Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

प्रथम राष्ट्रपति यादवको स्विकारोक्ति : 'लोकतन्त्र जोगाउन संविधान मिचेकै हुँ'

\"\"काठमाडौं । प्रथम राष्ट्रपति डा.रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र जोगाउन आफूले अन्तरिम संविधान मिचेको स्वीकार गरेका छन् । गणतन्त्र स्थापनापछि राष्ट्राध्यक्षका रूपमा सात वर्ष शीतल निवासमा बिताएका यादवले निवृत्त भएको झन्डै दुई वर्षपछि यस्तो स्वीकार गरे । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– \'लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि मैले संविधानलाई (इन्क्रोच) हस्तक्षेप गरेकै हुँ । मैले त्यो नगरेको भए देशको राजनीतिक कोर्स नै अलग बाटोमा जान्थ्यो\', उनले दाबीका साथ भने, \'तर, त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुईवटा सेना थिए । सेनालाई कार्यकारी प्रधानमन्त्रीले चलाउने संवैधानिक व्यवस्था भए पनि शिविरका माओवादी लडाकुको व्यवस्थापन भइसकेपछि मात्रै प्रधानमन्त्री प्रचण्डले फुल फङ्सन गर्न सक्नुहुन्थ्यो ।\' आफूले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रक्षामन्त्री रामबहादुर थापा बादललाई सेनापति रुक्मांगद कटवाल प्रकरणमा हात हाल्नुपहिले दुईवटा सेनाको समस्या समाधान गर्न स्पष्ट भनेको यादवको भनाइ छ । आफूले त्यस बेला चारपटक प्रधानमन्त्री कार्यालयमा स्मरणपत्रसमेत पठाएको उनले सुनाए । तर, उनले भारतीय प्रभावमा परी निर्णय लिएको भनी लाग्दै आएको आरोप भने सकारेनन् । अनि, संविधान मिच्ने आफ्नो निर्णयप्रति कुनै पछुतो नभएको प्रस्ट पार्दै भने, \'माओवादीको कदम सफल भएको भए गणतन्त्र त रहन्थ्यो तर मुलुक एकदलीय जनवादी गणतन्त्रतिर जान्थ्यो । मैले प्रचण्डलाई भनेको थिएँ- गणतन्त्रका लागि तपार्इं लड्नुभयो, राष्ट्रपति म भएँ । अब तपाईंभन्दा बढी गणतन्त्रवादी म भएँ । गिरिजाप्रसाद कोइराला र तपाईंको निर्णयपछि संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रसम्म आएको मलाई जनवादी गणतन्त्रतिर लैजाने हो भने तपाईं र मेरो बाटो अलग हुन्छ ।\' प्रचण्ड र तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईका पछिल्ला टिप्पणी सुनेपछि सेनाको विषयमा आवश्यक गृहकार्य भित्र-भित्रै गर्न थालेको उनले खुलासा गरे । आफूले कटवाललाई राजीनामा नगर्न निर्देशन दिएको पनि उनले सुनाए । २०६४ चैतको पहिलो संविधानसभा निर्वाचनमा पहिलो ठूलो दल बनेको माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले कटवाल हटाएर कुलबहादुर खड्कालाई सेनापति बनाउने निर्णय गर्दा यादवले थमौती गरेपछि प्रचण्डले प्रधानमन्त्रीको कुर्सी त्यागेका थिए । त्यसपछि माओवादीले सेनाको विषयलाई लिएर नागरिक सर्वोच्चताको मुद्दा चर्काएको थियो । प्रचण्डले भारतबाट यो सब गरिएको भन्दै \'नोकरसँग नभई मालिकसँग वार्ता गर्ने\' चेतावनी दिएका थिए । कांग्रेस र एमाले नेतृत्वले आफूलाई बुझ्न नसकेको दुखेसो गर्दै यादवले दुई पार्टीलाई \'भूराजनीतिको भूत\'ले लखेटिरहेको आरोपसमेत लगाए । खिलराज रेग्मीलाई प्रधानन्यायाधीशमा कायमै राखेर कार्यकारी प्रमुख बनाउनु आफ्नो भूल रहेको उल्लेख गर्दै उनले सुनाए, \'खिलराज ल्याउने निर्णयले अहिले पनि मलाई घोचिरहन्छ ।\' रेग्मीलाई अन्तरिम मन्त्रिपरिषद्को अध्यक्ष बनाउने प्रस्ताव माओवादीको भए पनि त्यसमा \'अरू\'को हात रहेको जिकिर गरे । \'ती अरू को हुन्\' भन्ने प्रश्नमा भारतको नाम नलिई भने, \'त्यो भूराजनीतिको खेल थियो ।\' रेग्मीलाई शपथग्रहण गराउनुअघिसम्म कार्यपालिका प्रमुख र न्यायपालिका प्रमुखमा एक व्यक्ति रहनु शक्ति पृथकीकरणको मान्यताविरुद्ध हुने भएकाले प्रधानन्यायाधीशबाट राजीनामा गर्न आफूले आग्रह गरे पनि रेग्मीले नमान्नुका पछाडि भारतकै हात रहेको उनले प्रस्ट संकेत गरे । संविधानसभाबाट संविधान बनाउने म्यान्डेट जनआन्दोलनको भएकाले आफू बाध्य भएर रेग्मीलाई नियुक्त गरेको उनको स्विकारोक्ति थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाई ल्याउनमा पनि तिनै \'अरू\'को हात रहेको उनले खुलाए । कार्कीलाई ल्याउने प्रस्ताव रेग्मीको भए पनि कांग्रेसबाट पनि सोही चाहना आएको उनले खुलासा गरे । आफूले राजनीतिक जीवन बिताएको कांग्रेसले नै आफूलाई कमजोर पार्न भूमिका खेलेको उनको आरोप छ । यादवले चुरे संरक्षणमा पर्याप्त ध्यान नदिँदा तराई डुबानमा परेको भन्दै चिन्ता व्यक्त गरे । उनले नेपाल-भारत सीमा क्षेत्रका बाँधहरूले नेपालमा पारेको असरबारे दुई देशले तत्काल संवादको पहल गर्नुपर्ने बताए । प्रोस्ट्रेट क्यान्सरको उपचारपछि एकान्तवासमा रहेका प्रथम राष्ट्रपति यादवले संविधान जारी गर्ने बेला दलहरूले गल्ती गरेको उल्लेख गर्दै त्यसमा आफ्नो चित्त नबुझेको बताए । चरणबद्ध निर्वाचनले संविधान कार्यान्वयन हुने दिशामा अघि बढेकोमा भने उनमा सन्तोष देखिन्थ्यो । \'मधेसको समस्या समाधान नभई संविधान ल्याएको मलाई चित्त बुझेको थिएन । प्राविधिक ढंगले ९० प्रतिशतले समस्या समाधान भएको देखिन्छ तर राजनीतिक रूपमा समाधान भइरहेको थिएन\', उनले भने, \'चित्त नबुझे पनि म संवैधानिक प्रक्रियाबाट अघि बढें । किनकि, तीन ठूला दल एक ठाउँमा आइसकेका थिए । सत्ताको दौडले उनीहरू चुके ।\'
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies