्राउ गरिएको हो,’ एक अनुसन्धान अधिकृतले भने, ‘क्षेत्रपाटीमा सुन बरामद भएको भोलिपल्ट मिङको फोनको लोकेसन नेपालस्थित चिनियाँ दूतावास परिसरसम्म देखिन्छ । त्यसपछि उनी कता गए खुलेको छैन ।’ दुई महिनाअगाडि तामाङले केरुङबाट सामान बोक्न १० वटा ट्रक खरिद गरेका थिए । चिनियाँ व्यापारीका विश्वासपात्र उनले ट्रक खरिद गरी आफन्तको नाममा राखेका थिए । केरुङ नाका खोलेसँगै केरुङ व्यापार संघका अध्यक्ष भएका उनी उक्त पद प्राप्त गर्नु अघिसम्म सामान्य व्यापारी थिए । अध्यक्ष भएपछि उनको जीवनस्तर एकाएक उकासिएको थियो । स्वयम्भूमा ट्राभल, कार्गोलगायत व्यवसाय सञ्चालन गरेका उनी पछिल्लो समयमा केरुङ कमै मात्र जान्थे । फरक-फरक नम्बर बोक्दै आएका तामाङले काठमाडौंबाटै केरुङमा आफ्ना सहयोगी परिचालित गर्दै आएका थिए । ८८ किलो सुन बरामद भएयता आफूलाई प्रहरीले शंकाको घेरामा राखेको जानकारी पाएपछि उनी काठमाडौंमै लुकिछिपी बस्दै आएका थिए । स्रोतका अनुसार ८८ किलो सुन आयात भएपछि पनि उनी एकपटक चीन पुगेका थिए । त्यस क्रममा गत सेप्टेम्बर २४ मा उनले नेपाल चीन केरुङ व्यापार संघ र चीनको छेङ्दुमा रहेको सुइनिङ चेम्बर अफ कमर्ससँग भगिनी सम्बन्ध स्थापनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । उक्त पत्रमा सुइनिङका तर्फबाट अध्यक्ष मी वाङले हस्ताक्षर गरेका थिए । चीन पुग्ने बेलामा उनले चिनियाँ नागरिक मिङसँग भेटेका थिए । रसुवामा मिङ र तामाङको पटक-पटक भेट हुने गरेको प्रहरी स्रोत बताउँछ । तामाङलाई कांग्रेसले रसुवा क्षेत्र १ बाट प्रदेशसभा चुनावका लागि समानुपातिकमा सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग तीन साताअगाडि सँगै खिचाएको फोटोसमेत उनले आफ्नो फेसबुकमा राखेका छन् । भदौ १९ गते क्षेत्रपाटीबाट गाडीभित्र ‘कन्सिल्ड’ ८८ किलो सुनसहित प्रहरीले चालक मनोज अधिकारीलाई मात्रै पक्राउ गरेको थियो । महाशाखाले मिङसँग कनेक्सन रहेको दाबी गर्दै पाँच सुन व्यवसायीलाई पक्रेको थियो । तत्कालीन समयमा कार्यविनायक सुनचाँदी गहना पसल न्युरोडका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बांगेमुडाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी खार्नी न्युरोडका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी खार्नी पसल न्युरोडका नन्दकुमार पक्राउ परेका थिए । पक्राउ परेका पाँच व्यवसायीले समेत तामाङको भूमिकाबारे प्रहरीमा खुलाएका छन् । भदौ १९ गते पक्राउ परेका चालक अधिकारीसँग कांग्रेस नेता तामाङको समेत फोन कनेक्सन देखिएको छ । सुन काठमाडौं पठाउने स्रोतव्यक्तिको अनुसन्धान गर्दै जाँदा तामाङको संलग्नता खुलेपछि पक्राउ गरिएको जानकारी महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले दिए । उनले भने, ‘८८ किलो सुन बरामद घटनाको अनुसन्धान गर्दा तामाङको संलग्नता खुल्यो, थप अनुसन्धानका लागि पक्राउ गरेका हौं ।’ महाशाखा स्रोतका अनुसार नागार्जुन नगरपालिका ३, आदेश्वरस्थित ढुंगाखानीमा असोज १९ गते मृत भेटिएका गगन लामाको हत्यामा समेत तामाङको संलग्नताबारे अनुसन्धान भइरहेको छ । तत्कालीन समयमा पक्राउ परेका पाँच जनाले प्रहरीमा बयान दिएअनुसार १८ केजीमध्ये ६ केजी सुन लामाले लिएर भागेका थिए । चिनियाँ व्यापारीबाट ल्याएको सुनमध्ये लामाले १२ केजी मात्रै गन्तव्यमा छाडेर फरार भएपछि भरियाहरू लामाको खोजीमा जुटेका थिए । उक्त सुन काठमाडौंसम्म पठाउन तामाङले समन्वयात्मक भूमिका खेलेको प्रहरीको दाबी छ । लामाको हत्यामा संलग्न भनी पक्राउ परेका सुनका भरियाले ८८ किलो सुनमा पनि तामाङ जोडिएको र काठमाडौंमा सुन ल्याउँदा तामाङले लगानी गरेको बताएका थिए । तामाङ नेपाल लजिस्टिक काउन्सिलका अध्यक्ष, मैत्री यातायातको केन्द्रीय सदस्य र रसुवा समाजको कार्यसमिति सदस्यसमेत हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending