Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

माओवादी जम्बो आयोजक समिति, चार हजारलाई दुई अंकमा झार्नै जटिल

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रले ३ हजार ९ सय ९९ सदस्यीय जम्बो आयोजक समितिलाई दुई अंकमा सीमित बनाउने गृहकार्यलाई तीव्रता दिएको छ । पार्टी सचिवालयको २–७ भदौसम्म काठमाडौंमा सम्पन्न बैठकले आयोजक समितिलाई भदौसम्म दुई डिजिटमा झार्ने निर्णय अनुसार सातै वटा प्रदेशबाट सचिवालय बैठकको दुई अंकमा झार्ने निर्णयलाई अनुमोदन गरेको छ । माओवादीले सातै प्रदेशबाट ४ हजारको आयोजक समितिलाई दुई अंकमा झार्ने निर्णयलाई अनुमोदन गराए पनि कसरी दुई अंकमा सीमित गर्ने भन्ने विषय भने जटिल देखिएको छ । अाजको राजधानी दैनिकमा खबर छ– विराटनगरमा सोमबार सम्पन्न प्रदेश १ को बैठकसँगै सातवटै प्रदेशबाट जम्बो आयोजक समितिलाई दुई अंकमा झार्ने निर्णय अनुमोदन भएको थियो । पार्टी प्रवक्ता पम्फा भुसालले आयोजक समितिलाई दुई अंकमा झार्ने अनुमति सातवटै प्रदेशबाट अनुमोदन भइसकेकाले अब छलफल गरेर निर्णय गरिने बताइन् । माओवादीको सबैभन्दा माथिल्लो निकाय पार्टी केन्द्रीय कार्यालयको आइतबार बसेको बैठकले केन्द्रीय कार्यालय नै भंग गरेर सचिवालयमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । कार्यालय टिम ३३ सदस्यीय रहेको थियो । कार्यालय भंग गर्दै माओवादीले सचिवालयलाई नै पार्टीको कार्यकारी सबैभन्दा माथिल्लो अंग मान्ने निर्णय गरेको छ । सचिवालय ९९ सदस्यीय रहेकोमा नौ जना थप हुन बाँकी छ । माओवादी केन्द्रभित्र ९९ सदस्यीय सचिवालयलाई नै आयोजक समिति बनाएर जान सकिने विषयसमेत चर्चामा छ । सचिवालय सदस्य मणी थापा भने अहिलेको ९९ सदस्यीयभित्र रहेका नेताहरू पनि आयोजक समितिमा नरहन सक्ने भन्दै सचिवालयलाई जस्ताको तस्तै आयोजकमा रूपान्तर गर्नु ठीक नहुनेमा जोड दिन्छन् । सचिवालय सदस्य लेखनाथ न्यौपाने सचिवालयलाई नै आयोजक समिति मानेर जाँदा पार्टी नबन्ने तर्क गर्छन् । उनले भने, ‘सचिवालयलाई नै सिँधै आयोजक बनाउनभन्दा सिँधै हुन्छ, सजिलो त हुन्छ, तर यसले पार्टी बन्दैन ।’ उनले आयोजक समिति अलग्गै विशिष्ट तरिकाको बनाउनुपर्ने बताउँछन् ।प्रदेश २ का संयोजकसमेत रहेका सचिवालय सदस्य मातृका यादवले १७ भदौमा वीरगन्जमा बस्ने पार्टी सचिवालय बैठकले आयोजक समितिको संख्यासम्बन्धी निर्णय गर्ने बताए । ‘प्रदेश तथा संघको निर्वाचन नजिकिँदै छ, अब बस्ने बैठकले संगठनसम्बन्धी निर्णय गर्नै पर्दछ, आयोजक समितिको विषयमा पनि छलफल हुन्छ,’ उनले राजधानीसँग भने । समावेशी, समानता, वरिष्ठता, भूगोललगायतलाई आधार मानेर दुई अंकको आयोजक समिति निर्धारण गर्नुपर्ने उनको भनाइ छ । माओवादी सचिवालय सदस्य लेखनाथ न्यौपाने कुनै निश्चित विधिका आधारमा आयोजक समिति बनाउनुपर्ने बताउँछन् । माओवादीले सबै प्रदेशबाट अनुमोदन गराएर भदौभित्र दुई अंकको आयोजक समिति बनाउने निर्णय गरेको थियो । नेता थापाले प्रदेश २ को निर्वाचनमा होमिनु पर्ने भएकाले निर्वाचनअघि आयोजक समिति दुई अंकको नबन्न सक्ने बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending