प्युठान । गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन माओवादी केन्द्रका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने । तत्कालीन ठेकेदार उनी हालै सिँचाइ राज्यमन्त्री भएका छन् । तर, स्वास्थ्यचौकी भने अझै बन्न सकेको छैन ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाका लेखा अधिकृत झगबहादुर दसौदीका अनुसार ठेकेदार पुनले डेढ वर्षभित्र भवन निर्माणको पूरै काम सम्पन्न गर्ने गरी भ्याटबाहेक ७७ लाख ८८ हजार ६ सय ९५ रुपैयाँमा जिम्मा लिएका थिए ।
०६८ असारमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पामार्फत \'नेपाल प्रगति/राप्ती/उच्च हिमालय जेभी\'ले भवन निर्माणको जिम्मा पाएको थियो । ठेकेदार सांसद बनेपछि भवन निर्माणले गति नलिएको स्थानीयको गुनासो छ ।
भवन नहुँदा सेवा प्रवाहमा समस्या देखिएपछि दुई तलाको १६ कोठे भवन निर्माण गर्न लागिएको हो । निर्माण थालिएपछि गाउँले निकै हौसिएका थिए । तर, वर्षौं बितिसक्दासमेत भवन निर्माणले पूर्णता नपाएपछि स्थानीय चिन्तित बनेका छन् । भवन निर्माणका लागि गाउँलेले सम्बन्धित निकायलाई पटक-पटक ताकेता गर्दासमेत सुनुवाइ नभएको स्थानीयले गुनासो गरे ।
\'निर्माण व्यवसायीलाई पटक-पटक ताकेता गर्यौं\', उनले भने, \'लिखित र मौखिक रूपमा सूचना गर्दा पनि काम अघि बढेन ।\' बैंक ग्यारेन्टी गरिएको नौ लाख नौ हजार रुपैयाँसमेत जफत गरिएको उनले जानकारी गराए । दसौदीका अनुसार कार्यसम्पादन बैंक ग्यारेन्टीबापतको चार लाख ४१ हजार रुपैयाँ जफतका लागि सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ । \'निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी भइरहेको छ\', उनले भने, \'गत वर्षको चैतबाट काम सुरु गर्छु भनेका हुन् । तर, अझैसम्म काम सुरु हुन सकेन ।\' एकपटक सम्झौता पत्र थप गरिएको उनको भनाइ छ ।
ठेकेदार पुन हालै नेपाल सरकारको सिँचाइ राज्यमन्त्री भएका छन् । ठेकेदार सांसद हुँदै मन्त्री बने पनि खवाङका सर्वसाधारण भवन अभावमा प्रभावकारी स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपरेको गुनासो पोख्छन् ।
स्थानीय यामलाल गिरीका अनुसार भवनको काम बीचमै रोकिएपछि हालसम्म निर्माण गरिएको भौतिक संरचनासमेत जीर्ण बन्दै गएको छ । निर्माणमा संलग्न मजदुरले ज्यालासमेत नपाएको उनले गुनासो गरे । \'१५ लाखभन्दा बढी ज्याला लिन बाँकी छ\', उनले भने, \'न भवन बन्यो, न त ज्याला पाइयो।\'
पूरै ज्याला नपाएसम्म अधुरो काम सुचारु गर्न नदिने मजदुरले चेतावनी दिएका छन् । पटक-पटक जिल्ला प्रशासन कार्यालय प्युठानमा पुगे पनि आफूहरूको माग सुनुवाइ नभएको मजदुरले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय खलंगाबाट १४ कोष टाढाको दूरीमा दुर्गम गाउँ खवाङ अवस्थित छ । जिल्लाका नौ स्थानीय तहमध्ये अति दुर्गममा नौबहिनी गाउँपालिका पर्छ । गत वर्षको साउनमा आएको बाढीपहिरोले गाउँ क्षतविक्षत बनेको छ ।
चुहिने भवनबाट सेवा दिइरहेको खवाङ स्वास्थ्यचौकी भवन इन्चार्ज ताराबहादुर थापाले गुनासो गरे । \'बर्खाभरि पानीजति भित्र पस्छ\', उनले भने, \'कोठा अभावमा वर्थिङ सेन्टर सञ्चालन गर्नसमेत समस्या भएको छ ।\' पुरानो तथा जीर्ण भवनमा रहेका ६ वटा कोठाबाट सेवा दिइरहेको उनले बताए । थापाका अनुसार प्रभावकारी सेवा दिन आठ वटा कोठा आवश्यक पर्छ । \'अलपत्र भवन पूरा गर्न गाउँपालिकामा पनि लिखित आग्रह गरेका छौँ\', उनले भने, \'नयाँ स्थानीय तह बनेका छन् । अब भवन पूरा हुने आशा छ ।\' बिरामीको चाप बढ्दा सेवा दिन कठिनाइ हुने गरेको उनी बताउँछन् ।
भवनको करिब ६५ प्रतिशत निर्माण सकिएको भवन डिभिजन कार्यालयले जनाएको छ । लेखा अधिकृत दसौदीका अनुसार हालसम्म ठेकेदार पुनले ०६९ फागुनसम्म ५३ लाख ५२ हजार नौ सय ८० रुपैयाँ भुक्तानी लिइसकेका छन् । सम्झौताबापत २४ लाख ३५ हजार सात सय १४ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १५ गते, २०७६ - ०९:१३
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
फाल्गुन ७ गते, २०७४ - १९:२१
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
फाल्गुन २ गते, २०७४ - २२:०६
काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...
फाल्गुन २ गते, २०७४ - २१:४४
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
फाल्गुन २ गते, २०७४ - २१:२८
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
फाल्गुन २ गते, २०७४ - २०:२९
[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...
फाल्गुन २ गते, २०७४ - २०:१५
सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...
फाल्गुन २ गते, २०७४ - २०:०९
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
फाल्गुन २ गते, २०७४ - १९:४९
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...
फाल्गुन २ गते, २०७४ - १९:१८
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...



प्रतिकृया लेख्नुहोस्: